सम्पर्क

हाम्रो देश कृषि प्रधान देश हो, अब कृषिलाई अगाडि लैजानु पर्छ ः बस्नेत

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत जो सामाजिक ब्यक्तित्व हुनुहुन्छ । उँहाले हरेक क्षेत्रमा सामाजिक काम गरेर आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । हाल बाह्रबिसे नगरपालिकाका प्रमुख हुनुहुन्छ नगर प्रमुख बस्नेतसँग हामीले समसामुहिक बिषमा केन्द्रित रहेर कुराकानी गरेका थियौ प्रस्तुत छ उहासँग गरिएको कुराकानीको शारंस
बाह्रबिसे नगरपालिका भित्र विकासका गतिविधिहरु के कसरी सञ्चालन भइरहेको छ ?
बाह्रबिसे नगरपालिकाको बिकासका गतिबिधीहरुका बारेमा कुरा गर्नु पर्दा हामीले हरेक नागरिकको मन मनमा बसेर काम गर्ने योजनाहरु ल्याएका छौ । २०७९ चुनाबपछि मानिसको ठूलो धन नेै स्वास्थ अनि शिक्षा हो, मानिस स्वास्थ्य रहनका लागी खानेकुरा पनी स्वस्थ्य हुन पर्छ त्यसैले हामीले पहिलो प्रथमिकता भनेको कृषि,स्वास्थ्य, र शिक्षालाई जोड दिएका छौ ।
२. कृषि उत्पादनलाई प्रोत्साहन गर्न के कस्ता निती ल्याइएको छ त ?
सबैभन्दा पहिले त हामीले उत्पादनमुखी जग्गालाई बाँझो राख्न नदिनका लागी कृषिऔजारहरु ट्याक्टर,खरिद गर्नेलाई ट्याक्टर खरिद अनुदानको ब्यवस्था गरेका छौ । गोरु पाल्नेलाई बिमा सहितको प्रोत्साहन अनुदानको ब्यवस्था गरेका छौ । स्थानीय स्तरमा नै उत्पादन भएका सामाग्री स्थानीय स्थरमा नै खपत गर्ने योजनालाई कार्यन्वयन गर्न शुरु गरेका छौ । कृषिमा उत्पादन भएका सामाग्रीलाई बजारीकरण गर्नका लागी यातायातको व्यवस्था गरिएको छ । बिद्यालयमा खुवाइने दिवा खाजाको लागी स्थानीय स्तरमा नै उत्पादन भएका सामाग्रीहरुजस्तै, आलु, मकै, पिडालु केरा, कोदोको रोटी जाउलो लगायतको खाजा खुवाउँने व्यवस्था गरेका छौ । जसका कारण आफ्नै बालबालीकाले खानेकुराको लागी नजीकको आफ्नै बिद्यालयमा कृषी उत्पादीत सामाग्रीहरु खपत पनी हुने नगदमा बिक्री पनी हुँने हँुदा अभिभावकहरुले पनी यस तर्फ चासो दिएकाले बिउ बिजनहरुमा अनुदान सहयोग गरेका छौ ।
३. कृषि उत्पादनमा यहाँको अबशर र व्यवस्थापन कस्तो छ त ?
खाशगरि भन्नु पर्दा यहाँको उत्पादनमा धेरै अवसरहरु पुग्ने गरी काम गरिरहेका छौ । भारतबाट ल्याएका तरकारी अन्नहरु बन्द गरि नेपालमै उत्पादन गर्ने अर्गानिक खाद्यन्नको लागी कोल्ड स्टोर निर्माण गर्ने । यस नगरपालिका ग्रामीण भएकाले आलु पकेट क्षेत्र बनाउने योजना छ । विषादी हालेको तरकारी नखाने नल्याउने किसानलाई रासायिनिक मल सरल सुलभ दिने उपलब्ध गराउने अहिल्य जताततै ट्याक्टर छ । यसको माग पनि बढि रहेको छ अनी पशुपालनको लागी पनी नागरिकहरु लागी परेका छन् । यी सबै व्यवस्थापनका लागी प्रोत्साहन अनुदान बजारिकणर सहजका लागी काम गरिरहेका छौ ।
४. आधुनिक औजारले बजार लिई रहदा हल गोरुलाई दिएको अनुदान सदुपयोग होला त ?
यो अनुदान सहयोग आवश्यकता भएरै दिएको हो । किनभने बाँझो जोत्नसम्म ट्याकटरको प्रयोग राम्रै हो तर रोपाइका समयमा रोपार, बाउसे, लगायत धेरै मानिसहरु परिचालित भएका हुन्छन । रोपाइको बेलाको समय अती महत्व हुन्छ । सो समयमा टेक्टर बिग्रीएर जाने हुदा फेरी बनाउन समय लाग्ने हुदा रोपाइमा परिचालिन ब्यक्तीहरुको काम पनी नहुँने रोपाइ पनी नहुने भएको कारणले पनी गोरुको महत्व भएको हो । जती गोरुका कारणले हिलो आउँछ त्यती नै ट्याक्टरबाट नआउँने भएकाले पनी खेती उत्पादनमा टेक्टर लगाउँदा उत्पादन कमी हुन थालेको किसानको गुनासोलाई पनी सम्बोधन हुने भएकाले यो खनुदानको ब्यवस्था गरेको हो । गोरुलेनै जोतेर खेत रोपाई उद्देश्यले सहयोग गरेको हो , हामीले सदुपयोग होस् भनेर बिमाको योजना ल्याएका हौ ।
गोरुको र गोरु चराउँने स्याहारसुसार गर्नेको लागी जिवन किमा समेत गरिएको छ । स्याहरेकालाइ २,००,००० दुइलाख र गोरुलाइ ४६००० छयालिस हजारको बिमा गरिएको छ । हलगोरु पाल्ने गोरु कृषकलाई रु दस हजार दरले ८३७ जनालाई अनुदान सहयोग गरीएको छ । अनुदानको सदुपयोग नगर्नेलाइ नगरको कुनै पनी सबिद्या उपलब्ध नहुने हँुदा पनी यसको सबैले सदुपयोग गरेको हुन्छ ।
५. नगरपालिकाले शिक्षा तर्फ के कस्ता योजनाहरु अगाडी ल्याएको छ ?
