सुनखानिमा मादक पदार्थ बिक्री वितरण र जुवा तास खेल्न रोक
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउपालिका वडा नं. ५ मा मादक पदार्थ उत्पादन, सेवन, बिक्री वितरण र जुवा तास खेल्न निषेध गरिएको छ ।
सुनकोशी गाउपालिका वडा नं. ५ को जेठ ४ गते शुक्रबार बसेको सर्वदलीय बैठकले वडा नं. ५ का अध्यक्ष जाल बहादुर लामाको प्रस्तावलाई पारित गरेको हो । गत ४ गते बसेको सर्वदलीय बैठकले वडा नं. ५ भित्र मादक पदार्थ बेलुकी ८ बजेपछि बिक्री वितरण गर्न नपाउने र जुवा तास खेल्न पुर्ण रूपमा निषेध गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयनका लागि वडा अध्यक्ष लामाले प्रचारप्रसार लगायतका अन्य तयारी सुरु गर्नु भएको छ । सर्वदलीयमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राप्रपा लगाएतका पार्टि प्रतिनिधि वडाका बुद्धिजीवीको उपस्थितिमा उक्त निर्णय गरिएको हो ।
सोही निमय विपरित जुवा तास खेलाउनेलाई ५ हजार जरिवाना खल्नेलाई ३ हजार जिरिवाना गरिने छ भने मादक पदार्थ सेवन गरि होहल्ला झैझगड...
