सम्पर्क

Month: २०८२ श्रावण ३ शुक्रबार

साउन महिना  विशेषगरी हिन्दु नारीहरूमा एउटा छुट्टै उत्साह

साउन महिना विशेषगरी हिन्दु नारीहरूमा एउटा छुट्टै उत्साह

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, साहित्य, स्वास्थ्य
दिनेश भण्डारी सिन्धुपाल्चोक साउन महिना सुरु भएसँगै नेपाली समाज विशेषगरी हिन्दु नारीहरूमा एउटा छुट्टै उत्साह र भक्तिभाव झल्किन्छ। हरियालीको यो महिना जहाँ प्रकृति आफूलाई सिंगार्दै लचिलोपनका साथ ढल्किन्छ, त्यही ढंगले महिलाहरूको नाडीमा हरियो चुरा झन् चम्किलो देखिन्छ, कपडाको रंगमा न्यानोपन आउँछ र हत्केलामा मेहन्दीको गन्ध बासिन्छ। अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ। साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाउँछ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ। यो दृश्यले हाम्रो संस्कृतिको गहिराइ मात्र होइन, नारीहरूको धार्मिक आस्था र सांस्कृतिक सौन्दर्यलाई पनि उजागर गर्छ। साउनमा मेहन्दी, चुरा, साडी र व्रतको चलन केवल परम्परा पालना मात्रै होइन, जीवनशैलीमै र...
साझा संस्था स्याङ्जाको कतारमा “बृहत् रक्तदान“ कार्यक्रम हुँदै

साझा संस्था स्याङ्जाको कतारमा “बृहत् रक्तदान“ कार्यक्रम हुँदै

विचार, समाचार, स्वास्थ्य
  दर्शन सुनार लोकप्रिय समाचार राष्ट्र्यि दैनिक कतार कतारमा रहेका स्याङ्जा बासीहरूको साझा संस्था स्याङ्जा सहयोग समाज कतारले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा र समाजको मातहतमा रहेका विभिन्न इकाईहरूको सह आयोजनामा हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो“रक्तदान गरौँ,मानवीय तथा परोपकारी कार्यमा सहभागी हौ“ भन्ने मूल नारालाई आत्मसाथ गर्दै कतारमा स्थापित विभिन्न सम्पूर्ण नेपाली सङ्घ–संस्था,तथा कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त मानवीय कार्यमा शरिक भएर रक्तदान गरिदिन समाजका अध्यक्ष घनश्याम जैसीले आग्रह गर्नु भएको छ ।शुक्रवार बिहान ८ बजे देखि मध्यान्ह १२ बजे सम्म रक्तदान चल्ने कार्य तालिका रहेको छ ।कार्यक्रममा सादर सहभागिताको लागी स्याङ्जा सहयोग समाज कतारले अनुरोध समेत गरेको छ ।...
पत्रकार महासंघ आबद्ध सबै पत्रकारको स्वास्थ्य बिमा सरकारले गरिदिने

पत्रकार महासंघ आबद्ध सबै पत्रकारको स्वास्थ्य बिमा सरकारले गरिदिने

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, स्वास्थ्य
सगुन बस्नेत,बागमती प्रदेस सरकारले बागमती प्रदेशका १३ जिल्लाका पत्रकार महासंघ आबद्ध सबै पत्रकारको आर्थिक वर्ष २०८२÷८३ मा स्वास्थ बिमा गरि दिने भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष, कृष्णसारु मगरका अनुसार महासघंको माग अनुसार प्रदेस सरकारले यो निर्णय गरेको हो । उँहाले हाम्रो प्रस्तावलाई सहर्ष स्वीकार्दै पत्रकार स्वास्थ बिमाको लागि बजेट बिनियोजन गरिदिनुभएकोमा बागमती प्रदेश सरकारका स्वस्थ्य मन्त्री किरण थापा मगरलाई हार्दिक धन्यवाद दिनु भयो । उँहाले मुख्यमन्त्री बहादुरसिं लामाले बागमती प्रदेशमा हालसम्मकै सञ्चार क्षेत्रको लागि अनुदार बजेट ल्याएर रेकर्ड कायम गर्नुभएको बताउँनु भयो । मुख्यमन्त्री कार्यालय र सञ्चार हेर्ने मन्त्रालले सञ्चार क्षेत्रका हाम्रा धेरै विषयहरू नसमेटेपनि विभिन्न मन्त्रालयले हाम्रो प्रस्तावहरूलाई सम्बोधन गरेको जानकारी दिनु भयो । उँहाले सामाजीक सञ्जाल मार्फत सरका...
आज देखी सिन्धुपाल्चोकका सबै वडाहरुमा अनलाइन सेवा शुरु हुने

