सम्पर्क

Month: २०८२ पुष २७ आईतवार

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँः महामन्त्री शर्मा

अन्तर्वाता, कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ २७ पुसः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताउनुभएको छ । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने उल्लेख गर्नुभयो । महामन्त्री शर्माले भन्नुभयो, “आगामी फागुन २१ गते रूख चिह्नमा मतदान गर्नुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, आगामी दिनमा नदोहो¥याउने सङ्कल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौँ ।” उहाँले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिकलाई सन्तुष्ट गर्न नसकिएको बताउनुभयो । सरकार परिवर्तनले सत्त...

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो: महामन्त्री थापा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २७ पुस: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताउनुभएको छ । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा कांग्रेसको सहभागिता रहेको सरकारसँग जनता रिसाएका हुन्, आक्रोश पोखेका हुन् । नवयुवा भ्रष्टाचार, कुशासन र बेतिथिसँग रिसाएका हुन् । राजा फालेर ल्याएको गणतन्त्रमा नेपाबेवीको राज देखेर रिसाएका हुन्, चित्त दुखाएका हुन्, असन्तोष व्यक्त गरेका हुन् । ती आवाज सुन्न विशेष अधिवेशन बोलाइएको हो ।” पार्टीभित्रको सत्ता सङ्घर्षको कारणले हालको अवस्था सृजना भएको जस्तो देखिए पनि यो विचार र मान्यता...
निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य
काठमाडौँ, २७ पुसः निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ । आचारसंहिताले सामाजिक सञ्जालमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यका साथ होच्याउने, दुष्प्रचार गर्ने काम गर्न नपाउने प्रबन्ध गरेको छ । त्यस्तै, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नपाइने व्यवस्था आचारसंहितामा समावेश गरिएको छ । त्यसैगरी, कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना...
राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र विशिष्ट पदाधिकारीद्वारा पुष्पगुच्छा अर्पण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २७ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको हो । यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सोही समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । यसैगरी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानसहित पुष्पगुच्छा अपर्ण गर्नुभयो । समारोहमा मन्त्रीगण, राष्ट्रियसभाका सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा ...
डडुवा सहकारी सस्थाको १७औसाधरण सभा सम्पन्न

डडुवा सहकारी सस्थाको १७औसाधरण सभा सम्पन्न

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोकगढी नगरपालिका १४मा रहेको डडुवा बचत तथा क्रृण सहकारी सस्थाले आफ्नौ सत्रौ साधरण सभासम्पन्न गरेको छ । डडुवा भवानी शङ्कर माबीको पङ्गणमा शनीबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाले आय व्ययको अनुमोदन गर्दै बिभिन्न निर्णयहरु गरेको छ । ६५२२८२३१को आम्दानी खर्चलाइ अनुमोदन गरेको छ कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष उद्धब नेपालले सहकारी सस्थाका माध्ययमबाट गरिएका हरेक कामहरु सफल हुने आफुले पाएको बताउँनु भयो ।सहकारी निती निर्देशन बमोजीम भएका काम हरुले पारदर्शीता पाउँने बताउँनु हुँदै नेपालले डडुवाको पहीचान बोकेको सहकारी सस्थाको प्रगती प्रती आफुलाइ खुशी लागेको समेत बताउँनु भयो । सस्थाका अध्यक्ष केशब नेपालको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन सचिब भेष बहादुर नेपालले गर्नु भएको थियो ।...
महाकाली बहुउद्धेश्यिय सहकारी सस्थाको तिसौ साधरणसभा सम्पन्न

