सम्पर्क

Month: २०८० कार्तिक ३ शुक्रबार

प्रहरीद्वारा ९२ बोरा चिनी बरामद

ब्रेकिङ न्युज २, समाचार
इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी रु पाँच लाख ९८ हजारको चिनी र २८ बोरा अन्दाजी रु ४२ हजारको धान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिहीबार अपरान्ह ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा धुलिखेल नपा–२ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइएको हो । सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त...

खुल्ला भलिबल प्रतियोगिताको उपाधि गिरी एण्ड ब्रदर्शलाई

खेलकुद, समाचार
मेलम्ची नगरपालिका वडा नं. ९ स्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधि गिरी एण्ड ब्रदर्श मल्टी कम्पनी प्रा. लि. रातमाटाले हात पारेको छ । गिरी एण्ड ब्रदर्श र श्री जनता माध्यमिक विद्यालय “क“ बिच भएको फाइनल खेलमा २÷२ सेट बराबरपछि अन्तिम खेलमा १५–१३ ले पछाडि पार्दै गिरी एण्ड ब्रदर्शले पहिलो स्थान ओगट्न सफल भएको हो । जनता मावि “क“ज्यामिरेले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो । त्यसैगरी प्रतियोगितामा तेस्रो र सान्त्वना स्थान हासिल गर्न क्रमशः आयोजक सिन्धु योङ स्टार युथ क्लव र जनता मावि “ ख“ सफल भएका छन् । प्रतियोगितामा विजयी हुनुहुने खेलाडीहरुलाई ट्रफी, मेडल , प्रमाणपत्र तथा पुरस्कार कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष किरणदीप खड्का, विशेष अतिथि पूर्व वडा अध्यक्ष कमलबहादुर खड्का र गोल्मेश्वरी आधारभूत विद्यालयका शिक्षक पाण्डब अधिकारीले वितरण गर्नुभएको थियो । मेलम्ची नगरपालिका वडा नं.९ को आर्थिक सह...

लिङ्गे पिङ हराउँदै गएकामा चिन्ता

ब्रेकिङ न्युज २, समाचार
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ का तिर्थ अधिकारीलाई मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो । दसैँ तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि अधुरै रहेको उहाँले बताउनुभयो । “विगतमा बाटोघाटोमा पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्न पाएको छैन”, अधिकारीले भन्नुभयो, “केही युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवं आवश्यकता घट्दै गएको देखिन्छ ।” नयाँ पुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व हराउँदै गएको स्थानीय राधा तिवारीले बताउनुभयो । “जिल्लामा विगत केही वर्षदेखि पिङ खेल्ने परम्परा घट्दै केही स्थानमा मात्र सीमित बन्न पुगेको छ”, उहाँले भन्नुभयो । दसैँको बेलामा आकर्षणका रूपमा खेलिने लिङ्गे पिङ नवलपरासी...

वडा अध्यक्ष शिबश्रेष्ठको नेतृत्वमा चौताराबजार सरसफाइ

जिबनशैली, बिजनेस, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका वडा नं ५का वडा अध्यक्ष शिब श्रेष्ठको नेतृत्वमा सुरक्षा कर्मी तथा स्थानीय नागरिक सहीतले चौतारा बजारको सर सफाइ गरेका छन । बिहीबार बिहानै बजार सरसफाइ गर्दै वडा अध्यक्ष श्रेष्ठले चाडबाडको बेला सवारी साधनको भिड हुने भएकाले ट्रफिक ब्यबस्थापनमा समेत चासो दिन पर्ने भएकाले जथाभाबी पार्कीगं नगर्न समेत नगरवारबासीलाइ अनुरोध गर्नू भएको छ । यसै बिच चौतारासाँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा लायन्स क्लब अफ सिन्धु चौतारा सिटि , चौताराको सहकार्यमा हाम्रो शान ,हाम्रो अभियान “ सफा चौतारा स्वच्छ चौतारा , सुन्दर चौतारा “ भन्ने नाराका साथ चौतारा बजारको विभिन्न ठाउँहरुमा गमला सहितको बिरुवा रोप्ने कार्यक्रम समेत गरिएको छ।  ...

