सम्पर्क

Month: २०८१ पुष १० बुधबार

सिन्धुपाल्चोकको वसन्तपुरमा पुष १६ देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

सिन्धुपाल्चोकको वसन्तपुरमा पुष १६ देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

ब्रेकिङ न्युज २, समाचार
सन्तोष सिग्देल ईन्द्रावती गाउँपालिका वडा नं ६ सिपा बसन्तपुर, सिन्धुपाल्चोकमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री गौखुरेश्वर फलाँटेश्वर गड्गडेधाम बिकास उपभोक्ता समितिको आयोजनामा यहि पुस १६ देखि २२ गते सम्म सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । बुधवार पत्रकार र समिति बिच काठमाण्डौमा छलफल गरि सप्ताह गर्नुको उद्देश्य र कार्ययोजनाको बारेमा जानकारी दिइएको छ । गौखुरेश्वर फलाँटेश्वर महादेव प्राङ्गणमा १०८ गोमुखे ढुङ्गेधारा ६४ शिवलिङ्ग, मुक्तिनाथ मन्दिर, पितृ तिर्थ निर्माण गर्ने डी. पी. आर. तयार भईसकेको र त्यस कार्यलाई पुर्णता दिन श्रीमद्भागवत महायज्ञको आयोजना गरिएको समितिका बरिष्ठ उपाध्यक्ष देव कुमार कोईरालाले जानकारी दिनुभयो । श्रद्वालुबाट आएको दान दातव्यको सदुपयोग गर्दै अ...
कैफियत व्यंग्य , साँवा अक्षर ‘भ’ हटाई पाम्

कैफियत व्यंग्य , साँवा अक्षर ‘भ’ हटाई पाम्

अन्तर्वाता, खेलकुद, जिबनशैली, मनोरन्जन, राजनिती, विचार, साहित्य, स्वास्थ्य
भवानी बराल ‘भ’ अक्षरबाट सुरु भएका शब्दहरु ज्यादै विवादास्पद भए । भाटभटेनी, भ्रष्ट, भ्रष्टाचार, भूटानी, भाउजु, भण्डाफोर, भू–माफिया, भद्रगोल, भूमिगत, भू–राजनीति, भक्त, भुस्याहा, भाते, भतुवा, भँडुवा, भेडा, भित्रिनी, भैंसी, भ्रम, भत्र्सनालगायत दर्जनौ शब्दको कैरन गर्न सकिन्छ । यसरीनै भडखालो, भक्षक, भगुवा, भट्टी, भतभत, भत्ता, भद्दा, भयानक, भय, भयावह, भरस्ट, भरौटे, भष्म, भाँड, भेदभाव, भिरङ्गी, भाँडभैलो शब्दलाई लिन सकिन्छ । यस्तै भाट, भाई भारदार, भूत, भूतप्रेत, भूतात्मा, भुत्ते, भुत्रो, भुत्रैसित, भद्रो, भाटा, भिखारी, भिख, भिटो, भीड, भिड्नु, भीर, भीषण, भुमरी जस्ता नकारात्मक अर्थ दिने आदि अनेक शब्द कैरन गरेर साध्य छैन । यसमध्ये भाटभटेनी, भ्रष्टाचार, भुटानी र भाउजु शब्द त मुखेन्जी आउँछ । यसैले नेपालको उछित्तो काड्ने यी शब्दको उत्पादक देवनागरी वर्णमालाको व्यञ्जनमध्ये अरु यथावत राखी चौविसौ व्यञ्जन ...
बाह्रविसे नपा वडा नं २ को महीला सञ्जाल अध्यक्षमा कुमारी तामाङ

