सम्पर्क

Month: २०८२ असार ३० सोमबार

मुलुकको अर्थतन्त्र धानिरहेका नेपालीहरूलाई अपमानित गर्ने प्रवृत्तिले देश बन्दैनः कुलमान घिसिङ

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार उज्यालो नेपालका प्रतीक नेपाल बिधुत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विदेशमा काम गरेर मुलुकको अर्थतन्त्र धानिरहेका नेपालीहरूलाई अपमानित गर्ने प्रवृत्तिले देश बन्न नसक्ने बताउनु भएको छ । मध्य पूर्वका देशहरुको भ्रमणमा निस्किएका कुलमान बहराइन युएई र ओमन को भ्रमण सकेर शुक्रवार कतार आइपुगेका घिसिङले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतार र नेपाल आदिवासी जनजाति महासघंको संयुक्त आयोजनामा आयोजित “उज्यालो संवाद कार्यक्रम २०२५” लाई सम्बोधन गर्दै आफ्नो देश छोडेर विदेशमा श्रम गरी मुलुकमा रेमिटेन्स पठाएर देशको अर्थतन्त्र धानिरहेका नेपालीहरूलाई सरकारले सम्मान गर्नुको साटो विमानस्थल बाटै अपमानित गरेको बताउनु भएको हो । श्रम गरेर राष्ट्रलाई योगदान पुर्‍याउने हरेक नेपालीको सम्मान हुनुको साटो तुच्छ व्यवहार, र अपमानित हुनु अत्यन्तै दुखद पक...
बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

ब्रेकिङ न्युज १, समाचार
चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ ।  ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो । स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन् । यही असार २३ गते केरूङबाट सामान लिइ फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बतर्फ नै थन्किएका ती कन्टेनर सोही दिन राति आएको बाढीका कारण डुकानमा परेका हुन् । स्थानीय केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासमा रहेका केही घरसमेत डुबानमा परेको सीमासुरक्षा अधिकारीहरूले जनाएका छन् । नेपाततर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास ...
पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुलाल्चोक, २९ असार : प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नगर्दा ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको सो स्थानमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना जगाउने ध्येयले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नाराका साथ पत्रकार पदयात्रा–२ आयोजना गरिएको छ । सम्पादक समाज नेपालद्वारा मेलम्ची नगरपालिकाको आतिथ्यमा मेलम्ची –९ स्थित गुफाडाँडामा शनिबार आयोजित सो कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडाको पर्यटकीय सम्भावनालाई प्रदेश र सङ्घ सरकारले उचित ध्यान दिन नसकेको गुनासो गर्नुभयो । “मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म यहाँ आएर जनताको माझमा गरेका प्रतिबद्धताहरू अझै पूर...
बाँके सेवा समाज कतारले “नवौँ वार्षिकोत्सव” भव्य रूपमा मनायो

बाँके सेवा समाज कतारले “नवौँ वार्षिकोत्सव” भव्य रूपमा मनायो

बिदेश, समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार बाँके सेवा समाज कतारले “नवौँ वार्षिकोत्सव” भव्य रूपमा मनाएको छ । शुक्रवार रेड चिल्ली रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष गोविन्द जङ्ग शाहको सभापतित्व तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रियका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रमसँगै वार्षिकोत्सव भव्य रूपमा मनाएको हो । संस्था स्थापित नवौँ वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । समाजका प्रथम उपाध्यक्ष हेमराज रिजालले कार्यक्रमको बारेमा प्रस्ट पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो । अभिमुखीकरणका प्रशिक्षक बिमल सुवेदीले व्यावसायिक सुरक्षा र स्वास्थ्य, डिजिटल सुरक्षा जागरूकता र मानसिक स्वास्थ्य जागरूकताको बारेमा प्रशिक्षक दिनु भएको थियो । सुवेदीले सेफ्टी सुरक्षा भनेको के हो, यसबाट बच्ने उपायहरू के के हुन, भन्ने विषयमा प्रशिक्षण दिनु भयो । उहाँले ...
सिन्धुपाल्चोकलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

सिन्धुपाल्चोकलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । यहाँका १२ वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । शुक्रबार जिल्ला सदरमुकाम चौतारामा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेश, स्वास्थ्य मन्त्री किरण थापामगरले सिन्धुपाल्चोक जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको छ । प्रत्येक घरघरमा पुगेर पूर्ण खोप लगाएको तथ्याङ्क सङ्कलनपश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बझगाईले जानकारी दिनुभयो । उहाँका अनुसार १६ महिनादेखि ५ वर्ष मुनिका २ हजार २ सय पचास जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएसँगै सिन्धुपाल्चोक जिल्ला ९ औँ पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासहितको जिल्ला बनेको छ । घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री मगर...
चौतारामा बजेटको अभाव सम्पन्न योजनाको भुक्तानी अर्काे आबमा पाउँने

