सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– ५ ढाँडेबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुगल गाउँपालिका– ७ का वडाध्यक्ष रवि तामाङ रहेका छन् । उच्च अदालत पाटनले उहाँविरुद्ध २०७८ फागुन २० गते बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । पक्राउ परेका वडाध्यक्ष तामाङलाई आईतबार सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।
