जिल्ला प्रशासन कार्यालयका अगुवाइमा बाह्रबिसेमा बजार अनुगमन, अखाद्य सामाग्री नष्ट
सिन्धुपाल्चोक, – उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि सिन्धुपाल्चोक जिल्लको बाह्रविसे नगरपालिकाभित्र सञ्चालित विभिन्न व्यवसाय तथा सेवा प्रदायक संस्थाहरूमा आइतबार संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा सम्पन्न अनुगमनमा स्थानीय तह, उद्योग तथा वाणिज्य कार्यालय, जनस्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकारसम्बन्धी संस्थाका प्रतिनिधि तथा सुरक्षा निकायको सहभागिता रहेको थियो। अनुगमन टोलीले खाद्यान्न पसल, होटल, औषधि पसल, मेडिकल तथा निजी स्वास्थ्य संस्थासहित ३९ वटा व्यवसायिक प्रतिष्ठानको निरीक्षण गरेको जनाएको छ। निरीक्षणका क्रममा म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त ठहरिएका करिब ६ हजार ३ सय ३३ रुपैयाँ बराबरका सामग्री फेला परेपछि नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरेका, सरसफाइमा प...



