सम्पर्क

Month: २०८२ आश्विन १० शुक्रबार

दुध बोकेको भ्यान भोटेकोशी नदिमा खसि बेपत्ता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्लाको बलेफी गाँउपालिका चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे बाट दुध बोकेर गएको मारुती भ्यान सडकबाट खशेर चालक सहीत गाडी बेपत्ता भएको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार आज बिहान अन्दाजी ०५;२० बजेको समयमा सिन्धुपाल्चोक बलेफी गा.पा.५ बलेफी स्थित अरनिको राजमार्गमा जिल्ला काभ्रे पनौती न.पा.१० पस्थली बस्ने बर्ष अं. २२÷२३ को नबराज खुलालले चलाएको चौतारा साँगाचोकगढी न.पा. १० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दुध संकलन गर्ने बा १२ च ६५९४ नं. को मारुती मिनि डेलिभरी भ्यान सुकुटेबाट खाडिचौरतर्फ जाँदै गर्दा सडकबाट ५० मिटर तल भोटेकोशी नदीमा खसि बेपत्ता भएको हो । प्र.चौ.बलेफीबाट प्र.ब.ना.नि.सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटि गई खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्ष माधब राज खरेलले जानकारी दिनु भयो । उाहाका अनुसार उक्त ...
बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको १३औं साधरण सभा सम्पन्न

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको १३औं साधरण सभा सम्पन्न

समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाको तेह्रौं साधरण सभा एक समारोहका बिच सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका लेखा संयोजक तथा वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपालको प्रमुख अतिथ्यतामा र डडुवा भवानी शङ्कर माबिका प्रअ बद्री प्रसाद नेपालको बिशेष अतिथ्यतामा साधरण सभा सम्पन्न भएको हो । साधरण सभाले चतुर बहादुर तामाङको अध्यक्षतामा नया कार्य समितकिो समेत चयन गरेको छ । जसमा उपाध्यक्ष दधीलाल नेपाल, सचिवमा मिना नेपाल, सह–सचिवमा सगुन बस्नेत, कोषाध्यक्षमा ज्यानमायाँ श्रेष्ठ र सदस्यहरुमा नेत्र बहादुर बस्नेत, टिकाराम माझी झिल्के तामाङ, बिन्दा कुमारी तामाङ, सङ्गीता माझी र राम बहादुर खाती रहनु भएको छ । यसैगरी डोक बहादुर बोहोराको संयोजकत्वमा तिन सदस्यीय लेखा समिती र सिताराम बस्नेतको संयोजकत्वमा तिन सदस्यीय शिक्षा समितीको चयन गरिएको छ । क...
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा कृषक पासबुकको व्यवस्था, कृषि उत्पादनलाई प्राथमिकता

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा कृषक पासबुकको व्यवस्था, कृषि उत्पादनलाई प्राथमिकता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका  वडा नं. १४ मा कृषकहरूलाई सहज सहयोग पुर्‍याउने उद्देश्यसहित कृषक विवरण पुस्तिका र पासबुकको व्यवस्था गरिएको छ । हरेक कृषकको मनमा नगरको सहयोग वास्तविक कृषकलाई अनुदान मेहनती र इमान्दारीताको मुल्याङ्कन गर्नका लागी वडा कार्यालयबाट सबै खाले सहयोग गरिने वडा अध्यक्ष उद्धव नेपालले बताउँनु भएको छ । उहाँले वडा कार्यालयद्धारा आयोजना गरिएको शुभकामना आदन–प्रदान तथा बार्षिक कार्यक्रमको समिक्षा एवंम् कृषक विवरण पुस्तीका वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । उहाँका अनुसार, वडा कार्यालयले मेहनती र इमान्दार कृषकको मूल्याङ्कन गर्दै सबै खाले सहयोग गर्नेछ । अब कृषक विवरण पुस्तिकामा अनुदानको विवरण, मल, बिउ तथा कृषिजन्य उपकरणको विवरण स्पष्ट रूपमा उल्लेख गरिनेछ र सोही अनुसार वितरण गरिनेछ । कृषकहरूलाई पासबुक उपलब्ध गराइनेछ जसमा अनुदान प्राप्त ...

हेल्पद्वारा यो वर्ष पनि ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

ब्रेकिङ न्युज २, समाचार
हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप – हेल्पले भदौ २१ गते काठमाडौंमा HELP SEE छात्रवृत्ति वितरण समारोह सम्पन्न गरेको छ । कार्यक्रममा यस वर्ष देशका १५ जिल्लाका २३ वटा पालिकाबाट ७५ जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि ५० देखि ७५ हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हेल्पले गरेको सहयोगलाई मात्र होइन, विश्वास र भरोसाको प्रतीकका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई अवसरलाई आत्मसात गरी समाज र देशका लागि योगदान दिन प्रेरित गर्नुभयो । विशेष अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख मेयर उपेन्द्र कार्कीले हेल्पले दुर्गम मात्र नभई काठमाडौंका जेहेन्दार र विपन्न विद्यार्थीलाई पनि छात्रवृत्तिमा समेटेकोमा धन्यवाद व्यक्त गर्नुभयो । सोही अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई विशेष सम्मान प्रदान...

