के हो जातिय समस्या समाधानमा कम्युनिष्ट दृष्टिकोण ?
क्रान्तिकारी कम्युनिष्टहरुले कुन कुरामा एकदमै स्पष्ट हुनु पर्दछ भने कुनै पनि जाति आधारित समाजलाई शोषण मुक्त तुल्याउने कुनै पनि क्रान्तिकारी कार्यक्रम जातिय प्रश्नलाई छोडेर बनाउन सकिदैन । हुन त यस सम्वन्धमा फरक फरक बिचारहरु छन् । पहिला सामाजिक–राजनीति धरातलमा केही सुनिश्चित र सचेत प्रयाशबाट जातिय ब्यवस्थालाई समाप्त पार्ने र त्यसपछि जनताका बिभिन्न शोषित पीडित बर्ग, तह र तप्काहरुलाई एकताबद्ध गर्न सम्भव हुन सक्तछ भन्ने कुरालाई शीरैदेखि अस्वीकार गर्ने पर्याप्त आधारहरु छन् । यसैगरी अर्को यो धारणा पनि उत्तिकै गलत छ कि बर्गहरुको क्रान्तिकारी एक जुटता र सर्बहारा क्रान्तिको प्रकृयाले जाति–ब्यवस्थालाई समाप्त पार्नेछ । अतः यो(जाति–आधारित ब्यबस्था) कुनै छुट्टै महत्वपूर्ण प्रश्न नै होइन । तर के कुरामा एकदमै स्पष्ट हुनु आवश्यक छ भने सर्बहारा बर्गको नेतृत्वमा हुने समाजबादको आधारभूति तयार पार्ने नयाँ जनवा...
