सम्पर्क

Month: २०८१ पुष १३ शनिबार

बाह्रविसे नगरपालिकाको वडा नं ५को वडा बाल सञ्जालमा जोनिसा

बाह्रविसे नगरपालिकाको वडा नं ५को वडा बाल सञ्जालमा जोनिसा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष श्याम बहादुर तामाङ को अध्यक्षतामा शुक्रबार भएको भेलाले वडा बाल सञ्जाल गठन गरेको छ । बिद्यालयका प्रअ हरु शिक्षाबिद नगर पालिकाकार्यपालिकाका सदस्य समेत रहनु भएकी गेदकुमारी कार्कीको बिशेष पहलमा स्थानीय सिगार्चे आधारभुत बद्यिालयको छात्रा जोनिसा श्रेष्ठको अध्यक्षतामा वडा स्तरिय सञ्जाल गठन गरिएको हो । उक्त कुरा वडा अध्यक्ष श्याम बहादुर तामाङले घोषणा गरेर जानकारी दिनु भएको हो ।, यसै गरी सञ्जालको , उपाध्यक्षमा नमुना सिमसारका बिकास तामाङ, सचिवमा नमुना सिमसारकै प्रकाश घले ,सहसचिबमा सिगार्चेका सञ्चिता तामाङ र कोषाध्यक्षमा खडादेबी आबीको गुँरास तामाङ र सदस्यहरुमा नमुना सिमसार बाट इन्द्र कुमारी तामाङ,खडा देबी आबी बाट ममता तामाङ र देबिका तामाङ, सिगार्चे बाट राकेश बस्नेत रहनु भएको छ । लोकप्रिय समाचारको समन्वयमा वडा नं ५क...

भोटेकोशी जलविद्युत् आयोजना तत्काल सञ्चालन गर्न माग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले भोटेकोशी जलबिद्युत आयोजनाको निर्माण सम्पन्न गरी आयोजना सञ्चालनका लागी माग गरेको छ । उद्योग बाणीज्य सघं सिन्धुपाल्चोकका अध्यक्ष बुद्धरुाज बस्नेतको नेतृत्वमा शुक्रबार आयोजनालाइ एक ध्यानकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो। संघले बुझाएको पत्रमा समयमा सम्पन्न नहुनुका कारणबारे गम्भीर चासो व्यक्त गरेको छ। संघका अध्यक्ष बुद्धराज बस्नेतले शुक्रबार ध्यानाकर्षण पत्र बुझाउँदै सम्पूर्ण उद्योगी , व्यवसायी र सिन्धुपाल्चोक जनताको प्रतिनिधित्व गर्दै आयोजनासमक्ष गम्भीर असन्तुष्टि पोखेको हो । संघले “किन निर्माण कार्य १३ वर्ष बित्दा पनि सम्पन्न हुन सकेन भन्दै यसले नेपालको ऊर्जा क्षेत्रमा कस्तो प्रभाव पार्छ? यसको लागि जिम्मेवार पक्ष को हो?” करिब तीन अर्ब रुपैयाँ वार्षिक आम्दानी गर्ने लक्ष्य बोकेको आयोजना समयमा नबन्दा महिनाको ५० लाखभन्दा बढी ब्याज बेहोर्नु परेको ध...

बजेट अभावले औद्योगिक उद्यान निर्माण हुन सकेन

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोकको पाँचखालमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण कार्य बजेट अभावका कारण हालसम्म अघि बढ्न सकेको छैन । उद्यान स्थापनाका लागि गत वर्ष अघि बढाइएको थियो । वातावरणीय चुनौतीलाई सम्बोधन गर्न र हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने उद्देश्यले पाँचखाल–७ मा दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा उद्यान निर्माण प्रक्रिया अघि बढाइएको थियो । विसं २०८० मङ्सिर २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको शिलान्यास गर्नुभएको थियो । शिलान्यासको करिब एक महिनापछि नगरले उद्यानका लागि भौतिक पूर्वाधार निर्माणार्थ मन्त्रालयसँग रु २७ करोड माग गरिएको थियो । “मन्त्रालयबाट गत वर्ष पनि बजेट आएन, चालु आर्थिक वर्षमा पनि कुनै बजेट छुट्याइएन, यसकारण उद्यानको प्रक्रिया नै थन्किएको छ”, नगरप्रमुख महेश खरेलल...
बाह्रविसे नगरपालिकाको वडा नं ९को वडा महीला सञ्जालमा मङ्गली तामाङ्ग

