सम्पर्क

Month: २०८२ चैत्र १७ मंगलवार

कांग्रेसका देउवा र कोइराला समूहको बैठक

कांग्रेसका देउवा र कोइराला समूहको बैठक

#, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, १७ चैत : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूहको बैठक काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बसिरहेको छ । कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आह्वान गर्नुभएको सो बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको छ । यस बैठकमा कांग्रेसका नेता डा शेखर कोइराला, निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय ‘डिना’ एवं केन्द्रीय सदस्यहरुको उपस्थिति छ । त्यसैगरी १४ औँ महाधिवेशनमा उपसभापति निर्वाचित विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा शशांक कोइरालाको पनि उपस्थिति रहेको छ । सो बैठकमा सामसामयिक राजनीतिक विषयवस्तुहरुका साथै पार्टीको आन्तरिक विवाद, नेपाली कांग्रेसको आगामी १५ औँ नियमित महाधिवेशन तथा आगामी संसदमा नेपाली कांग्रेसका सांसदहरुको उपस्थिति ...
१५ दिन बन्द हुने स्याफ्रुबेँसी–रसुवागढी सडक, व्यापारमा असर पर्ने

१५ दिन बन्द हुने स्याफ्रुबेँसी–रसुवागढी सडक, व्यापारमा असर पर्ने

ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
नेपाल–चीन जोड्ने महत्वपूर्ण स्याफु्रबेँसी–रसुवागढी सडक खण्ड स्तरोन्रतिको काम अघि बढाइने भउपछि बुधबारदेखी १५ दिनकालागि बन्द गरिने भएको छ । सडकका जोखिमयुक्त भागहरुमा संरचनात्मक सुधार गर्नुपर्ने भएकाले सवारी सञ्चालन रोक्न लागिएको हो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार, आगामी केही महिनासम्म प्रत्येक अंग्रेजी महिनाको पहिलो १५ दिन सडक बन्द गरिनेछ । सोही तालिकाअनुसार पहिलो चरणमा यो सडक वैशाख २ गतेसम्म पूर्ण रुपमा बन्द रहनेछ । आयोजना पक्षका अनुसार गतवर्षको बाढी र पहिरोकोले सडकका विभिन्न स्थानमा ठुलो क्षति पुरएको थियो । धेरै ठाँउमा अस्थायी रुपमा मात्रै बाटो सञ्चालनमा ल्याएको थियो, जसले गर्दा जोखिम अझै कायम छ । ती कमजोर स्थानमा रिटेनिङ वाल निर्माण गरी सडकलाई सुरक्षित बनाउने काम अहिले सुरु गरिएको हो । यस सडकलाई दुई लेनको मापदण्डअनुसार विस्तार गर्ने ...
ओली पक्राउ प्रकरणः एमालेको देशव्यापी आन्दोलन घोषणा

ओली पक्राउ प्रकरणः एमालेको देशव्यापी आन्दोलन घोषणा

#, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्द देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष आली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिँदै शान्तिपूर्ण आन्दोलनमाथि राज्यद्घारा दमन भएको आरोप लगाएको छ । सोहि विषयलाई लिएर पार्टीले आन्दोलनलाई देशभर विस्तार गर्न निर्णय गरेको हो । एमालेले आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउन वडा तहसम्म संगठन परिचालन गर्ने रणनीति बनाएको छ । सार्वजनिक गरिएको कार्यक्रम अनुसार चैत २५ गते जिल्ला भेला, चैत २८ गते ७५३ वटै पालिकामा विरोध प्रदर्शन तथा वैशाख ३ गते ६ हजारभन्दा बढी कमिटीहरुको भेला आयोजना गरिनेछ । यसैक्रममा वैशाख ७ गते सबै प्रदेशका राजधानीहरुमा प्रदर्शन गरिनेछ भने १२ गते काठमाडौँ उपत्यकामा केन्द्रीय स्तरको भेला तथा प्रदर्शनको तयारी गरिएको एमाल...
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ चैत : काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको जनाइएको छ । पक्राउ पर्नुभएका पूर्वप्रजिअ रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो । अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।रासस...
जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८२ आजबाट सुरु

जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८२ आजबाट सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८२ आजबाट सुरु भएको छ । वडा खेलमैदान दुवाचौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नमुना युवा क्लब छापले विजय सुरुवात गरेको छ । उत्कृष्ट प्रदर्शन गरेको आयोजकले योङ स्टार क्लब, दुवाचौर लाई २–१ को सेटमा पराजित गरेको हो । आज भएको अन्य खेलहरूमा थाक्ले युवा क्लबले इन्द्रावती गाउँपालिकालाई सेलले युवा क्लबले आयोजकको ए टोलीलाई र त्रिशक्ति युवा क्लब मेलम्ची ९ ले वनकाली युवा क्लब जुगललाई सोझो सेटले पराजित गरेको खेल संयोजक कविन तामाङले जानकारी दिनुभयो । नमुना युवा क्लबको आयोजनामा तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिता चैत्र १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा जिल्ला भित्रका आठ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेता टोलीले १ लाख रुपैयाँ, दोस्रो हुने टोलीले ६० हजार, तेस्रो हुने टोलीले ३५ हजार र चौथो स्थान हासिल गर्ने टोलीले १...
रास्वपाद्धारा पार्टी नेता तथा शुभेच्छुकलाईबधाई–शुभकामना दिन मन्त्रालय नजान आग्रह

रास्वपाद्धारा पार्टी नेता तथा शुभेच्छुकलाईबधाई–शुभकामना दिन मन्त्रालय नजान आग्रह

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
राष्ट्रिय स्वतन्त्र पाटींले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई दिन मन्त्रालयहरूमा भिडभाड नगर्न पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ।रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले पाटीको तर्फबाट बिज्ञेप्ती निकाल्दै अनावश्यक भेटघाटले सरकारको कार्यसम्पादनमा विलम्ब हुने हँुदा बिशेष काम बाहेक भेटघाट नगर्न आग्रह गर्नु भएको हो । उँहाद्धारा जारी विज्ञप्तिमा सरकार गठन पश्चात पार्टीका नेतागण, सदस्य तथा शुभेच्छुकहरूले मन्त्रालयमा उपस्थित भई नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने, अनावश्यक भेटघाट सहित खादा तथा फुलमाला लगाउने, फोटो खिच्ने जस्ता अनावश्यक कार्य भए गरेकोमा यस्ता कार्यहरू पार्टी अनुशासन विपरीत र भड्किलो देखिएको भन्दै केन्द्रीय अनुशासन आयोगको यस्तो आग्रह गरेको हो ।‘नागरिक सेवा प्रवाहको परिणाममूखी कार्यसम्पादन गर्नुपर्ने आजको...
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
काठमाडौँ, १६ चैत : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले अब निजी क्षेत्रले घुस खुवाउन नपर्ने, सरकारी निकायमा लाइन लाग्न नपर्ने र सामान्य आर्थिक गतिविधिका कारण थुनिनु नपर्ने स्पष्ट पार्नुभएको हो । सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढाउने नीति लिइएको बताउनुभयो । “अब निजी क्षेत्रले दुःख पाउने अवस्था अन्त्य हुन्छ, हामी तपाईंहरूको सहयात्री हौँ,” उहाँले भन्नुभयो । उहाँले लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै लगानी बढाएर रोजगारी सिर्जनामा केन्द्रीत हुनुपर्ने बताउनुभयो । अर्थमन्त्री वाग्लेले आफू भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको जनाउँदै ...
शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १६ चैतः मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय कार्यसूचीमा स्वास्थ्य क्षेत्रको सुधारका लागि ६ वट बुँदा समेटिएकोे छ । जसमा डिजिल प्रणाली चुस्त बनाउने सरकारको प्राथमिकतामा रहेको छ । सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीले अस्पताल सेवामा पहुँच नपाउने, आर्थिक कारणले उपचारबाट वञ्चित अवस्थाको अन्त्य गर्न र निजी–सरकारी दुवै क्षेत्रमा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न सरकारी तथा निजी अस्पतालका कुल शय्यामध्ये कम्तीमा १० प्रतिशत निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसैगरी सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा निःशुल्क सेवा उपलब्धता, लाभग्राही विवरण तथा सेवा उपयोगको रियल टाइम अनुगमनका लागि ‘फ्रि हेल्थ पोर्टल’ विकास गरी उक्त पोर्टल ३० दिनभित्र देशभर लागू गर्ने सरकारले निर्णय गरेको छ । बिरामीको उपचार इतिहास, रिफरल, पुनःसेव...
थाइल्याण्डमा एएनओको समिति गठन

