सेतिदेविको सिनियर ग्रेडिङ सम्पन्न
सिन्धुपाल्चोक सुनकोसी गाँउपालिका वडा नं. ७ लामोसँघुमा रहेको सेतिदेवि तेक्वान्दो डोजाङमा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार सेतिदेवि तेक्वान्दो डोजाङले रातो कालो पेटि र प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटिको ग्रेडिङ गरेको हो । रातो पेटीबाट रातो कालो पेटीमा जेराठ श्रेष्ठ र प्रिति वाईबा उतिर्ण हुनुभएको छ भने रातो कालो पेटिबाट प्रथम डान कालो पेटीलिनेमा ईस्थर बिसुन्के र संजय बि.क भने दोस्रो डान कालो पेटी लिनेमा अभिषेक बस्नेत, लवाङ तामाङ उतिर्ण हुन सफल हुनु भएको छ । नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला सह सचिव कुमार बस्नेतको प्रमुख आतिथ्यतामा र सिनियर खेलाडीहरू, सुजन सेन्चुरी, निसान लामा अभिभावक टेक बहादुर बि.क लगाएतको उपस्थितिमा सिन्धुपाल्चोक तेक्वान्दोका जन्मदाता तथा जिल्ला अध्यक्ष प्रेम भण्डारीको निर्देशनमा सेतिदेवि तेक्वा...