बाह्रविसे नपा वडा नं २ को महीला सञ्जाल अध्यक्षमा कुमारी तामाङ

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर २ मा वडा स्तरिय महीला सञ्जाल गठन भएको छ । बाह्र् बिसे नगरपालिकाको आर्थीक सहयोग रलोकप्रिय समाचार दैनिकको सम्म्न्वयमा श्री नेपाल राष्ट्रिय मावि कर्थलीमा भएको कार्यक्रममा वडा स्तरिय महीला सञ्जाल गठन भएको हो । , नगरपालिकाका उप प्रमुख मन्जु तामाङको प्रमुख अतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको बिशेष अतिथ्यतामा महीला सञ्जाल गठन तथा अभीमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष रेशम बहादुर तामाङले गठीत वडा स्तरीय महीला सञ्जालको घोषणा गर्नु भएको थियो । २ नं वडामा गठीत महीला सञ्जालको अध्यक्षमा कुमारी तामाङ, उपाध्यक्षमा रेणुका तामाङ, सचिबमा सरिता श्रेष्ठ, सहसचिबमा बिष्णु मायाँ तामाङ, कोषाध्यक्षमा तारा लक्ष्मी भण्डारी ,सदस्य हरुमा रेणु भण्डारी, मनीता तामाङ, कबीता तामाङ,सानुमाँया बिक अनिता तामाङ...

डिसेम्बर २५ः येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

समाचार
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताउनुभयो ।   उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उहाँले सुनाउनुभयो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६३ दे...
अपाङ्गताको सवालमा  सञ्चारकर्मीसँग अन्तरक्रिया

अपाङ्गताको सवालमा सञ्चारकर्मीसँग अन्तरक्रिया

जिबनशैली, बिदेश, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारामा अपाङ्गताको सवालमा सञ्चारकर्मीको भूमिका बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार अष्ट्रेलियन यड, सिबिएम ल्गोबल फ्रन्टमार्फत सप्रोस नेपालको सहयोग र नगर अपाङ्गता समन्यव समितिको आयोजनमा जिल्लामा सक्रिय रहेको सञ्चारकर्मीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । सप्रोस नेपालका कर्मचारी सुजन पराजुली र नगर अपाङ्गगता समन्यव समितिको अध्यक्ष सुशिला श्रेष्ठले समाचार लेखनमा बिभिन्न बिषयबस्तु उठान गर्दा चयन गरिने शब्दहरु सभ्य र मर्यादित हुनुपर्नेमा जोड दिनुभएको थियो । कुनै पनि भवन निर्माण आचारसंहिता अनुरुपको अपाङ्खतामैत्री पहुँचयुक्त भवन निर्माण नभएको, समाजमा अपाङ्खतालाई छुट्टै रुपमा हेर्ने गरेको तथ्यहरु पनि चर्चा भएको थियो । सरोकारवाला निकायहरुवाटै भाषगत र अभिव्यक्तिगत रुपमा समस्या रहेको भन्दै निराकरणको लागि सम्वन्धित सेवाप्रदायक निकायहरुसंग सप्...
बाह्रविसे नगरपालिकाको दुई नम्बर वडामा वडा स्तरिय बाल  सञ्जाल गठन

बाह्रविसे नगरपालिकाको दुई नम्बर वडामा वडा स्तरिय बाल सञ्जाल गठन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर २ मा बालमैत्री स्थानीय शासन घोषणा तयारीका लागी कार्यक्रम शुरु भएको छ । कार्यक्रमको पहलो चरणमा बालमैत्री स्थानीय शासनको घोषणाको पूर्वतयारीका लागि बाह्र्बिसे नगरपालिकाको आर्थीक सहयोग र नेत्रज्योति मिडिया हाउसको सम्म्न्वयमा श्री नेपाल राष्ट्रिय मावि कर्थलीमा भएको कार्यक्रममा वडा स्तरिय बाल सञ्जाल समेत गठन भएको छ , नगरपालिकाका उप प्रमुख मन्जु तामाङको प्रमुख अतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको बिशेष अतिथ्यतामा सञ्जाल गठन तथा अभीमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष रेशम बहादुर तामाङले गठीत वडा स्तरीय बालसञ्जालको घोषणा गर्नु भएको थियो यसै गरी उँहाले २०८२पौष मसान्त सम्म बाल मैत्री वडा घोषणा गरिने बताउँनु भयो । २ नं वडामा गठीत बाल सञ्जालको अध्यक्षमा विसुदेव बस्नेत, उपाध्यक्षमा आशिका ...