चौतारामा बजेटको अभाव सम्पन्न योजनाको भुक्तानी अर्काे आबमा पाउँने

#, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
आर्थिक बर्ष सकिन लाग्दा बाँकी भएका बजेट हरको काम हतार हतारमा गर्दा कामको पारदर्सीता पनी कम हुने र भुक्तानीमा पनी समस्या आउँने रोग पुरानै हो । यस बर्ष जिल्लाको सदरमुकाम चौतारासाँगाचोकगढी नगरपालिकामा भुक्तानीको अन्तिम दिन पनी भिडभाड नै रह्यो ।यो गत बर्ष पनी यस्तै भिड हुने गरेको थियो यसमा कुनै नौलो कुरा थिएन । तर चौतारा साँगाचोकगढी नगरपालिकाले सम्पन्न भएका केही योजनाहरुको तत्काल भुक्तानी गर्न नसक्दा भने समस्या देखा परेको छ । यो समस्या संघ र प्रदेशको रकम कटौती भएपछि परेको हो । चौतारा साँगाचोकगढी नगरपालिकामा प्रदेस सरकारबाट अनुदान र राजस्व बाँडफाँडको रकम कटौती भएपछि बिभिन्न योजनाको रकम भुक्तनीमा केही समस्या परेको भएता पनी काम सम्पन्न भएका योजनाहरुको भुक्तानी १महीना पछी अर्थात भदौमा मात्र हुने भएको हो ।नगरपालिकाको योजनाअनुसार संघको समानिकरण अनुदानमा ९१ प्रतिशत र प्रदेश सरकारले राजस्व बाँडफाँडबाट...
रसुवा बाढी अपडेट :  नौ जनाको शव फेला, १९ अझै  बेपत्ता

रसुवा बाढी अपडेट : नौ जनाको शव फेला, १९ अझै  बेपत्ता

ब्रेकिङ न्युज १, समाचार
रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ  । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो । कूल २० जना बेपत्ता रहेकामा उनको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी प...
प्रथम सचिव सुवेदीलाई जनजाति महासंघद्वारा सम्मान तथा बिदाइ

प्रथम सचिव सुवेदीलाई जनजाति महासंघद्वारा सम्मान तथा बिदाइ

बिदेश, समाचार
दर्शन सुनार / लोकप्रिय दैनिक, कतार नेपाल आदिवासी जनजाति महासंघ कतारले नेपाली राज दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य रूपमा “सम्मान तथा बिदाइ” कार्यक्रम गरेको छ । कतारको नेपाली दूतावासमा कार्यरत सचिव आफ्नो कार्यकाल सकेर मातृभूमी फर्कन लागेको अवसरमा नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध सम्पूर्ण मातृसंस्थाहरुले संयुक्त रूपमा सुवेदीलाई बिदाइ कार्यक्रम सम्पन्न गरिएको हो । महासंघका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्व तथा सचिव कृष्ण कुमार सुवेदीकै प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महासंघ र सम्पूर्ण मातृंसंस्थाहरुले दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्र सहित सुवेदीलाई सम्मान तथा बिदाइ गरिएको थियो । सम्मान पश्चात् आफ्नो मन्तव्य बोल्दै सुवेदीले आदिवासी जनजातिहरूले हाम्रो देशको भेष भूषा,रीतिरिवाज चालचलन र हाम्रो धर्म संस्कृतिलाई जोगाई राखेको बताउनु भयो । उहाँले नेपालका आदिवासीह...
बाढीको क्षेती सार्वजनिक हराएका मध्य असइको शब फेला प्रशासनद्धारा सतर्क रहन अनुरोध

बाढीको क्षेती सार्वजनिक हराएका मध्य असइको शब फेला प्रशासनद्धारा सतर्क रहन अनुरोध

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
गए रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । बेपत्ता मध्ये नेपाल प्रहरीका तीन जनामा प्रहरी साहयक निरिक्षक असइ लालबहादुर श्रेष्ठको शब चितजनको १५पकलो नजीकै फेला परेको जनाइएको छ भने अरुको खोजी कार्य जारी रहेको छ । , सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले अधिकारीले जानकारी दिनुभयो । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ । यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रक...
बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौैँ, २४ असारः रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये नौ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन प्रहरी र छ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गापा–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गापा–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नपा–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् । बाढीमा परी छ जना चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् । उनीहरु सबै पुरुष हुन् । चिनियाँ नागरिकको विस्...