सम्पर्क

लेनोभोद्वारा नेपालमा पहिलोपटक सम्मेलन

काठमाण्डौं
सूचना प्रविधिको भरपर्दो नामको रूपमम स्थापित लेनोभोले नेपालमा पहिलोपटक सम्मेलन आयोजना गरेको छ । नेपालीहरूका लागि सूचना प्रविधि विस्तार गरि अघि बढिरहेको सो आईटी कम्पनीले’ लेनोभो पार्टनर समिट नेपाल २०२४ झ काठमाडौंमा गरेको हो । लेनोभो कम्पनीको आधिकारिक विक्रेता नागमणि इन्टरनेशनलको समन्वयमा भएको सो कार्यक्रममा बढ्दो सूचना प्रविधिको प्रयोग र त्यसका लागि लेनोभोले पुर्याइरहेको योगदानको चर्चा गरेका थिए । सो सम्मेलनमा लेनोभो नेपालका एसिस्टेन्ट तनवीर इकवालले थिङ्क प्याड इन्जिनियरिङ, ओभरसिज बिजनेसका जनरल म्यानेजर नवीन केजरीवाल र क्याटागोरी म्यानेजर सुनिल मिरले लेनोभोका उत्पादनलाई नेपालको पहिलो ब्रान्ड बनाउने लक्ष्य सार्वजनिक गर्नुभयो ।
सो अवसरमा परोल खनालले निर्माण गरेको लेनोवीर नामक आइकनसहितको टिसर्टहरू समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा स्टार पर्फर्मर अवार्ड, गोल्ड पार्टनर अवार्ड, डायमण्ड पार्टनर र प्लाटिनम पार्टनर अवार्डले विभिन्न व्यवसायीलाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नागमणि इन्टरनेशनललका निर्देशक अमित सराफले नेपालमा भएको सो सम्मेलनले लेनोभोका सेवाग्राही तथा बिक्रेता लाभान्वित भएको बताउनुभयो ।