सम्पर्क

जुगल बोर्डिङका बिद्यार्थीले शुद्ध पानी पिउन पाउने

निर्मल बस्नेत
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा अवस्थित जुगल बोर्डिङ हाईस्कुलले बढ्दो वायुमण्डलिय प्रदुषण र हावाहुरीको असरलाई मध्यनजर गरि बिद्यालयमा जारको पानी व्यवस्था गरेको छ । अक्वा जुगल चौताराले उत्पादन गरेको जारको पानी बिद्यालयले लिने निधो गरेपछि बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले शुद्ध पानी पिउन पाउने भएका छन् ।
शनिबार जुगल बोर्डिङ हाई स्कुल चौताराका प्रधानाध्यापक ओमप्रकाश उप्रेती सहितको टिमले अक्वा जुगल कम्पनीको उत्पान क्षेत्रमै गई अवलोकन गरेको थियो । अक्वा जुगलका सञ्चालक कुलबिर सिं खड्कासंग सुलभ मूल्यमा पानेपानी उपलब्ध गर्ने गराउने आपसी समझदारी कामय गरिएपछि आईतबार नै बोर्डिङमा ५० भन्दा माथीे जारको पानी ल्याईएको बिद्यालयको प्रिन्सीपल ओमप्रकाश उप्रतीले बताउनुभयो ।
उहाँका अनुसार जुगल थालखर्क होल्चे खानेपानी उपभोक्ता समितिको २ वटा धारा र एक स्थानीयको घरको धारा प्रयोगमा ल्याउँदा समेत होस्टलमा बस्ने ७० भन्दा माथीको बिद्यार्थी र शिक्षकहरुलाई सरसफाई गर्नमा मात्र पुग्ने भएपछि पिउनको लागि जारको पानी प्रवन्ध गरिएको हो । यसभन्दा अघि धारामा आउने पानीमा हावाहुरीको कारण बिभिन्न फोहोरमैला मिसीएर आउने भएकोले पानी जती मात्रामा शुद्ध हुनुपर्ने त्यती नभएको कारण बिभिन्न रोगव्यादीको जोखिम रहेको थियो । बिद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर नपरोस् भन्ने हेतुले जारको पानी प्रवन्ध गरिएको बिद्यालयको प्रिन्सीपल उप्रतीको तर्क छ ।
जुगल बोर्डिङ हाईस्कुलमा हाल ५ सय ५० भन्दा माथी बिद्यार्थीहरु र ३ दर्जन शिक्षक शिक्षिकाहरु अध्ययन/अध्यापन गर्दै आइरहेका छन् । आईतबार नै बिद्यार्थीहरु जारको पानी फिल्टरसहितको उपकरणमा बोटल थापेर पानी पिउन सूरु गरिसकेका छन् । बिद्यालयमा शुद्ध पानी उपलब्ध भए पछि शिक्षक र बिद्यार्थीहरुमा खुसी थपिएको छ । अक्वा जुगलले चौतारा साँगाचोकगढी नगरपालिका ५ मा नै कम्पनीका सञ्चालक कुलबिर सिं खड्काले गत बर्षको श्रावण महिनादेखी उत्पादन गरि चौतारा र आसपासका बजारहरुमा मिनिरल वाटर बोलत र जार दुवैबाट पिउने पानीको उपलब्धता गराउदै आईरहेको सञ्चालक खड्काले जानकारी गराउनुभयो ।