बाह्रविसे नगरपालिकाको वडा नं ९को वडा महीला सञ्जालमा मङ्गली तामाङ्ग

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ९ मा वडा सदस्य डम्बर बहादुर कार्कीको अध्यक्षतामा बिहीबार भएको भेलाले महिला सञ्जाल गठन गरेको छ । स्थानीय समाजसेबी मंगली तामाङको अध्यक्ष्तामा सञ्जाल गठन गरिएको कार्यक्रमका प्रमुख अतिथी नगर उप प्रमुख मन्जु तामाङ्गले घोष्णा गरेर जानकारी दिनु भएको हो , सञ्जालको , उपाध्यक्षमा सामु थापा, सचिवमा धनमाया तामाङ र कोषाध्यक्षमा लंकमाया तामाङ रहनु भएको छ । त्यस्तै सदस्यतर्फ भने आइती तामाङ, देबिना देउजा, शान्ति पौडेल, पदममाया खड्का, स्वस्थानी भण्डारी, युवा कुमारी सुवेदी, चरी नेपाली, रुपा थामी, मैना राय, रेनुका खतिवडा र सरिता सापकोटा रहनु भएको छ। लोकप्रिय समाचारको समन्वयमा सरस्वती माध्यमिक विद्यालय राम्चेमा भएको कार्यक्रममाबोल्दै नगरपालिकाका उपप्रमुख मञ्जु तामाङ्गले महिलाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको ...
बाह्रविसे नगरपालिकाको वडा नं ९को वडा बाल सञ्जालमा खुश्बु तामाङ्ग

बाह्रविसे नगरपालिकाको वडा नं ९को वडा बाल सञ्जालमा खुश्बु तामाङ्ग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ९ मा वडा सदस्य डम्बर बहादुर कार्कीको अध्यक्षतामा भएको भेलाले बालमैत्री स्थानीय शासन घोषणा तयारी गरेको छ । कार्यक्रमको पहलो चरणमा बालमैत्री स्थानीय शासनको घोषणाको पूर्वतयारीका लागि बाह्र्बिसे नगरपालिकाको आर्थीक सहयोग र नेत्रज्योति मिडिया हाउसको सम्म्न्वयमा श्री सरस्वती माध्यमिक बिद्यालय राम्चेमा भएको कार्यक्रममाखुश्बु तामाङ्गको अध्यक्षतामा बाल सञ्जालको गठन भएको छ । बाह्रविसे नगरपालिका वडा नम्बर ९ मा बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्वतयारीका लागि बालसञ्जाल गठन गरिएको हो । बालमैत्री स्थानीय शासनको पूर्वतयारीका लागि नेत्रज्योति मिडिया हाउस समन्वयमा सरस्वती माध्यमिक विद्यालय राम्चेमा गरिएको कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै नगरपालिकाका उपप्रमुख मञ्जु तामाङ्गले बालबालिका र महिलाको हकहितका लागि स्थानीय सरक...
पत्रकार महासंघ सिन्धुपाल्चोकका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

पत्रकार महासंघ सिन्धुपाल्चोकका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

समाचार
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् । बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित एक समारोहकाबीच अध्यक्ष ध्रव दंगालको नेतृत्वमा शाखाका कार्यसमितिले पदभार ग्रहण गरेका हुन् । निर्वाचन अधिकृत अमित घिमिरेले नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभयो । पदभार ग्रहण समारोहमा अध्यक्ष ध्रुव दंगालले महासंघलाई थप सशक्त, सक्रिय र पत्रकारहरुको हकहितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले पनि ईमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने र पत्रकारिताको पेशागत मर्यादा कायम राख्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । जिल्ला कार्यसमितिका नवनिर्वाचित अध्यक्ष ध्रुव दंगाल, उपाध्यक्ष दिपक अर्याल, महिला उपाध...
व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला

व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
पर्वत  सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला  वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छे« सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागार्इंले जानकारी दिनुभयो । सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिहरूको चहलपहल बढ्दो छ । स्थानीय शिक्षक भूमिराज शर्मा सुन्तला टिप्ने र लैजानेहरूका कारण यहाँ मेला लागे जस्तै हुने गरेको र थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको बताउनुहुन्छ । “देउपुरका धेरैजसो सुन्तला यसपटक पोखरा पुगेका छ...
कैफियत ः ‘कुकुरायण’ गद्य खण्डकाव्य

