सम्पर्क

Month: २०८१ बैशाख १७ सोमबार

लगानी सम्मेलनः सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १७ वैशाख: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको बताउनुभएको छ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा आज ‘सूचना प्रविधिः लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपालीमात्र नभई विदेशी लगानीकर्ताका लागि पनि नेपाल उपयुक्त स्थल रहेको बताउनुभयो । मन्त्री शर्माले मुनाफाआर्जनको वातावरण बनाएर लगानी र लगानीकर्ताको सुरक्षा गर्दै संसारकै उँचो हिमाली मुलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन सरकार दृढ सङ्कल्पित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधि क्षेत्रको लगानीमार्फत हुने डिजिटल रूपान्तरण र समृद्धिको यो महाअभियानमा सहभागी हुन र यसबाट मनग्य लाभलिन देशभित्र तथा देशबाहिरका सम्पूर्ण लगानीकर्तालाई आह्वान गर्दछु । मन्त्री शर्माले नेपालम...

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

ब्रेकिङ न्युज १, राजनिती, समाचार
इलाम–२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उहाँले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् । यो समाचार तयार पार्दासम्म मतगणनामा सुहाङले ६ हजार ४ सय ३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ४ हजार ७ सय ८० मत प्राप्त गर्नुभएको छ । नेम्वाङ १ हजार ६ सय २३ मतले अघि रहनुभएको छ । स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ३ हजार १ सय ८८ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले १ हजार मत प्राप्त गर्नुभएको छ । शनिबार दिउँसोबाट सुरु गरिएको गणना सुस्त गतिमा छ । नेकपा ९एमाले० इलामका सचिव उमेश गुरुङले मतगणना ढिलोगरी सुरु भएकाले पूरा परिणाम आउन समय लाग्ने बताउनुभयो । एमालेले लामो समयदेखि बिजय हासील गर्दैआएको इलाम २ मा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सभामुख सुभाषचन्द्र नेम्वाङसँग काँग्रेस उम्मेदवार डम्बर खडक...

जुगल बोर्डिङका बिद्यार्थीले शुद्ध पानी पिउन पाउने

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा अवस्थित जुगल बोर्डिङ हाईस्कुलले बढ्दो वायुमण्डलिय प्रदुषण र हावाहुरीको असरलाई मध्यनजर गरि बिद्यालयमा जारको पानी व्यवस्था गरेको छ । अक्वा जुगल चौताराले उत्पादन गरेको जारको पानी बिद्यालयले लिने निधो गरेपछि बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले शुद्ध पानी पिउन पाउने भएका छन् । शनिबार जुगल बोर्डिङ हाई स्कुल चौताराका प्रधानाध्यापक ओमप्रकाश उप्रेती सहितको टिमले अक्वा जुगल कम्पनीको उत्पान क्षेत्रमै गई अवलोकन गरेको थियो । अक्वा जुगलका सञ्चालक कुलबिर सिं खड्कासंग सुलभ मूल्यमा पानेपानी उपलब्ध गर्ने गराउने आपसी समझदारी कामय गरिएपछि आईतबार नै बोर्डिङमा ५० भन्दा माथीे जारको पानी ल्याईएको बिद्यालयको प्रिन्सीपल ओमप्रकाश उप्रतीले बताउनुभयो । उहाँका अनुसार जुगल थालखर्क होल्चे खानेपानी उपभोक्ता समितिको २ वटा धारा र एक स्थानीयको घरको धारा प्रयोगमा ल्याउ...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– ५ ढाँडेबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका– ७ का वडाध्यक्ष रवि तामाङ रहेका छन् । उच्च अदालत पाटनले उहाँविरुद्ध २०७८ फागुन २० गते बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । पक्राउ परेका वडाध्यक्ष तामाङलाई आईतबार सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।...

अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आउनुुस्, काठमाण्डौँ महानगरले निःशुल्क उपचार गर्नेछः बालेन

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ महानगरपालिकाका प्रमुख बालेन शाहले अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आउनुुस्, काठमाण्डौँ महानगरले निःशुल्क उपचार गर्ने बताउनुभएको छ । उहाँले आइतबार सामाजिक सञ्जालमार्फत नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो स्थानीय तहबाट विपन्न, असहायको सिफारिस लिएर आएमा काठमाण्डौंका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था हुने जानकारी गराउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ । तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’ उहाँले सम्पर्क नम्बर ११८० वा, काठमाडौँ महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह ...

तेस्रो लगानी सम्मेलन काठमाण्डौमा शूरु

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
आज देखी काठमाडौँमा तेस्रो लगानी सम्मेलन शुरु भएको छ । आइतबार र सोमबार गरी दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक समारोहका बिच उद्घाटन गर्नुभयो । सम्मेलनउद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य सहित उपस्थितीलाइ स्वागत गर्नू भएको छ ।समारोहमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतको वाणिज्य एवम् उद्योग मन्त्री पियुष गोयल, संयुक्त अधिराज्य (युके) का विदेश, कमनवेल्थ वेल्थ र विकास कार्यालयका इन्डो–प्यासिफिक क्षेत्र हेर्ने राज्यमन्त्री आन्मुरी टुभेलियन, युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, संयुक्त अधिराज्यको फरेन, कमनवेल्थ वेल्थ एन्ड डेभलपमेन्ट ...

उप निर्वाचन सम्पन्न आयोगद्धारा सबैमा धन्यबाद

ब्रेकिङ न्युज १, विचार, समाचार
२०८१ वैशाख १५ गते शनिबारका लागि निर्धा रित इला म जिल्ला प्रतिनिधि सभा सदस्यनिर्वा चन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. १ कोप्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वा चन, २०८१ शा न्ति पूर्ण र उत्साहजनकरूपमासम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका उपसिचब रामदत्त पाण्डेय द्धारा जारी बिज्ञेप्तीमा उक्त कुरा जनाइएको हो । बिज्ञेप्तीमा मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जा री रहेको छ । हालसम्मको विवरण अनुसा रइला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ मा करी ब ५८ प्रतिशत र बझाङ जिल्ला प्रतिनिधि सभासदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ मा करी ब ५० प्रतिशत मतदा न भएको छ ।यस उपनिर्वा चनमा इला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र न...

अबको बजेटले सुदूरपश्चिम र कर्णालीको सन्तुलन कायम गर्छ ः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटले अरु प्रदेश सरह सुदूरपश्चिम र कर्णाली प्रदेशको सन्तुलन कायम गरिने बताउनुभएको छ । नेकपा(एमाले) बैतडी–काठमाडौँ सम्पर्क मञ्चको नवौ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगतका बजेटमा सुदूरपश्चिम र कर्णालीलाई अन्य प्रदेशभन्दा अनुपातका हिसाबले कम बजेट विनियोजन हुने गरेको बताउनुभयो । उहाँले अबको बजेटमा सरकारले केही हदसम्म भए पनि सबै प्रदेशको सन्तुलनता कायम गरिने उल्लेख गर्नुभयो । सरकारले अहिले देशमा भएका जडीबुटी, उर्जा, पर्यटन, कृषि तथा खानी उत्खननका माध्यमबाट देशलाई समृद्धिको बाटोमा अगाडि लैजान खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले ती सबै कुराको सुदूरपश्चिममा प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिमका स्रोतसाधनको सरकारले उच्चतम उपयोग गर्नेमा जोड दिनुभयो । सरकार सहकारीभित्रका समस्य...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु

ब्रेकिङ न्युज १, राजनिती, समाचार
इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो । यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।रासस...

गाउँपालिकाको गाडी दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको टाटा मोवायल हाइलेक्स गाडी लागर्चेमा दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, राम प्रसाद न्यौपाने, कान्छा तामाङ, शारदा उप्रेती, सरिता गौतम र दीपा कुमारी धमला रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयो । उहाँको अनुसार गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको बा १ झ ६३०३ नं. को टाटा मोवायल हाइलेक्स गाडी अनियन्त्रित भई सडकबाट करिब १ किलोमिटर तल खसेको थियो । घाईते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।...