काभ्रेमा ट्रिपर सञ्चालनमा रोक,दोलालघाटमासवारीयान्त्रीक जाँच

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
एकराजश्रेष्ठ, सवारी दुर्घटना हुन नदीन र सडक जाम हुन नदीनका लागी जिल्ला प्रशासन कार्यलय काभ्रेपलाञ्चोकले कार्तीक २गते बिहीबार बिहान ५बजे देखी काभ्रे पलाञ्चोक जिल्लाको अरनिको राजमार्ग र बिपी राजमार्गमा सडकहरुमा टिपर सञ्चालनमा रोक लगाएको छ । कार्तीक १गते जिल्ला प्रशासन कार्यलयमा बसेको सर्बपक्षीय बैठकबाट यस्तो निर्णय भएको साहयक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनु भयो । उँहाका अनुसार सवारी चापका कारण कार्तीक २गते बिहान ५बजे देखी १३गते बेलूका ट्रिपर सञ्चालमा रोक लगाउँने निर्णय भएको हो ।    यसै बिच काभ्रे पलाञ्चोक जिल्लाको दोलालघाटमा सवारी साधनको यान्त्रीक परिक्षण गरिएको छ । दुर्घटना न्युनिकरण को उद्धेयश्यका साथ दोलालघाट प्रहरी चौकी तथा ट्राफिक प्रहरीको आयोजनामा , पुर्व अरनिको यातायात प्रालि अन्तर्गत दोलालघाट का कर्मचारीहरुको बिशेष समन्वयन तथा दोलालघाट अवस्थित मोटर ग्यारेजका मिस्त्र...

कान्तिपुरका उपसम्पादक पौडेल सम्मानीत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकाले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापती एवम् कान्तिपुर दैनिकको उपसम्पादक ऋषिराम पौडेललाई ‘सिन्धु पत्रकारिता सेतो बाघ’ बाट सम्मान गरिएको छ । गाउँपालिकाले       २०४९ सालदेखी सिन्धपाल्चोक जिल्लाबाट पत्रकारिताको यात्रामा लाग्नुभएका पौडेलको कलमले सिन्धुको समृद्धिमा टेवा पुगेको भन्दै सुनकोशी गाउँपालिकाले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । पौडेलललाई सम्मान गर्दै पत्रकारिता गर्व गर्न र अनुकरण गर्न लायक भएकोले उँहालाई सम्मानीत गर्ने अबसर पाँउदा आफुलाई खुशी लागेको बताउँनु भयो । उहाँले बिगतका दिनहरुमा भन्दा शिक्षा क्षेत्रमा प्रगती भएको भन्दै बिद्यालयमा पढ्ने र पढाउँने काममा प्रत्यक्ष रुपमा उपलब्धी हुन पर्ने बताउँनु भयो । सम्मान कार्यक्रममा गाउँपालिकाले वनजङ्गल जोगाउँन ठुलो भुमिका निर्वाह गर्नु भएका शारदा...

