हिरा ठकुरी
सिन्धुपाल्चोक जिल्ला इन्द्रावति गाउँपालिका – १० बडहरे स्थित रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयले ४८आंै वार्षिकोत्सव, अभिभावक तथा भुपु विद्यार्थी पुर्नमिलन दिबस भब्य रूपमा मनाएको छ । बार्षिकोत्सव कार्यक्रमको उद्धघाटन प्रमुख अथिती बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालले गर्नु भएको थियो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुललाले विद्यालयको लागि प्रदेश तर्फबाट आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयको प्रधानाध्यापक शिवराम न्यौपानेले विद्यायलयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोहि अबसरमा पुर्व व्यवस्थापन समितिको अध्यक्ष सुदर्शन आचार्य, बरिष्ठ इन्जिनियर उद्धव नेपाल र विद्यालय भबन निमार्ण गर्ने ठेकदार विष्णु भाई श्रेष्ठलाई सम्मान गरिएको थियोे ।
बार्षिकोत्सवमा लोक दोहोरी कलाकार स्मृती गौतम, राजेश ढकाल, शारदा रसाइली र भिमसेन खतिवडाको विशेष सांस्कृतिक प्रस्तुतिले थप रौनकता थपेको थियो ।