थाइल्याण्डमा एएनओको समिति गठन

#, मनोरन्जन, विचार, समाचार
काठमाडौँ, १६ चैतः विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली जाति र नेपालीभाषीबीच आफू बसेकै देशमा नेपाली भाषा र संस्कृतिको पहिचानका लागि अभियान सञ्चालन गरिरहेको एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को थाइल्याण्ड समिति गठन गरिएको छ । थाइल्याण्डको बैंकक सहरमा आइतबार आयोजित एएनओको भेलाले सो समितिको अध्यक्षमा थाइल्याण्डमै जन्मेकी पाचौँ पुस्ताकी नेपाली मूलकी नागरिक अमरा राई चयन गरेको हो । थाइल्याण्डमै जन्मेका र पुस्तौँदेखि थाइल्याण्ड र बर्मामा बसोबास गरिरहेका नेपाली जातिका नागरिकहरुको सहभागितामा सम्पन्न सो भेलाले उक्त समितिमा मिलन घिमिरे, नरेश पाण्डे, सोनिया राई, एमी राई, बसन्ती प्रधान, दीपा पौडेल, अस्मिता न्यौपाने, सुमन कार्की र विक्की सिन्च्यूरीलाई चयन गरेको छ । त्यस अवसरमा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपली कला, संस्कृति, भाषा र परम्परालाई नेपाली मूलका मानिसहरुमा पुस्तान्तरण ...
तातोपानी नाकामा यातायात अवरुद्द नाकाबन्दी नभएको स्पष्ट

तातोपानी नाकामा यातायात अवरुद्द नाकाबन्दी नभएको स्पष्ट

#, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तातोपानी नाकामा केही दिनयता मालवाहक सवारी साधानको आवागमन रोकिएपछि यस विषयले ध्यान आकर्षित गरेको छ । सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु देखिएसँगै नवनिर्वाचित सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि यसबारे जिज्ञासा व्यक्त गरेका छन् । तर सम्बन्धित निकायले भने नाका बन्द नभएको स्पष्ट पारेको छ । तातोपानी भन्सार कार्यालयको अनुसार समस्या नाकाबन्दीका कारण नभई सडक बिग्रिएर यातायात प्रभावित भएको हो । भन्सार कार्यालयका सूचना अधिकारीका अनुसार पछिल्ला केही दिनदेखी पहिरो खस्नुका साथै सडक मर्मतका क्रममा जमिन घसिँदा बाटो अवरुद्घ भएको छ । यही कारणले गर्दा चीनतर्फबाट आउने मालवाहक कन्टेनरहरु सीमापारमै रोकिएका छन् । उनले पछिल्ला समयको वर्षाका कारण अवस्था झन् जटिल बनेको उल्लेख गर्दै अहिले तीव्र रुपमा मर्मत कार्य भईरहेको जानकारी दिए । साथै, सामाजिक सञ्जालमा फैल...