बाह्रबिसे –१ मा बालमैत्री स्थानीय शासन पूर्वतयारी कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर १ मा बालमैत्री स्थानीय शासन कार्यक्रम समापन भएको छ । बालमैत्री स्थानीय शासनको पूर्वतयारीका लागि नेत्रज्योति मिडिया हाउस र लोकप्रिय समाचारको समन्वयमा भुमेश्वरी आधारभूत विद्यालयमा सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर मञ्जु तामाङ्गले चेतनाको कमीका कारण अझै पनि धेरै आमा र बच्चाले पोषणयुक्त खानेकुरा नपाएको बताउनुभएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न सो विषय पनि अपरिहार्य रहेको भन्दै सचेतना बढाउनुपर्नेमा उपमेयर तामाङ्गको जोड छ । कार्यक्रममा उपस्थित अन्य विज्ञहरुले पनि बालमैत्री स्थानीय शासन घोषणा गर्न ५१ वटा सूचकांक अपरिहार्य रहेको बताएका थिए । त्यस्तै, कार्यक्रममा बालसञ्जाल र महिला सञ्जाल पनि गठन गरिएको छ । बालसञ्जालको अध्यक्षमा अजित मगर, उपाध्यक्षमा सुष्मा तामाङ्ग, सचिवमा याङलोमा शेर्पा, सहसचिवमा प्रेम...

नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
नेपाल गोजुरियो कराँते संघ प्रगती डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको प्रथम ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, नेपाल गोजुरियो कराँते संघका केन्द्रिय सचिव सानुबाबु गिरी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । ४२ जना प्रशिक्षार्थिमध्ये ३० जनालाई एल्लो,११ जनालाई ओरेन्ज बेल्ट र १ जनालाई ब्ल्यु बेल्ट प्रदान गरिएको नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोका प्रशिक्षक चन्द्र तामाङले जानकारी दिनुभयो । बेल्ट प्रदान गर्दै नगर प्रमुख तामाङले रास्ट्रको सान र गौरव संग जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । उहाँले अनुशासित र लगनशिल भएर खेललाई निरन्तरता दिदैँ आगामी दिनमा राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तर सम्म खेल्न सक्ने भएर अगाडी बढ्न आग्रह गर्नुभयो । नगर प्रमुख तामाङले खेलाडी हरुलाई आवश्यक सामाग्री तथा नगर ...

चौतारामा अपाङ्गता समाबेशी बिकासबारे सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारामा अपाङ्गता समाबेशी बिकासबारे सिकाइ आदानप्रदान कार्यक्रम सम्पन भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर अपाङ्गता समन्वय समितिको आयोजना तथा CBM global/ सप्रोस नेपालको सहयोगमा कार्यक्रम सम्पन भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख सिता थापाको प्रमुख आतिथ्यता र नगर अपाङ्गता समन्वय समितिको अध्यक्ष सुशिला श्रेष्ठको सभापतित्वमामा भएको कार्यक्रममा प्रमुख अतिथि थापाले अपाङ्गताका सवालहरुलाई नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेर सरोकारवाला निकायहरु संग सहकार्य गरी कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । साथै आगामी आर्थिक बर्षका लागि पनि यस सवालमा गर्न सकिने उत्तम अभ्यासहरुलाई समेट्न सम्बन्धित सरोकारवाला निकायहरुबाट सुझावका लागि अनुरोध गर्नुभयो । अपाङ्गताका सवालसंग सरोकार राख्ने बिभिन्न संस्थाहरु लगायत चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यपालिका सदस्यहरु, नग...

बाह्रविसे नगरपालिका–४ मा बालमैत्री स्थानीय शासन कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
बाह्रविसे नगरपालिका वडा नम्बर ४ मा बालमैत्री स्थानीय शासन कार्यक्रम समापन भएको छ । बालमैत्री स्थानीय शासनको पूर्वतयारीका लागि नेत्रज्योति मिडिया हाउस र लोकप्रिय समाचारको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बालमैत्री स्थानीय तह बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ र्। हामी हाम्रो नगरलाई बालमैत्री बनाउन प्रतिबद्ध छौँ सरोकारवाला निकायले पनि महत्वपूर्ण ध्यान दिनपर्यो’ मेयर बस्नेतले भन्नुभयो । उहाँले बालविवाह, बालश्रम, लागूपदार्थ दुव्र्यसनीमा लागेका बालबालिका र अभिभावकविहीन बालबालिका साझा चुनौतीका रूपमा देखिएको बताउनुभएको हो । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घबाट पारित भएको अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिको मूल मर्मअनुरूप तय गरिएका बाल अधिकारका चार क्षेत्र र संस्थागत विकाससमेतका ५१ सूचकमा आधारित भई हरेक स्थानीय तहले उपल...