१८ औ गणतन्त्र दिवसका अवसरमा सिन्धुपाल्चोकमा प्रभातफेरीका साथै शैजिक सामाग्री बितरण गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुपाल्चोकको अगुवाई तथा सरप्लस नेपालको सहयोगमा श्री बनदेवी मा.वि. चौतारामा अध्ययनरत दृष्टिविहिन छात्र÷छात्राहरुलाई प्रमुख जिल्ला अधिकारी किरण थापाले ब्रेल शैक्षिक सामाग्रीहरु तथा टल्किङ वाचहरु वितरण गर्नु भएको छ । कार्यक्रममा जिल्ला अनुसन्धान कार्यालयका प्रमुख राजन प्रजापती, शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुपाल्चोकका सूचना अधिकारी प्रकाश रानाभाट तथा विद्यालयका प्रधानाध्यापक दिपक राई लगायतको उपस्थिति रहेकोथ्यो ।
यसै बिच गणतन्त्र दिवस को अबशरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति सिन्धुपाल्चोकको आयोजनामा भिन्तुना चोकदेखि टुडिखेल चोकसम्म प्रभातफेरी निकाल्दै गणतन्त्र दिवस मनाइएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख वालकृष्ण श्रेष्ठको सभापतीत्वमा टुडिखेलमा भएको कोणसभाको प्रमुख अतिथी भने चौतारा सागाँचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटा रहनु भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले गणतन्त्रलाई संस्थागत रुपमा सुदृढ गर्दै सघीयता र गणतन्त्र विरोधी गतिविधिहरूलाई रोक्नुपर्ने आवश्यकता भएको बताउँनु हुँदै लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन सबै नागरिकको भूमिका महत्वपूर्ण रहेको बताउँनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले यस्ता राष्ट्रिय दिवसहरू सबैको साझा अपनत्वको विषय हुनु पर्ने बताउँनस भयो । गणतन्त्र दिवसको अवसरमा वृद्वाश्रम र अस्पतालमा फलफूल वितरण गरिएको थियो। साथै, मैत्रीपूर्ण फुटबल तथा दौड प्रतियोगिता आयोजना मा विजयी खेलाडीहरूलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।