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा कक्षा १२ सम्म निःशुल्क पढाउने ब्यवस्था गरेको छ । राज्यले कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरेको छ भने बाह्रबिसे नगरपालिकामा कक्षा ८ सम्म दिएको छ , कक्षा १२ सम्म निःशुल्क शिक्षा र कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरेका छौँ । गाँउ घर गाउँमा उत्पादन भएको ताजा पोषण युक्त खाजा खुवाउँने व्यवस्था गरेका छौ । कृषकहरुलाई पनि आम्दानी हुने विद्याथीहरुलाइै पनि पोषण, स्वास्थ बर्दक शारिरीक र मानसिक विकासको लागि राम्रो हून्छ । यस पालिकामा उनान्चास विद्यालयहरु छन् यस नगर भित्र १ करोड ५० लाख दिवा खाजालाई खर्च हुन्छ त्यो खर्च स्थानीय स्तरमा नै खपत गर्ने योजना छ । मैले नगर पालिकाबाट पाउँने पारिश्रमीक बाट असाय, अपाङ्गता भएकाहरुलाई सहयोग गर्दे आएको छु । यस नगरका नागरिकले डाक्टर इन्जीनीयर पढ्ना चाहेमा छात्रबृत्तीको व्यवस्था गरी दक्ष भएपछी गाँउमा नै रोजगार दिने योजना राखेको छौ । नगरका कोहीपनी नागरिकलाई शिक्षाबाट बञ्चीत हुन नदीन हामी लागी परेका छौ ।
६. बिकासका क्षेत्रमा के कस्ता कार्यक्रमहरु ल्याउँनु भएको छ ।
देश लोकतान्त्रिक अवस्थामा छ सिंहदरबार घर घरमा आएको छ । बाह्रबिसे नगरपालिकामा रेड जोनमा परेका १०४ घर बस्तिहरु स्तानान्तर गर्ने र लाभग्राहिमा नाम निस्केका घर धनीहरुलाई पुर्जा पनि वितरण गरिएको छ । हाल १४ घर धुरिलाई लालपुर्जा दिई सकिएको छ । बाह्रबिसे नगरपालिकाको क्षेत्रबाट कालिञ्चोक जाने बाटो निर्माण गर्ने क्रममा छ लादुकबाट निमार्ण सुरु भैसकेको छ । हामी स्थानीय तह ७५३ बाटै देशलाई समृद्धि तर्फ लानु जरुरी छ । देश संकटमा छ । बैङकहरुको अवस्था नाजुक छ बैङक बैङ एक आपसमा गाभिएका छ । हामी सङ्ग आर्थिक कम छ, यसका लागी स्थानीय तह आफै बिकासका कार्यक्रममा सक्रीयता रहनु पर्छ हामीले , हरेक नागरकको बस्तीमा बाटो हरेक नागरिकलाई स्वास्थ्य, हरेक नागरिकलाइ रोजगारको ब्यवस्था गरिदिने योजनामा छौ ।
७ अन्तमा केही भन्न छ की ?
म खाश गरी काम गरेर देखाउँने पक्षमा छु मेरा राजनिती शिक्षा गुरु आदरणी मोहन बहादुर बस्नेतले पहिले जनता बचाउँने , जनताको समस्या समधानमा लाग्ने अनी मात्र राजनिती गर्नु पर्छ भन्नु भएको छ । म त्यही बिचारलाई अगांलेर हिडीरहेको छु । सबैभन्दा पहिले नागरिकको सुबिधाका लागी काम गर्नु पर्छ भनेर मैले नगरपालिकामा नगरबासीले चाहेको सुबिधाका दिनका लागी लागी पररिहेको छु । यसका लागी कर्मचारीहरुको मनोबल उच्च राख्नु पर्छ राजनिती सफल असफल पार्ने हात कर्मचारीमा पनी छ त्यसैले केन्द्रिय सरकारसंग के आग्रह गर्नू भो भनि कर्मचारीहरुलाई आवश्यक मात्रमा सेवा सुविधा दिउ हामि जागिर खान आएका हैनैँ जनताको सेवा मर्म बुझेर साथ दिन आएका हाँै ,जनप्रतिनीधीलाइ धेरै सुबिधा दिनु भन्दा जनतालाई सुबिधा दिनु उपयुक्त ठानेको छु । म पनी सुबिधा लिन्न अरु साथीहरुले पनी नलीदा राम्रो हुन्छ भन्दै मेरो बिचार राख्न दिनु भएकोमा लोकप्रिय समाचार दैनिकलाई बिशेष धन्यबाद दिन चाहान्छु ।