तातोपानी–कोदारी राजमार्ग सञ्चालनमा, भन्सार नाकाबाट पुनः सामान आयात सुरु

समाचार
एक महिनादेखि पहिरोले रोकिएको तातोपानी–कोदारी राजमार्ग पुनः सञ्चालनमा आएको छ। सडक खुल्नेबित्तिकै चीनसँगको प्रमुख व्यापारिक प्रवेशद्वार तातोपानी नाकाबाट सोमबारदेखि सामान बोकेका कन्टेनरहरू नेपाल भित्रिन थालेका छन् । भोटेकोशी गाउँपालिका–२ इकोसहित चार स्थानमा पहिरो पन्छाएपछि सडक आवागमन सुचारु भएको हो। यसअघि अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिकाको विभिन्न भागमा करिब ५०० मिटर सडक भासिएको थियो। इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको थियो । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार महिना दिनभन्दा बढी रोकिएका केही कन्टेनर मङ्गलबार बेलुकीसम्म नेपाल भित्रिएका छन् । दसैँलाई लक्षित गर्दै विभिन्न सामान ल्याइएको र आज पनि लोडिङको काम भइरहेको जानकारी उहाँले दिनुभयो । सडकको अवस्था निरीक्षण ...

चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

ब्रेकिङ न्युज २, समाचार
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौँ–कोदारी ९अरनिको० र स्याप्रुबेँसी–रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण ज...

चौथो काव्य म्युजिक अवार्ड २०८२ भव्यतापूर्वक सम्पन्न

मनोरन्जन, समाचार
दिनेश भण्डारी “गीत–सङ्गीत र साहित्यको संगम, अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेट प्रेसको संयुक्त आयोजनामा चौथो काव्य म्युजिक अवार्ड २०८२ राजधानीमा भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा विशेष गरिमा र उत्साहका साथ आयोजना गरिएको हो । यस अवसरमा वरिष्ठ गीतकार तथा गायक घमेश दुलालको गीति–सङ्ग्रह ‘समुन्द्र पारी’ लोकार्पण गरिएको थियो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता कृष्ण मल्ल प्रमुख अतिथिको रूपमा उपस्थित रहनुहुन्थ्यो भने दक्षिण काली अफसेट प्रेसका अध्यक्ष टपेन्द्र केसीले सभापतित्व गर्नुभएको थियो । अवार्ड संयोजक रमेश श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको कुशल सञ्चालन दिपेन्द्र शाहीले गर्नुभएको थियो । कार्यक्रमको आयोजक टिममा काव्य म्युजिक सेन्टरकी अध्यक्ष सु...

सिन्धुपाल्चोकमा पहिरोमा परेर दुई बालिका बेपत्ता

ब्रेकिङ न्युज १, समाचार
बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज (बुधबार) पहिरोले पुरिँदा दुई बालिका बेपत्ता भएका छन् । आज साँझ करिब ४ः४५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेस्थित मामाघरतर्फ पैदल जाँदै गरेका ज्याङजेङ लामाकी छोरी करिब १७ वर्षीया फुलमाया लामा र उनकी पाँच वर्षीया बहिनी मनमाया लामा माथिबाट आएको लेदो सहितको पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थल सडकभन्दा तल ब्रह्मायणी नदी बगेको क्षेत्र हो। इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएर खोजतलास जारी राखिएको छ । तर हालसम्म दुवै बालिकाको अवस्थाबारे पत्ता लाग्न सकेको छैन । लगातार वर्षासँगै पहिरो खस्ने जोखिम बढेकाले सो क्षेत्रमा आवागमन गर्दा सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।...

सिन्धुपाल्चोकमा ११ वर्षीया बालिका कुटपिट

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१ मा ११ वर्षीया कुनसाङ तामाङमाथि भएको अमानवीय कुटपिट घटनाले स्थानीय समुदायलाई आक्रोशित बनाएको छ । मोबाइल चोरी गरेको आरोप लगाउँदै छिमेकी रमेश श्रेष्ठ, उनकी पत्नी मंगली श्रेष्ठ र दुई छोराले बालिकामाथि तातो झिर, सिस्नो र कुटपिट गरेका थिए । बारम्बार निर्दोष भएको बताउँदा पनि लगातार पिटाइ सहन नसकी बालिकाले अन्ततः चोरी स्वीकार गर्न बाध्य भएको बताइएको छ । स्थानीयले गरिब परिवार भएकै कारण बालिकालाई अन्याय गरिएको आरोप लगाएका छन् । “बालमैत्री वडा” घोषणा गर्ने तयारी भइरहेका बेला यस्ता घटना हुनु विडम्बना भएको उनीहरूको टिप्पणी छ । पीडित बालिकाले आफ्नै बयानमा प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रमेश श्रेष्ठ पनि प्रत्यक्ष संलग्न भएको उल्लेख गरेकी छिन् । कानुन रक्षकसँग सम्बन्धित व्यक्तिबाटै यस्तो अमानवीय व्यवहार हुनु समाजकै लागि शर्मनाक भएको स्थानीयको भनाइ छ । घट...

काभ्रेमा दसैँभर टिपर सञ्चालनमा रोक

ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको गत भदौ ३० गतेको निर्णयानुसार दसैँभर जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको जनाइएको छ ।  कार्यालयद्वारा प्रकाशित सार्वजनिक अपिलमा यही असोज ६ देखि असोज २२ गतेसम्म टिपर सञ्चालन नगर्न भनिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठद्वारा जारी अपिलमा यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको उल्लेख गरिएको छ । यस अवधिभर टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागू हुने छैन । काभ्रेपलाञ्चोकस्थित तीन राजमार्ग अरनिको, बिपी र हेलम्बु तथा प...