कृषि विकास कार्यालय काभ्रेले योजना तर्जुमा गोष्ठी गरेको छ । संघ, प्रदेश र स्थानीय तहको कार्यमूलक समन्वय र सहकार्यका लागि गत आ.वको प्रगती समीक्षा तथा अगामी आ.२०८१÷८२ को कार्यक्रम र योजना तर्जुमाको सिलसिलामा आयोजना गरिएको जिल्ला स्तर प्रगती समीक्षा तथा योजना तर्जुमा गोष्ठी गरेको हो ।
गोष्ठीका बारेमा जानकारी दिदै कृषि विकास कार्यालयका कार्यालय प्रमुख कुलप्रसाद दवाडीले समग्र कृषि प्रसारको अवस्थाका बारेमा जानकारी गराउँनु भएको थियो । उहाँले बिशेष गरी उत्पादन मुलक कामका दागी कार्यलयले हरेक कार्यक्रमहरु गरिरहेको बताउँदै २०८०÷८१ मा संचालनमा रहेका कार्यक्रमहरुको प्रगती समीक्षा र आगामी आ.वका लागि सम्भाव्य कार्यक्रमहरुको बारेमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम, जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ, नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामा, मन्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपाल, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाई , भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल, रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय अधिकारी,बागवानी विकास केन्द्र पाँचखालका कार्यलय प्रमुख विष्णु बोगटी, काठमाडौं विश्वविद्यालय स्कुल अफ एग्रिकल्चरका संयोजक, पत्रकार महासंघ काभ्रेका अध्यक्ष–उपाध्यक्ष तथा अग्रज पत्रकारहरु, कृषि शाखाका प्रमुख र प्रतिनिधिहरु, लभ ग्रिन नेपाल तथा काभ्रे जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाका प्रतिनिधिहरु, जिल्लाका अग्रज कृषकहरु तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको समेतको उपस्थिति रहेको थियो।गोष्ठीमा कृषि उत्पादन, बजारीकरण र मूल्यश्रङ्खलामा स्थानीयकरणको आवश्यकता, शहरउन्मूख नगरहरुमा बसाइसराइ गरी कृषिमा संलग्न कृषकहरुलाई सहजीकरण, बाली संरक्षण÷ स्थानीय मलको गुणस्तर अभिवृद्धि, कृषिमा ज्ञानको आवश्यकता, उत्पादनको आधारमा अनुदान, स्थानीय तहले निर्धारण गरेका पकेट क्षेत्र सहितको विशिष्टिकृत वृहत्तर कृषि क्षेत्रको विकास लगायतका विषयहरुलाई समेटी काभ्रे जिल्लास्तरीय कृषि क्षेत्रको रणनीतिक योजना तर्जुमा गर्नुपर्ने विषयमा घनिभूत संवाद र पृष्ठपोषण भयो । आजको गोष्ठीले आगामी आ.वको योजना तथा कार्यक्रम तर्जुमाको लागि मार्गनिर्देश गरेको छ। गोष्ठीमा सहभागी हरुले कृषी बिकासका लागी तिनै तहका सरकार सरोकारवालाहरु सबै मिलेर काम गर्न पर्ने र सके सम्म एक सरकारले प्रदान गरेको सुबिधामा नदोहोरिने गरी सुबिधा प्रदान गर्न पर्ने धारणा राखेका थिए । कृषि विकास कार्यालयले स्थानीय सरकारसँग सम्मन्वय गरी कृषक, समुह, सहकारीहरु मार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ ।