कैफियत ः ‘कुकुरायण’ गद्य खण्डकाव्य

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार
भवानी बराल एका देशमा एउटा बुढो पाङ्ग्रे कुकुर थियो । जीवनका धेरै हिँउद बर्खा विताएकोले अरु कुकुरभन्दा पाङ्ग्रे अनुभवी र लोकप्रिय थियो । एक दिनको कुरा हो, कोदो टिपेर नल काटिसकेको बारीको कान्लामा पारिलो घाममा पाङ्ग्रे मस्तसंग निदाइ रहेको थियो । घमाइलो दिनमा कुकुर आफ्नै मलद्वारमा मुख जोडेर गुँडुल्किएर सुत्छ । यसरी घमाइलो दिनमा सुतिरहेको बखत मलद्वारबाट फुसपुस छारो उडाउँदा उसले पाकेको कटहरको जस्तो बास्ना आइरहेको सम्झिन्छ रे । पाङ्ग्रे पनि यस्तै कटहरको बास्ना सुँग्दै आनन्दित भएर सुतेको थियो । यत्तिकैमा खिच्चा कुकुरका एक हुल छाउरा–छाउरी पनि त्यहीँ आइपुगे । भुतभुते खेलेर बारी, पाङ्ग्रेले धुलाम्मे पारेर सम्याएको थियो । छाउरा–छाउरीले उछलकुद गरेर पाङ्ग्रेको पातलो निद्रा भंग गरिदिए । पाङ्ग्रेको पुच्छर टोकेर खेलकुदमा सक्रिय बनाउने सांकेतिक निम्तो गरे । स–साना खिच्चा कुकुरसंग पाङ्ग्रेको खेल्ने उमेर त ...
एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

समाचार
ललितपुर ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण हुने देशमा केही मात्र प्रयोगशालाहरू भएकोमा अब एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले पनि सो सेवा निर्माण व्यवसायीहरूलाई दिन सूरू गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति प्राप्त कलेजको सिभिल प्रयोगशालामा निर्माण सामग्रीहरू गुणस्तरीय छ कि छैन भनी जाँच गर्न आवश्यक सबै सुविधा उपलव्ध भएको हुँदा कलेजका विद्यार्थीहरूलाई पनि बजारमा चाहिने सिप हासिल गर्न सजिलो भएको छ । कलेजका विद्यार्थी तथा शिक्षकहरूले आफ्ना शोध कार्यहरूमा ती प्रयोगशालाहरू नियमित प्रयोग गरी राखेकोमा अबदेखि कलेज बाहिरका अनुसन्धानकर्ताहरूलाई समेत एभरेष्ट इन्जिनियरिङ कलेजले ती सुविधाहरू मुनाफारहित ढाँचामा उपलव्ध गराउने भएको हुँदा देशभित्रका इन्जिनियरिङ तथा मेटेरियल साइन्सका अन्वेषकहरूलाई कलेजको प्रयोगशा...

लेनोभोद्वारा नेपालमा पहिलोपटक सम्मेलन

समाचार
काठमाण्डौं सूचना प्रविधिको भरपर्दो नामको रूपमम स्थापित लेनोभोले नेपालमा पहिलोपटक सम्मेलन आयोजना गरेको छ । नेपालीहरूका लागि सूचना प्रविधि विस्तार गरि अघि बढिरहेको सो आईटी कम्पनीले’ लेनोभो पार्टनर समिट नेपाल २०२४ झ काठमाडौंमा गरेको हो । लेनोभो कम्पनीको आधिकारिक विक्रेता नागमणि इन्टरनेशनलको समन्वयमा भएको सो कार्यक्रममा बढ्दो सूचना प्रविधिको प्रयोग र त्यसका लागि लेनोभोले पुर्याइरहेको योगदानको चर्चा गरेका थिए । सो सम्मेलनमा लेनोभो नेपालका एसिस्टेन्ट तनवीर इकवालले थिङ्क प्याड इन्जिनियरिङ, ओभरसिज बिजनेसका जनरल म्यानेजर नवीन केजरीवाल र क्याटागोरी म्यानेजर सुनिल मिरले लेनोभोका उत्पादनलाई नेपालको पहिलो ब्रान्ड बनाउने लक्ष्य सार्वजनिक गर्नुभयो । सो अवसरमा परोल खनालले निर्माण गरेको लेनोवीर नामक आइकनसहितको टिसर्टहरू समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा स्टार पर्फर्मर अवार्ड, गोल्ड पार्टनर अवार्ड,...