आज देखी सिन्धुपाल्चोकका सबै वडाहरुमा अनलाइन सेवा शुरु हुने

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
जिल्लाका प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज देखी जिल्लाका सबै वडाहरुलाइ अनलाइनबाटै नागरिकताको सिफारिस गर्न परिपत्र गरेको छ । जिल्लाको सबै वडा कार्यलयहरुले अनलाइनबाट नागरिकताको लागी सिफारिस गर्न तालीम लिएका र केही पालिकाहरुले यसको कार्यन्वयन गरेको भएता पनी धेरै पालिकाका वडा हरुमा बाँकी भएको ले जिल्ला प्रशासन कार्यलयले सबै वडाहरुलाइ अनिबार्य गरेको हो । प्रमुख जिल्ला अधिकारी किरण थापाले अनलाइन मार्फत नागरिकताको सिफारिस गर्नका लागी हरेक वडा सचिब कम्प्युटर अपरेटर हरुलाइ तालिम दिइ सकेको भएता पनी केही वडाहरुमा बाँकी भएकाले यसका लागी सबैलाइ अनलाइन मार्फत सेवा प्रबाह गर्न अनुरोध गरिएको बताउँनु भयो । उँहाले मन्त्रालयको निर्णय अनुसार सबै लाइ अनलाइन सिफारिसका लागी सिन्धुपाल्चोक जिल्लाका वडाहरुलाइ पनी अनुरोध गरिएको जानकारी दिनु भयो ।  उँहाले नागरिकता सिफारिसको कार्यलाई समय सापेक्ष, प्रविधिमैत्री र सेव...
आज साउन १ः कर्कट (साउने) सङ्क्रान्ति लुतो फाल्ने दिन

आज साउन १ः कर्कट (साउने) सङ्क्रान्ति लुतो फाल्ने दिन

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १ साउनः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आ...
बाह्रबिसे देखि कोदारीसम्मको सडक मा बाढीपहीरो रोकथामको लागी छलफल

बाह्रबिसे देखि कोदारीसम्मको सडक मा बाढीपहीरो रोकथामको लागी छलफल

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धु पाल्चोक जिल्लाको बाह्रबिसे देखि कोदारीसम्मको २६ किलोमीटर सडक मा बाढीपहीरो रोकथामको लागी सबै मिलेर लाग्न पर्ने त्यसका लागी बर्षामा हुने पहीरो स्थाइ रुपले रोकथाम गर्नका लागी सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न पर्ने सरोकारवालाहरुले बताएका छन । बाह्रबिसे देखि कोदारीसम्मको सडकमा बाढी पहिरोका कारण पुग्ने क्षती र त्यसको समाधान बारे गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । नेपाली काँगेसका केन्द्रिय सदस्य पुर्ब मनत्री मोहन बहादुर बस्नेतले बिपत हल्ला गरेर आउँदैन तर बिगतका अनुभबका आधारमा पनी बिपत आउँन सक्ने सम्भाबीत स्थानहरुमा समयमा नै रोकथाम तिर लाग्न पर्ने बताउँनु हुँदै यसका लागी आफु रातोदिन खटेको र बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत लागाएत त्रिपुरा सुन्दरी, र भोटेकोशी गाँउपालिकाहरुले यस क्षेत्रमा हुन सक्ने घटनालाइ नजीक बाट हेरेको बताउँनु भयो । बुधबार जिल्ला समन्वय समि...
समाधान पत्रकारितासम्बन्धी कार्यशाला सम्पन्न

