अन्जान सम्बन्ध, गहिरो प्रेम
सन्तोष कार्की (मौसुफ)
गाउँबाट आमाको फोन आयो, हेल्लो छोरा ।
’हजुर.. आमा भन्नुहोस् न’
एउटा धेरै राम्रो केटीको कुरा आको छ । राम्रो मध्यमवर्गीय परिवार छ बुबाले बैंकमा काम गर्नुहुन्थ्यो । दुई दिदिबहिनी र एक भाइ छ्न । उनको नाम “दुर्गा“ हो ।
तिम्रो फोन नम्बर उनलाई दिएकी छु । तिमिलाई पनि उनको नम्बर पठाइदिन्छु ।
’छोरा, बुबा बिनाकी छोरी हो । एकपटक अवस्य भेट्नु सायद कसैको कल्याण होस’
’हुन्छ आमा’ भनेर मैले फोन राख्दिए ।
’दुर्गा, थाहा छैन किन यश दुई अक्षर को नाम सुनेर भित्रैबाट सान्ती मिल्यो ।
यसको केही दिनपछि उतैबाट निमन्त्रणाको फोन आयो। आउने सनिवार बिदाको समय मिलाएर उनको घरमा गएको थिए ।
त्यहाँ बुबाको अचानक स्वर्गवास पछि बुबाको पेन्सनले जसोतसो घर धानी रहेकी उनको आमा र उनको दुई साना भाइ बहिनीलाई भेट्दा राम्रो लाग्यो ।
गोरि गोरि पातली राम्री देखिने दुर्गा एमड्डएसड्डसीको परिक्षा साथसाथै बैंक–...
