सम्पर्क

Month: २०८१ पुष १६ मंगलवार

नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा कतारमा बृहत् रक्तदान कार्यक्रम हुने

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा आगामी शुक्रबार रक्तदान कार्यक्रम हुने भएको छ । नेपाली जनसम्पर्क समिति कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा समितिले आफ्नो “४९ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर “नवौ बृहत् रक्तदान“ कार्यक्रमको आयोजना गरेको हो । “रक्तदान गरौ,परोपकारी कार्यमा सहभागी हौ“ भन्ने मुल नाराका साथ शुक्रबार अलसाद स्थित हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान हुने समितिका उपसभापति तथा कार्यक्रम संयोजक ठाकुर कुमार परियारले जानकारी दिनुभएको छ । कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,जिल्ला संस्था लगायत कतारलाई कर्म थलो बनाउदै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त परोपकारी तथा मानविय कार्यमा सहभागी भई रक्तदान गरिदिन समितिका सभापति अजिज अलीले अनुरोध गर्नुभएको छ । शुक्रबार बिहान ८ बजे देखि मध्यान्ह १२ बजे सम्म रक्तदान चल्ने समितिल...

रविदास समाज सेवा कतारको प्रथम अधिवेशन जनवरी ३ मा हुने

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार रविदास समाज सेवा कतारको प्रथम अधिवेशन तथा विविध साँस्कृतिक एवं शुभकामना आदान प्रदान कार्यक्रम अगामी ३ जनवरी २०२५ मा हुने भएको छ । रविदास समाज सेवा, कतारको चाहना, सभ्य, समृद्ध र शिक्षित, समाजको स्थापना भन्ने मुल नाराका साथ सन २०२० मा स्थापना भएको संस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै प्रथम अधिवेशनको सम्मुखमा आइपुगेको छ । नेपाल तथा कतारमा सामाजिक कार्यमा सकृय रही विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग गरिसकेको संस्थाका अध्यक्ष लालबाबु रामले बताउनुभएको छ । कतारमा विभिन्न पेसा व्यवसायमा आवद्ध रहेका नेपालीहरुहरुको भव्य उपस्थिति रहने अपेक्षा सहित संस्थाको प्रथम अधिवेशन सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने संस्थाका सचिव राम एकबाल रामले बताउनुभयो । साथै अन्य व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको हुदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रमम...

चर्चित कलाकारहरुको साथमा कतारमा “सप्री ल्हो ल्होसार” धुमधामका साथ मनाईदै

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार कतारवासी तमूहरुको साझा संस्था तमु (गुरुङ) समाज कतारले यस बर्षको सप्री ल्हो ल्होसार आगामी ३ जनवरी –२०२५ को दिन धुमधामका साथ मनाईने भएको छ । “तमुहरुको एकता, आजको आवश्यकता“ भन्ने मुल उद्देश्य लिएर कतारमा सन् – २००४ मा स्थापना भएको यस संस्थाले नयाँ वर्षको रुपमा हरेक वर्ष पुस १५ मा मनाउदै आएको ल्होसार बिगतका बर्षहरुमा जस्तै यो वर्ष पनि मुप्र्हि ल्होलाई बिदाई र सप्र्हि ल्हो लाई स्वागत गर्दै मनाउन लागेको हो । तमूहरुको आफ्नो साँस्कृतिक “राष्ट्रिय पर्व“ ल्होसार पर्व यस बर्षको सप्र्हि ल्हो–ल्होसार कार्यक्रममा नेपालबाट आमन्त्रित हास्य कलाकार तथा जादुंगर शेर बहादुर गुरुङ र लोक दोहोरी तथा कौडा चुड्का गायिका बबिता गुरुङ र तमू सांस्कृतिक परिवार कतारका कलाकारहरुको सांस्कृतिक प्रस्तुति सहित तथा स्यौं कैं को कार्यक्रम पनि रहने कुरा आयोजकले जनाएको छ । कार्यक्रममा एनआर...

आज तमु ल्होसार मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
 गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गर...

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सोलुखुम्बु अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहानबेलुका सबै एक ठाउँमा भेला भएर आगो ताप्छौँ ।” पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन । चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेको छ । “बालबालिकाको पढनपाठन प्रभावित भएको छ भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ”, उहाँले भन्नुभयो । चिसो बढेसँगै जिल्ल...
क्षेमादेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा श्रेष्ठ