समाधान पत्रकारितासम्बन्धी कार्यशाला सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ । प्रेस काउन्सिल नेपालले सोलुसन जर्नालिज्म नेटवर्कसँगको सहकार्यमा ‘समाधान पत्रकारिता (सोलुसन जर्नालिज्म)सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा मंगलबार एक कार्यक्रमबिच समाधान पत्रकारितासम्बन्धी आधारभूत कार्यशाला सम्पन्न भएको हो । सोलुसन जर्नालिज्म नेटवर्कका मान्यता प्राप्त प्रशिक्षक टुमराज कोइरालाले उक्त कार्यशालामा कार्यपत्रसहितको प्रस्तुती राख्नुभएको थियो । सो क्रममा उहाँले समाधान पत्रकारिताबारे परिचयसहित यसका आधारभूत पक्ष, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा भएका अभ्यासबारे चर्चा गर्नुभएको थियो । कार्यशालामा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा कार्यरत २० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । उक्त कार्यशालामा प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण अधिकारीले प्रेस काउन्सिल नेपाल प्रेस स्वतन्त्रताका संरक्षण गर्दै समाधान पत्रक...

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, ३२ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई भेग तथा मधेस प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, म...
‘मिटर ब्याजीका नाइके’ राजकुमार बराल पक्राउ, शक्ति केन्द्र र प्रभावशालीहरूसम्म फैलिएको सञ्जाल खुल्ने आशा

‘मिटर ब्याजीका नाइके’ राजकुमार बराल पक्राउ, शक्ति केन्द्र र प्रभावशालीहरूसम्म फैलिएको सञ्जाल खुल्ने आशा

बिजनेस
  काठमाडौं । वर्षौँदेखि ‘मिटर ब्याज’का नाइकेका रूपमा चिनिँदै आएका राजकुमार बराललाई प्रहरीले पक्राउ गरेको छ। बरालविरुद्ध वर्षौंदेखि दर्जनौं उजुरी परे पनि उनी शक्ति केन्द्रको आडमा सजिलै उम्कँदै आएका थिए। उनको पक्राउलाई प्रहरी संगठनको एक महत्वपूर्ण उपलब्धि मानिएको बरालविरुद्ध काठमाडौं उपत्यका लगायतका क्षेत्रमा मिटर ब्याजमा ऋण दिई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको, चेकमार्फत धम्की दिने, व्यक्तिलाई अपहरण गरि थुन्ने र सहयोग नपुगेमा झुटा मुद्दा लगाउने जस्ता आरोपहरू छन्।कतारबाट फर्केर ‘नाइके’ बनेको कथाकक्षा ८ मा फेल भएपछि २०६८ सालतिर कतार पसेका बराल चप्पल पड्काउँदै फर्किएपछि छोटो समयमा अकूत सम्पत्तिको मालिक बने। जनकपुरमा काकाको छोराको नाममा परीक्षा दिलाएको आरोपमा कारवाहीमा परेपछि उनी कतार गएका थिए। फर्किएपछि उनी काठमाडौंको बिजुली बजार क्षेत्रमा घर, गाडी, सहकारी संस्था चलाउन पुगे। उनका न...
सिन्धुपाल्चोकमा कृषि विकास अनुगमन, रैथाने बीउदेखि व्यवसायिक पसलसम्म

सिन्धुपाल्चोकमा कृषि विकास अनुगमन, रैथाने बीउदेखि व्यवसायिक पसलसम्म

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
 कविता श्रेष्ठ आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअनुसार काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका स्थानीय तहहरू ठोकर्पा, धुस्कुन, बलेफी र सुकुटेमा कृषि विकास कार्यालय, जिल्ला समन्वय समिति, गाउँपालिका प्रतिनिधि र पत्रकारहरूको एक संयुक्त अनुगमन टोलीले व्यापक अनुगमन कार्यक्रम गरेको छ । यस अनुगमनले पहिले र आजका कार्यक्रमहरुको प्रगति, लगानी र उपलब्धि प्रकाशित गरेको छ । आइतबार पिङडाँडा साना किसान सहकारी संस्था लिमिटेड सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–२ ठोकर्पामा रैथाने प्रजातिका बालीहरूलाई संरक्षण रहेको सामुदायिक बिउ बिजन बैंक अर्थात् पिङडाडा साना किसान सहकारी संस्था लिमिटेड लोपोन्मुख बिउ बिजन तथा कृषि औजारहरू, त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनमा सुन्तला, बलेफी गाउँपालिका–४ कोठेमा केरा र सुकुटे कफीको अनुगमन गरेको हो । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको त्रिपूरासुन्दरी गाउँपा...