इलाम–२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।
उहाँले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् । यो समाचार तयार पार्दासम्म मतगणनामा सुहाङले ६ हजार ४ सय ३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ४ हजार ७ सय ८० मत प्राप्त गर्नुभएको छ । नेम्वाङ १ हजार ६ सय २३ मतले अघि रहनुभएको छ ।
स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ३ हजार १ सय ८८ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले १ हजार मत प्राप्त गर्नुभएको छ । शनिबार दिउँसोबाट सुरु गरिएको गणना सुस्त गतिमा छ । नेकपा ९एमाले० इलामका सचिव उमेश गुरुङले मतगणना ढिलोगरी सुरु भएकाले पूरा परिणाम आउन समय लाग्ने बताउनुभयो ।
एमालेले लामो समयदेखि बिजय हासील गर्दैआएको इलाम २ मा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सभामुख सुभाषचन्द्र नेम्वाङसँग काँग्रेस उम्मेदवार डम्बर खडका १ सय १४ मतले मात्र पराजित हुनु भएको थियो ।
उच्च सुरक्षाबिच इलामको गौतमबुद्ध सभाहलमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । मतगणना स्थलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएका छन् । मतगणना स्थलमा तार जालीसहित सीसीटिभी जडान गरिएको छ । मतगणना स्थलमा मतपरिणाम सार्वजनिक गर्ने कार्यलाई ब्यवस्थित गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
मतगणनास्थलमा सञ्चारकर्मीका लागि डेक्स स्थापना गरिएको छ । मंगलबार बिहान सम्ममा सबै परिणाम आउने निर्वाचन कार्यालयले जनाएको छ । शनिबार सम्पन्न उपनिर्वाचनमा एक लाख १५ हजार आठसय ८९ जना मतदाता मध्ये ६९ हजार दुईसय ८७ ९५९ दशमलब ७९ प्रतिशत० मतदाताले मतदान गर्नुभएको छ । संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो ।
इलाम २ मा एमालेबाट नेम्वाङका छोरा सुहाङ नेम्वाङ, काग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादी डकेन्द्रसिंह थेगिमसहित स्वतन्त्र र राजनीतिक दलका गरी १९ जना उम्मेदवार रहनुभएको छ ।
