सम्पर्क

Month: २०७९ फाल्गुन १६ मंगलवार

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका पहिलो

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्ची नगरपालिकाले आर्थिक बर्ष ७८÷७९को प्रारम्भीक नतिजा तयार गरि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा पठाएकोमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले गरेको मुल्याङ्क अनुसार मेलम्ची नगरपालिकाले ८९.५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा प्रथम भएको हो । जसमा नगरपालिकाले योजना बजेट तथा कार्यक्रम ब्यबस्थापनमा ९२.८६, कार्यान्वय क्षमता तथा ब्यबस्थापन ९७.९३, लेखाङ्कन तथा प्रतिवेदनमा १०० प्रतिशत ,अनुगमन मुल्याङ्कन तथा लेखा परिक्षणमा ८१.२५ र राजस्व ब्यबस्थापनमा ८५.२९ गरि ५ विषयक्षेत्रहरु गरि ९२.५ अंक दावि गरेकोमा जिल्ला समन्वय समितिले मुल्याङ्कन गरि अन्तिम नतिजामा नगरपालिकाले ८९.५ प्रतिशत प्राप्त गर्दै प्रथम भएको हो । जिल्ला समन्वय समितिको मुल्याङ्कन अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले ६...

शहीद सप्ताहको सुरुमा कञ्चनको सम्झना

समाचार
निर्मल बस्नेत प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले शहीद सप्ताहको सुरुको दिनमा साहित्यकार एवं पत्रकार कञ्चन प्रियदर्शिलाई सम्झना गरेको छ । १० बर्षे शसस्त्र जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने शहीदहरुको सम्झनामा फागुन १४ देखी २१ गते सम्म सप्ताहव्यापी रुपमा शहीद दिवश मनाउने गरेको छ । जनयुद्धको पहिलो शहीद दिल बहादुर रम्तेललाई ११ बर्षको उमेरमा सेनाले नै हत्या गरेको थियो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष एवं सेन्टरको सल्लाहकार जीवन श्रेष्ठ र सल्लाह सुरेश कसजु लगायत प्रेस सेन्टर सिन्धुपाल्चोकको पत्रकारहरुले ईश्वरकृष्ण बुढाथोकी ञकञ्चनझ को तस्बिरमा पुष्पगुच्छा र मैनबत्ती वालेर श्रद्धाञ्जली व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले कञ्चनको रगत ब्रमायणीको नदीमा अझै बगिरहेको छ भन्दै उनको सपना पुरा गर्न आफु अझै सक्रिय भएर लाग्ने प्रण गर्नुभयोे । कञ्चनको...

विनोद नेपाल स्मृति फाउण्डेशनद्वारा बृद्वबृद्वालाई फलफुल बितरण

ब्रेकिङ न्युज २, समाचार
विनोद नेपाल स्मृति फाउण्डेशनले पशुपतीको समाज कल्याण केन्द्र बृद्वाश्रममा रहेका करिव १०० जना बृद्वबृद्वाहरूलाई फलफुल बितरण गरेको छ । विनोद नेपालको जन्मदिनको अवसर पारेर आईतबार एक कार्यक्रमका बिच उनको सम्झनामा स्थापित फाउण्डेशनले फलफुल वितरण गर्नुका साथै बृद्वबृद्वाहरूलाई खाना खुवाउनको लागी बृद्वाश्रम लाई दान स्वरूप २५ हजार समेत प्रदान गरेको फाउण्डेशनका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो । छोरा विनोदको जन्मदिनमा बर्सेनि यस्ता कार्यक्रम गर्दै आएको विनोदका वुवा तथा फाउण्डेशनका अध्यक्ष नेपालले जानकारी दिए । “आत्मा सन्तुष्टि होस भनेर यो कार्यक्रम गरिएको हो“, नेपालले भन्नुभयो “ पोहोर साल सांसद गगन कमार थापाले उद्घाटन गरेर सुरू भएको कार्यक्रम यो बर्षपनि निरन्तर गरिएको हो“ । फलफुल पाएपछि बृद्वाश्रमका बृद्वबृद्वाहरू खुसी भएका छन । आफन्तहरू समेत भेट्न नआउने गरेको दुखेको पोख्दै एक बृद्वा भगवत...

पर्यटकको आकर्षक गन्तब्य बन्दै ओखरेनी

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चेमा पर्ने ओखरेनी डाँडा पछिल्लो समय पर्यटकको आकर्षक गन्तब्य बन्दै गएको छ । समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको अद्भूत सौन्दर्य स्थल ओखरेनीलाई भूकम्पपछिको पुनर्निर्माणले बनेको बस्तीले थप सुन्दर तुल्याएपछी आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । बौद्धमार्गीहरुको बसोबास रहेको ओखरेनीका विभिन्न स्थानमा रहेका सेता आकर्षक गुम्बा, स्तूपाले यहाँको सुन्दरतालाई थप अब्बल बनाएको छ । बाटैभरी र टोलभरि टाँगिएका ध्वजापताका, वरिपरी राता जस्ताका एकैनास घरहरु अनि बस्तीको बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका साथै हरेक बिहान उठ्ने बित्तिकै हेर्न पाइने लाङटाङ हिमालले यो गाउँ कुनै कविले कल्पना गरेर लेखेको स्वर्गभन्दा कुनै कमी छैन । अझै, अहिले रातो बस्तीमा झनै रातो गुराँस फुलेर गाउँ रंगिएको छ । पुस, माघमा यहाँ बाक्लो हिउँ पर्ने भएकाले झन् य...