महाकाली बहुउद्धेश्यिय सहकारी सस्थाको तिसौ साधरणसभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोकगढी नगरपालिका ५मा प्रधान कार्यलय रही काम गरिरहेको महाकाली बहुउद्धेश्यिय बचत तथा क्रृण सहकारी सस्थाले आफ्नो तिसौ साधरण सभा तथा दशौ अधिबेशन भव्यताका साथ सम्पन्न गरेको छ । कृष्ण रत्न गङ्गा माबीको प्राङ्गणमा शनीबार नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाले आब ८२÷८३को लागी प्रस्ताबीत बिस करोड अन्ठाउन्न लाख साठीहजार रुपैया रहेको बजेट लाइ अन्मोदन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४,५,६,७,८ गरी जममा ४वटा वडामा कार्यय क्षेत्र रहेको उक्त सहकारी सस्थामा पौष १५ गते सम्म महीला ९४६पुरुष ७६९र समुह १० गरी जम्मा १७२५ शेयर सदस्य रहेको र कुल २९७४२७००। श्ेयर पुजी रहेको सस्थाका कोषाध्यक्ष शुशील प्रसाद कक्षपतीले जानकारी दिनु भयो । सस्थाको मासिक बचत,दैनिक बचत,बाल बचत, स्वच्छीक बचत, समुह बचत, जेष्ठ नागरिक बचत,गरी जम्मा ११ प्रकारका बचत ग...
चौतारामा ओम शान्तीको भवन उद्धघाटन

चौतारामा ओम शान्तीको भवन उद्धघाटन

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा ओउम शान्तीको भवन उद्धघाटन भएको छ । शनीबार चौतारामा भवन निर्माणका लागी जग्गा दान गर्नुहुने जग्गादाताहरुलाइ सम्मान गर्दै भवनको उद्धघाटन गरिएको हो । भवनको उद्धघाटन गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सबैका आआफ्नो धर्म सस्कृती र परम्परा हुन्छ सबैले आआफ्नो सस्कार सस्कृतीको जगेर्ना गर्न लागी परेका छन भन्नु हुँदै योग ध्यान ले मानीसलाइ सही मार्गमा डोर्याएको बताउँनु भयो ।उँहाले नागरिकहरुमा हुने नकारात्मक सोचलाइ सकारात्मक तर्फ लैजाने तर्फ ओम शान्तीले खेलेको भुमिकाको प्रशंसा गर्दे यसका लागी नगर पालिकाबाट गर्न सकिने हरेक सहयोग गर्ने समेत बताउँनु भयो ।...
मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से मा.वि.लाई

मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से मा.वि.लाई

ब्रेकिङ न्युज १, समाचार
 मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से माध्यमिक विद्यालय तालामाराङले उचालेको छ । गत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तेर्से मा.वि.ले ११ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल २४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो । गत वर्षको विजेता इन्द्रेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण, ११ रजत र ७ कास्य सहित कुल २८ पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ भने बालसुधार माध्यमिक विद्यालय दुवाचौरले ७ स्वर्ण र ३ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ । मेलम्ची नगरपालिका भित्रका २३ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन नगर प्रमुख आइतमान तामाङले गर्नुभएको थियो। । समापन समारोहलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले राष्ट्रपति रनिङ...
होमनाथ दाहालको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

होमनाथ दाहालको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

ब्रेकिङ न्युज १, समाचार
नेपाली कांग्रेसले वरिष्ठ पत्रकार तथा पूर्वमन्त्री होमनाथ दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको पार्टीको केन्द्रीय समिति बैठकले दाहालको निधनमा औपचारिक शोक प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । २०५६ सालको आम निर्वाचनमा ओखलढुङ्गा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दाहालले कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । उहाँले पार्टीका विभिन्न तहमा रहेर संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पु¥याउनुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा जानकारी दिनुभयो। केन्द्रीय समितिको निर्णयअनुसार यही पुस २६, २७ र २८ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ। साथै पुस २७ गते केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द रहन...

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

ब्रेकिङ न्युज २, समाचार
आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ । रु पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ । प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरु, जलविद्युत्, सडक, सञ्चार जस्ता क्षेत्रका कर्मचारी, श्रमिकको पारिश्रमिक ज्याला भुक्तानी गर्न भने समस्या नपर्ने केन्द्रीय बैंकले प्रष्ट पारेको छ । यस्तै, विभिन्न आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न कुनै समस्या हुने छैन ।...