सम्पर्क

Month: २०७९ फाल्गुन २ मंगलवार

चण्डेश्वरी माविले मनायो ४८औं बार्षिकोत्सव

समाचार
हिरा ठकुरी सिन्धुपाल्चोक जिल्ला इन्द्रावति गाउँपालिका – १० बडहरे स्थित रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयले ४८आंै वार्षिकोत्सव, अभिभावक तथा भुपु विद्यार्थी पुर्नमिलन दिबस भब्य रूपमा मनाएको छ । बार्षिकोत्सव कार्यक्रमको उद्धघाटन प्रमुख अथिती बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले गर्नु भएको थियो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुललाले विद्यालयको लागि प्रदेश तर्फबाट आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयको प्रधानाध्यापक शिवराम न्यौपानेले विद्यायलयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोहि अबसरमा पुर्व व्यवस्थापन समितिको अध्यक्ष सुदर्शन आचार्य, बरिष्ठ इन्जिनियर उद्धव नेपाल र विद्यालय भबन निमार्ण गर्ने ठेकदार विष्णु भाई श्र...

आन्दोलनरत यातायात मजदुरलाई वार्ताका लागि आह्वान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले आज बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् । बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले आज सडक अवरुद्ध गरेका थिए । आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन् । आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्व...

मेलम्चीको इन्द्रेश्वरी मावि ४९औं वर्षमा

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिका स्थित रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सब एवम् २३ औं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बार्षिकोत्सव कार्यक्रमको उद्धघाटन गर्नुभएके थियो । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले मेलम्ची नगरपालिकालाई समृद्ध बनाउन र यहाँका नागरिकहरुलाई सुखि बनाउने नगरपालिकाको योजना रहेको बताउनुभयो । उहाँले सिभिल इन्जिनियरिङ ल्यावका लागि नगरपालिकाले २० लाख बजेट बिनियोजन गरेको उल्लेख गर्दै यसले यस भेगका विद्यार्थीहरुलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले शैक्षिक विकासका लागि नगरपालिकाले १३ वटै वडामा विभिन्न रचनात्मक काम गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले महिला शिक्षा, सचेतना लगायतका विषयमा विद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शैक्षिक संस्थाहरुमा सेनिटरप्...

सुनकोशी चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा माविलाई

खेलकुद, समाचार
सुनकोशी गाउँपालिकाको आयोजनामा भएको चौथो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद उपाधी सेतिदेवी शारदा माध्यमिक विद्यालयले उचालेको छ । दुई दिने रनिङ शील्ड प्रतियोगितामा सेतिदेवि शारदा माध्यमिक विद्यालयले १२ स्वर्ण ल्याई राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो । प्रतियोगितामा महेन्द्रदोय माध्यमिक विद्यालय ६ स्वर्ण सहित द्वितिय र बाघभैरव माध्यमिक विद्यालयले ४ स्वर्णसहित तृतीय भएको थियो । पालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका प्रतियोगीलाई पालिका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष कान्छि लामा, प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलाल, वडाध्यक्षलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा पालिका भित्रक...

फोहोरमुक्त हुँदै बनदेउ

ब्रेकिङ न्युज २, समाचार
डम्पिङ साइटजस्तो बनेको बन्देउलाई खुल्ला दिसा पिसाब र फोहोर मुक्त गर्ने अभियानको सुरुवात गरिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका .– ११ को वडा गाउँ सभाले गरेको २१ बँुदे कार्यक्रमबाट “बन्देउलाई खुल्ला दिसा पिसाब र फोहोर मुक्त गर्ने“ कार्य सुरुवात गर्ने निर्णय गरेको हो । सम्वृद्ध राष्ट्र निर्माणका लागि सरसफाई स्वास्थ्य र जीवनसँग जोडिएकोले सवै नागरीकको त्यसको व्यवस्थापनका लागि आफुले आवश्यक अध्ययन गरी काम सुरु गरेको वडाध्यक्ष रोशनराज गिरी बताउनुहुन्छ । वनदेउ मात्रै नभएर वडाका सवै क्षेत्रलाई फोहोर मुक्त बनाउने अभियान सञ्चालन गरिएको छ , हामी वडावासी विशिष्ट, शिक्षित र सचेतना नागरिक हौँ भन्ने परिचय दिन पनि फोहोरमुक्त वडा बनाउने अभियानमा सबैले हातेमालो गर्नुपर्ने वडाअध्यक्ष गिरी बताउनुहुन्छ ।...

भ्ुामेश्वरी माविको ४५औ वार्षिकोत्सव सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका – ५ सुनखानि स्थित भुमेश्वरी माध्यमिक विद्यालयले ६०औ बार्षिकोत्सव एवम २० औ अभिभावक सम्मेलन दिवस मनाएको छ । सुनकोशी गाउँपालिका अध्यक्ष ट्रपिन्द्र प्रसाद तिमिल्सिनाले कार्यक्रम उद्धघाटन गर्नुभएको थियो । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अझै राम्रो गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । यसैगरी गाउँपालिका उपाध्यक्ष कान्छि लामाले गाउँपालिकाबाट विद्यालयलाई आगामी दिनमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । त्यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल, वडा अध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जालबहादुर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अभिभावक, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक...