हाम्रो देश कृषि प्रधान देश हो, अब कृषिलाई अगाडि लैजानु पर्छ ः बस्नेत

अन्तर्वाता, राजनिती
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत जो सामाजिक ब्यक्तित्व हुनुहुन्छ । उँहाले हरेक क्षेत्रमा सामाजिक काम गरेर आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । हाल बाह्रबिसे नगरपालिकाका प्रमुख हुनुहुन्छ नगर प्रमुख बस्नेतसँग हामीले समसामुहिक बिषमा केन्द्रित रहेर कुराकानी गरेका थियौ प्रस्तुत छ उहासँग गरिएको कुराकानीको शारंस बाह्रबिसे नगरपालिका भित्र विकासका गतिविधिहरु के कसरी सञ्चालन भइरहेको छ ? बाह्रबिसे नगरपालिकाको बिकासका गतिबिधीहरुका बारेमा कुरा गर्नु पर्दा हामीले हरेक नागरिकको मन मनमा बसेर काम गर्ने योजनाहरु ल्याएका छौ । २०७९ चुनाबपछि मानिसको ठूलो धन नेै स्वास्थ अनि शिक्षा हो, मानिस स्वास्थ्य रहनका लागी खानेकुरा पनी स्वस्थ्य हुन पर्छ त्यसैले हामीले पहिलो प्रथमिकता भनेको कृषि,स्वास्थ्य, र शिक्षालाई जोड दिएका छौ । २. कृषि उत्पादनलाई प्रोत्साहन गर्न के कस्ता निती ल्याइए...

राष्ट्रपतिमा कांग्रेसका पौडेल र एमालेका नेम्वाङको उम्मेदवारी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट सुवास नेम्वाङले उम्मेदवारी दिनुभएको छ । पौडेलको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको थियो । उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान हुनुहुन्छ । यस्तै पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ...

नेपाल विद्यार्थी संघको टेवलटेनिस प्रतियोगिता चौतारामा

खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नेपाल विद्यार्थी संघ चौतारा बहुमुखी क्याम्पस इकाईको आयोजनामा नगर स्तरीय खुला प्रथम टेवलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा प्रथम दितिय तृतीयले क्रमश नगद पाँच हजार,तिनहजार,प्रन्धसय सहित प्रमाणपत्र प्राप्त गरेका छन । विजेताहरुलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एंव ने.वि.संघ पुर्व जिल्ला अध्यक्ष विल बहादुर तामाङले प्रमाणप्रत्र सहित नगद हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा मिलन लामा प्रथम,आमोद शाही द्धितीय सविन सिलवाल तृतीय हुानु भएको थियो । कार्यक्रमको सभापति क्याम्पस इकाई सभापति गिरिराज कटुवालले गर्नुभएको थियोे । प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।प्रमाण पत्र बितरण गर्दै तामागंले खेल जगतले बिद्यार्थीको स्वास्थ्य र ज्ञानमा प्रगती हुने बताउँनु भयो । यस्ता खेलहरु समय समयमा भैरहन पर्ने र बिद्यार्थीहरुको शिक्ष...

दुई फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
विभिन्न अपराधमा अदालतबाट कैद सजाय पाएर फरार भएका दुई अपराधी पक्राउ परेका छन् । सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिका – १ बस्ने ४३ वर्षिय निमा लामालाई ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल स्थितबाट पक्राउ गरेको सूचना अधिकारी जिल्ला प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार लामालाई काठमाडांै अदालतको २०७६ कार्तिक ६ गतेको फैसलाले भ्रष्टाचार तथा अन्य मुद्दामा कैद १३ दिन सजाँय सुनाएको थियो । उनलाई सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी बाह्रविसे नगरपालिका – ६ बस्ने ४५ वर्षिय बम बहादुर पाख्रीनलाई ईलाका प्रहरी कार्यलय वाह्रविसेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पाख्रीन वैदेशिक रोजगार ठगि मुद्धामा ...

खडेरीले हिउँदे बालीको उत्पादन घट्यो

ब्रेकिङ न्युज १, समाचार
लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बालीनाली प्रभावित बनेका छन् । झन्डै पाँच महिनासम्म वर्षा नहुँदा कृषकहरुले लगाएको आलु, गहुँ, जौ, तोरी लगायतका हिउँदे खेतीको उत्पादन ह्वात्तै घटेको पाइएको छ । पर्वतमा यतिबेला खेतमा मकैबाली लगाउने बेला भएको छ । तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्नसमेत नपाएको कृषकहरुले गुनासो गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका कृषकहरुसमेत खडेरीका कारण नष्ट भएको गुनासो गरेका छन् । धेरै वर्षपछि यति लामो खडेरी परेको पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताउनुभयो । खेतमा मकै लगाउने बेला भइसके पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उहाँले बताउनुभयो । गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन । जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पु¥याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउ...

कालीदेवी माविले मनायो ६० औं वार्षिकोत्सव

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको जुगल गाउँपालिका –४ स्थित पाङ्ताङमा रहेको कालीदेवी माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव, अभिभावक भेला तथा भुपु बिद्यार्थी पुनर्मिलन समारोह भव्यताका साथ  मनाएको छ । विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा जुगल गाउँपालिकाको अध्यक्ष रेशम स्याङ्बोले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष स्याङ्बोले सामुदायिक विद्यालयहरुले पछिल्लो समय गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै विद्यालयहरुले विद्यार्थीको संख्यात्मकभन्दा गुणस्तरीय र व्यावहारिक शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयोे । बालबालिकालाई गुणस्तरीय शिक्षासँगै व्यावहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उहाँले शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिनुभयो । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ट शि...