क्षेमादेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा श्रेष्ठ

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसेमा रहेको क्षेमादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद श्रेष्ठ सर्वसहमत चयन हुनुभएको छ । सहकारीको छैठौं अधिबेशन तथा १६औं अधिबेशनबाट उहाँलाई चार वर्षका लागि पुनः अध्यक्षमा चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा चमेली श्रेष्ठ, सचिवमा ईश्वरलाल श्रेष्ठ, कोषाध्यक्षमा यज्ञश्वर श्रेष्ठ सर्वसम्मत छनौट भएका हुन् । सदस्यहरुमा कुवेर श्रेष्ठ, राजेशकुमार श्रेष्ठ(जयकाम), रमेशकाजी श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, तुसार श्रेष्ठ, मेनुका श्रेष्ठ र जयलक्ष्मी श्रेष्ठ चयन भएका छन् । लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा बालकृष्ण श्रेष्ठ, सदस्यहरुमा सूर्यमाया श्रेष्ठ र राम श्रेष्ठ छनौट भएका छन् । २०६५ सालमा बाह्रबिसेका ६० जना सदस्य मिलेर खोलेको क्षेमादेवी बचत तथा ऋृण सहकारी संस्था सोही साल कातिक २८ गते डिभिजन सहकारी कार्यालय धुल...
महाकाली बहुउद्धेश्यीय सहकारी संस्थाको साधरण सभा सम्पन्न

महाकाली बहुउद्धेश्यीय सहकारी संस्थाको साधरण सभा सम्पन्न

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
    सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको महाकाली बहुउद्धेश्यीय बचत तथा ऋण सहकारी सँस्थाको २९औं बार्षिक साधरणसभा एक समारोहका बिच सम्पन्न भएको छ । श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय प्राङ्ग्रण चौतारामा भएको बार्षिक साधारण सभाले सँस्थाको नाम संसोधन सहित बिभिन्न निर्णयहरु पारित गरेको छ । सभाले बार्षिक आयब्यय अनुमोदन गर्दै बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सभाका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीको माध्यमबाट गरेका हरेक कामहरु सफलतामा रहेकाले नगरपालिकाले पनि नगर स्तरीय सहकारी सञ्जाल गठन गरि सहकारीताका माध्ययमबाट काम गर्न लागेको बताउँनु भयो । उहाँले सहकारी बिकासका लागी नगरबाट गर्न पर्ने सहयोगमा कुनै पनी कन्जुस्याई नहुने बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी पुर्ब माननीय कृष्णराज श्रेष्ठले स...
त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शङ्कायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्...
नवनियुक्त राजदुतसँग कतारमा रहेका संघ संस्थाहरुले गरे स्वागत सहित भेटघाट

नवनियुक्त राजदुतसँग कतारमा रहेका संघ संस्थाहरुले गरे स्वागत सहित भेटघाट

ब्रेकिङ न्युज २, समाचार
श्रमिकका समस्याहरु समाधान गर्न एनसिसी कतारको आग्रह दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसिसी) कतारको समन्वयमा तथा कतारमा स्थापित सम्पुर्ण संघ संस्थाहरुद्धारा कतारका लागी नेपाली राजदूतावास कतारका नवनियुक्त महामहिम राजदुत रमेशचन्द्र पौडेलसँग स्वागत तथा परिचयात्मक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । शुक्रबार नेपाली राज दूतावासको सभाहलमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि लगायत बुद्धिजीवी,समाजसेवी सामाजिक ब्यक्तित्वहरुले नवनियुक्त राजदुत पौडेलसँग स्वागतम तथा परिच्यात्मक,भेटघाट गर्दै कतारमा रहेका नेपाली श्रमिकहरुको समस्या समाधान गर्न एनसिसी कतार लगायत अन्य संघसंस्थाहरुले अनुरोध समेत गरेका छन् । बिगत लामो समयदेखि कतारमा राहदानी नविकरणको ठूलो विकराल समस्या देखा पर्दै आईरहेको र पासपोर्ट नविकरण समयमा हुन न...
बाह्रविसे नगरपालिकाको वडा नं ५को वडा महीला सञ्जालमा गोमा

बाह्रविसे नगरपालिकाको वडा नं ५को वडा महीला सञ्जालमा गोमा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष श्याम बहादुर तामाङ को अध्यक्षतामा शुक्रबार भएको भेलाले महिला सञ्जाल गठन गरेको छ । नगर पालिकाकार्यपालिकाका सदस्य समेत रहनु भएकी गेदकुमारी कार्कीको बशिेष पहलमा स्थानीय समाजसेबी गोमा गेरुङ्गको अध्यक्ष्तामा सञ्जाल गठन गरिएको हो । उक्त कुरा वडा अध्यक्ष श्याम बहादुर तामाङले घोषणा गरेर जानकारी दिनु भएको हो , यसै गरी सञ्जालको , उपाध्यक्षमा तुल्सी माँया तामाङ, सचिवमा शर्मीला पराजुली र कोषाध्यक्षमा रोजिना तामाङ रहनु भएको छ । त्यस्तै सदस्यतर्फ भने चिनी माँया तामाङ, बिष्णु माँया तामाङ, कृष्णमाँया बस्नेत। सुकुमायाँ बिक,किशोरी अधिकारी सिर्जना तामाङ, उर्मिँला पाइन,सुनमाँया तामाङ, इन्द्र कुमारी राउत,रामकुमारी योन्जन , लक्ष्मी श्रेष्ठ,कबिता बिक , मङ्गलादेबी पराजुली,दुर्गा भण्डारी , माइली योन्जन,र बुद्धी माँया ता...