कुचोबाट मनग्य आम्दानी

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ । आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ । त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्य आम्दानी गरिरहेका छन् । अम्रिसो खेतीबाट किसानलाई दोहोरो आम्दानी हुने गरेको छ । घाँस वस्तुलाई र फूल घर आँगन सफा गर्न । उब्रिएको कुचो बेचेर आम्दानी भइरहेको छ । इलामका किसानको एक महत्त्वपूर्ण आम्दानीका रूपमा यसलाई समेत लिइएको छ । हाल कुचो रु एक सयदेखि एक सय २० सम्म प्रतिकिलो बिक्री भइरहेको छ । पूर्वी पहाडी जिल्लामा यसको व्यावसायिक खेती हुने गरेको छ । कुचोका लागि प्रयोग हुने अम्रिसोको फूलबाट मूल्य राम्रो पाइने भएपछि किसानको आम्दानीको मुख्य स्रोत भएको हो । बहुवर्षीय, बहुउपयोगी घाँस अम्रिसोको फूल नै कुचो हो । डाँठसहितको फूल घरआँगन बढार्न प्रयोग हुन्छ । यसको डाँठ दाउराका रूपमा प्रयोग हुन्छ । यसको पात गाईवस्तुलाई घाँसमा प्रयोग हुन्छ । बहुउपयोगी अम्रिसो यहाँका ...

तेक्वान्दो संघको भेला सुकुटेमा

खेलकुद, समाचार
कुमार बस्नेत (अधिराज) /सुकुटे नेपाल तेक्वान्दो संघको महत्वपूर्ण भेटघाट रिबर बे सुकुटेमा शनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि भएको भेटघाटमा नेपाल तेक्वान्दो संघको केन्द्रिय अध्यक्ष प्रकाश शमसेर राणा, उपाध्यक्ष भान बहादुर चन्द, दिल बहादुर ओलि नेपालमा तेक्वान्दो भित्राउने पहिलो ब्यक्ति तेक्वान्दोका जन्म दाता तथा संघका महासचिव दिपराज गुरूङ, बागमती प्रदेश अध्यक्ष केशव पुरी,महासचिव हरिहर ढुंगाना केन्द्रिय प्रबक्ता साम्राज्य बिक्रम ,केन्द्रिय सदस्य राम गिरि, कुमार घिसिङ काभ्रे अध्यक्ष केशव थापा ,भक्तपुर अध्यक्ष श्याम तजले,सिन्धुपाल्चोक जिल्ला अध्यक्ष प्रेमबहादुर भण्डारी,सिन्धुपाल्चोक जिल्ला तेक्वान्दोका पुर्व अध्यक्ष बुद्ध राज बस्नेत ,जिल्ला सचिब कुमार बस्नेत लगायतको उपस्थिती रहेको थियो । । उक्त भेलामा तेक्वान्दो बिकासका लागि महत्वपूर्ण छलफल भएको र चाडै नै सिन्धुपाल्चोकमा राष्ट्रिय तेक्वान्दो प्...

बाह्रबिसे राष्ट्रपति रनिङ शिल्डको उपाधि क्षेमादेवी माबिलाई

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  बाह्रबिसे नगर पालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बाह्र्बिसे नगरपालिका बाट क्षमादेबी माबी ले २८ मेडल जित्दै पहिलो हुन सफल भएको छ । नगर पालीकाको कबर्डहलमा संघीय सासंद माननीय मोहन बहानदुर बस्नेतले उद्घाटन गर्नु भएको खेलको बागमती प्रदेस माननीय मसिना खड्काले समापन गर्नु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै बागमति प्रदेस सभा सदस्य माननीय मसिना खड्काले खेल जगतले मानविय स्वास्थ्यको भुमिका खेल्ने भयकोले खेल कुद को विकासलाई पहिलो प्रथमिकतामा राख्न पर्ने जोड दिनु भयो । उहाँले खेतबारिमा काम गर्ने कृषक हरु कुनेै न कुनै तरिका बाट शारिरिक वायममा रहेका हुन्छन भने खेलकुदमा लागेकाहरुले पनि कुनै न कुनै तरिका बाट शारिरिक वायममा ,रहेका हुनछन भन्दै स्वास्थ्यको लागि खेलकुद अति आबशयक भएको बताउँनु भयो । पाचौ राष्ट्रपति रनिङ् खेलाडि छनोट गर्ने क्रममा छनोट भएका खेलाडि हरुलाई धन्यबादद...

इन्द्रावतीको सेतीदेवी मावि ४५औ वर्षमा

मनोरन्जन, समाचार
हिरा ठकुरी/ईन्द्रावती सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका – ११ बोडगाउँमा स्थित सेतीदेवी माध्यमिक विद्यालयले आफ्नो ४५औं बार्षिकोत्सव तथा अविभावक दिवस मनाएको छ । वडा नं. ११ का वडाध्यक्ष रामजी माझीले कार्यक्रम उद्धघाटन गर्नुभएको थियो । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष माझिले विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि वडा, पालिका र स्थानीय सरकारबाट आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार माझीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तोप प्रसाद नेपालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुति गर्नु भएको थियो । सोहि अवसरमा विद्यालयको उत्कृष्ट शिक्षिका अनिता सापकोटालाई सम्मान गर्नुका साथै विद्यार्थीहको विविध सांस्कृतिक कार्यक्रमले थप रौनकता थपेको थियो ।...