सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपालगाँउपालिकामा प्रहरी चौकी भवनको उद्धघाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका माननीय मन्त्री गंगा नारायण श्रेष्ठले एक समोरहोका बिच उक्त भवनको यद्धघाटन गर्नु भयको हो । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विनियोजित बजेटबाट पाँचपोखरी थाङपाल कोे नव–निर्मित कार्यालय, ब्यारेक तथा मेश भवनका समुद्घाटन भएका हो । ,उक्त कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं.२ (ख) का प्रदेश सांसद माननीय कृष्ण कुमार तामाङ,पाँचपोखरी थाङपाल गा.पा.का अध्यक्ष टासी लामा, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापा,पाँचपोखरी थाङपाल गा.पा.का उपाध्यक्ष सुनिता अधिकारी, सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, स्थानिय जनप्रतिनिधि, विभिन्...