सम्पर्क

चैसागढी १४मा अगुवा कृषक सँग अन्तरक्रिया

सिन्धु पाल्चोक जिल्ला चौतारासाँगाचोकढी नगरपालिका वडा नं १४ले शनीबार वडा भित्र अगुवा कृषकहरु बिच अन्तरक्रिया गरेको छ । वडा अध्यक्ष उद्धब नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यलय सचिब जिबन भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा सहभागी अगुवा कृषकहरुले नगरपालिकाले दिने अनुदान वास्तविक कृषकको हातमा लानको लागी उत्पादनका आधारमा व्यवस्थापन गर्न एकरुपता कायम गर्न पर्ने बताएका थिए । daduwa  वडा सदस्यहरु तथा वडाका कृषी फर्महरुका प्रतिनिधीहरु समेत को उपस्थितीमा भएको छलफल ले तत्काल उत्पादन भएका तरकारीको बिबरण सकंलन गर्ने भएको छ । खाश गरी कृषि कार्यक्रम कसरी अगाडि बढाउने र १४ न वडालाई कसरी कृषि पकेट क्षेत्र बनाउने भन्ने बिषयमा छलफल केन्द्रीत भएको थियो ।कार्यक्रममा उत्पादनमुलक काममा अगाडि बढाउनकालागि स्थानीय सरकारको नीति तथा कार्यक्रम लाई अगाडि बढाउँनका लागि कसरी जाने भन्ने बिषयमा केन्द्रित छलफलमा कृषकको हकहितका लागि बास्तिवक कृषकको लागि कसरी सहयोग गर्ने भन्ने बिषयमा छलफल भयो ।कार्यक्रममा वडाअध्यक्ष नेपाललेचौतारासाँगाचोकगढी नगरपालिका ले कृषिका विभिन्न कार्यक्रम मा अनुदानको ब्यवस्था गरेको र त्यसलाई पनि वास्तविकता मा रहेर वास्तिवक कृषकलाई अनुदान दिने ब्यवस्था भएको बताउँनु भयो ।१४ नं वडामा २०७९ साउन देखि नयाँ सुत्केरि गाई भैसीलाई प्रोत्साहनको ब्यवस्था गरेको हुँदाप्रति सुत्केरि गाई भैसिलाई २५०० दिने व्यवस्था गरेको जानकारी दिनु भयो ।उँहाले बाँझो जग्गालाईसलुपयोग गर्ने तर्फ ध्यान दिनु पर्ने आबश्यक रहेको समेत बताउनु भयो ।