सवारी दुर्घटनामा घाईतेको मृत्यु
सिन्धुली बाट भिमसथान तर्फ जाँदै गरेको मोटरसाईकल र विपरित दिशााबाट आँउदै गरेको बोलेरो एकआपसमा ठोकिँदा घाईते भएका तेज बहादुर सिजाली मगरको उपचारको क्रममा मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका—७ रामपुर बस्ने २६ बर्षीया तेजबहादुर सिजाली मगरले चलाएको मोटरसाईकल र सिन्धुली तिनपाटन गाँउपालिका—९ आम्बोटे बस्ने २७ वर्र्षीया शेसराज पहाडी चलाएको बोलेरो एकआपसमा ठाकिँदा मोटरसाईकलमा सवार मगरको टाउकोमा चोट लागी गम्भिर घाईते भएका थिए । तेजबहादुरलाई उपचारको लागी जिल्ला अस्पताल सिन्धुली लगेको थियो । घाईतेलाई थप उपचारको लागी रेडेल एयरको हेडक्वाटर द्दारा काठमाण्डौको हेम्स अस्पताल धुम्बराईमा उपचार भईरहेको थियो । प्रहरीका अनुसार फागुन ३० गते घांईते अवस्थामा जिल्ला अस्पतालमा उपचारत रहेका सिन्धुली कमलामाई नगरपालिका —७ रामपुर बस्ने ३४ वर्र्षीया तेज बहादुर सिजाली मगर बिगत २ बर्ष देखी जिल्ला अस्पतालमा उपचार भइरह...