बलेफी ८मा आर्थीक स्थिती कमीभएका महीलालाइ सहयोग

जिबनशैली, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोकजिल्लाको बलेफी गाउँपालिका वडा नं.८ का वडाभित्रका आर्थिक स्थिति कमजोर भएका महिलाहरुलाई सरसफाइका लागी आबश्यक सामाग्री सहीत न्यानो कपडा वितरण गरीएको छ । गाँउपालिकाका उपाध्यक्ष शरु लामाको प्रमुख अथितथ्यतामा वडा भित्रका महीलाहरुलाइ उक्त सामान बितरण गरिएको वडा नं ८का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको सभापतीत्वमा उक्त सामाग्री बितरण गरिएको हो । सो अबशरमा पालिका उपाध्यक्ष लामाले सामाग्री हस्तान्तरण गर्दै वडामा रहनु भएका आर्थीक स्थिती कम्जोर भएका महीला आमा दिदी बहीनीहरुलाइ यसरी सहयोग उपलब्ध गराएकोमा वडा अध्यक्षलाइ बिशेष धन्यबाद दिनु हँुदै पालिका तथा वडाका बजेटको मात्र भर नपरी अन्यत्रबाट बजेट तथा यस्ता सहयोगका काम गर्ने महान कार्य ुभएकोमा यो कार्य को प्रशंसनिय रहेको बताउँनु भयो। यस्तै सामाजिक कार्य भावी दिनहरुमा गर्दै जान समेत उहाँले सुझाव दिँदै आफ्नो तर्फबाट सकेको सहयोग गररहने बताउँनु ग...

दशैंलाई लक्षित गरी बाह्रबिसे बजार सरसफाई

ब्रेकिङ न्युज २, समाचार
नेपालीहरुको महान चाड वडा दशैंलाई लक्षित गरि मंगलबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाले विभिन्न क्षेत्र सरसफाई गरिएको छ । बाह्रबिसे नगरपालिकाको आयोजना तथा विभिन्न संघ संस्थाहरू, ईलाका प्रहरी बाह्रबिसेको समन्वयमा बाह्रबिसे नगरपालिकाको वडा नं. ३, ४ र ९ स्थित रहेको बजार परिसरमा बजार सरसफाई गरिएको छ । दशैंको सुरूवात असोज २८ गते घटस्थापना देखि सुरू भईसकेको छ । चार्ड पर्व सुरू भएपछि बजार क्षेत्र, धार्मिक तथा पर्यटकीय क्षेत्र र सार्वजनिक स्थानहरूलाई सफा सुन्दर बजार निर्माण गर्न सरसफाई कार्यक्रम गरिएको बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । सरसफाईका क्रममा झाँडी सफा गर्ने र फोहोर वस्तु हटाउने कार्य गरिएको थियो । सरसफाई कार्यक्रममा नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङ, बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय बाह्रबिसे, ट्राफिक प्रहरी, विभिन्न सं...

निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले लिए सेवा

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका—९ भोटसिपामा २ सय ७१ जनाले निःशुल्क स्वास्थ्य चेक जाँच गराएका छन् । ईन्द्रावती गाउँपालिका वडा नं. ११ बोडगाउँ आधारभुत अस्पतालको समन्वय तथा सहकार्य, जय नेपाल संस्था र ईन्द्रावती–९ वडा कार्यालयको संयुक्त आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले सेवा लिएका हुन् । शिविरमा डा.सुमन कर्माचार्य, डा.अनिता तिमल्सीना, डा. धर्मेन्द्र पाण्डे लगायत बिदेसी ईटालियन डा.हरुको टोलीले सेवा प्रदान गरेको थियो । वडामै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको ईन्द्रावती–९ का वडा अध्यक्ष बाबुराम लामाले बताउनुभयो । गाउँमै निःशुल्क स्वास्थ्य चेकजाँच गर्न पाएपछि स्थानीय खुसी भएका छन् ।...

सिन्धुपाल्चोकमा ६८ औं प्रहरी दिवस मनाइयो

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मंगलबार ६८ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय परिषरमा भएको कार्यक्रममा प्रहरी सेवामा कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रहरी कामकार्वाहीमा उत्कृष्ट भूमिका निर्वाह गरी आफुलाई सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट कार्य सम्पादन गर्ने २२ प्रहरी कर्मचारीहरुलाई पुस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा अध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको प्रमुख आतिथ्यता, विषेश अतिथि सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, विषेश अतिथि नगर उपप्रमुख सिता थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख सुदिप अधिकारी , बिभिन्न सुरक्षा निकायका प्रमुख पत्रकार महांसघ अध्यक्ष जिवन श्रेष्ठ, वडा अध्यक्ष शिव श्रेष्ठ र जिल्लाभरका प्रहरी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू,...