सम्पर्क

बिभिन्न कार्यक्रम गरी मनाइयो ६७ औ प्रहरी दिवस

सोमबार नेपालमा देसैभर ६७ औं प्रहरी दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । यसरी दिबस मनाउँने सिलसिलामा सिन्धुपाल्चोकमा पनी प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालको प्रमुख अतिथ्यतामा दिबस मनाइएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्राङ्गणमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बेदनिधि खनालको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यलयको कार्यालय प्रमुख प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव सभापतीत्वमा दिबस मनाइएको हो । अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गर्नु हुँदै प्रमुख अतिथी खनालले आफ्नो कर्तब्य पालना गर्ने सिलसिलामा बिभिन्न मितीमा ज्यानगुमाएकाहरुको अत्मा शान्तीको कामना गर्नु भयो । कार्यक्रममा टेबुल टेनिस, प्रतियोगितामा प्रथम र द्धितिय हुने प्रहरी कर्मचारीहरूलाई प्रमाण(पत्र वितरण र यस कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत रहेका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक शिव कुमार बुढाथोकी ले उपस्थितलाइ स्वागत गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट ६७ औं प्रहरी दिवस२०७९ को अवसरमा दिनुभएको सन्देश बाचन गर्नु भएको थियो । कार्यक्रममा गोरख बक्स गण सिन्धुपाल्चोकका सह सेनानी राजन कुमार गिरी, सशस्त्र प्रहरी बलका स.प्र.ना.उ. दिपक गुरुङ, चौतारा साँगाचोकगढी न.पा.वडा नं.५ का वडाध्यक्ष शिब श्रेष्ठ, पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्र.ना.नि.लोक बहादुर पुरी, बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरू, लगाएतको उपस्थस्तीमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय प्रमुख यादब द्धारा प्रमुख अतिथी खनाललाइ टोकन अफ लव प्रदान गर्नु भएको थियो । यसै गरी बागमाती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनालको विशिष्ट आतिथ्यतामा बागमती प्रदेश प्रहरी कार्यालय मा पनी प्रहरी दिबस मनाइएको समाचार प्राप्त भएको छ । बागमती प्रदेस प्रहरी कार्यलयका सुचना अधिकारी , प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक दिपक रेगमीका अनुसार अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण तथा शहिद प्रति मौन धारण गरी कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने ८ जना अमर प्रहरी परिवारलाई दोसल्ला ओडाई सम्मान गरिनुका साथै प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्ने महानुभावहरु तथा बागमती प्रदेशकै सबैभन्दा ज्येष्ठ पूर्व प्रहरीलाई समेत सम्मान गर्देै कार्यक्रम सम्पन्न भउको थियो । यसैगरी नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन ९एयष्अिभ द्यबतयल० २०७९ मा उत्कृष्ट हुन सफल बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापालाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको प्रशंसापत्र तथा बागमती प्रदेश अन्तर्गत सर्वोत्कृष्ट प्रदेश प्रहरी हुन सफल प्रहरी नायव उपरीक्षक मधु कुमार थापालाई प्रमुख अतिथि माननीय मुख्यमन्त्रीबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।   
कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथी माननीय मूख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले वर्तमानलाई समृद्ध र भविष्यलाई सुदृढ बनाउन विगतको दिनमा सिकेका पाठ र अगाडि आउनसक्ने चुनौतीलाई आत्मतसात गर्दै प्रहरी संगठन अगाडि बढ्नुपर्ने बताउनुभयो । बिभिन्न प्राकृतिक तथा अन्य प्रकोपको समयमा होस् वा देशको राजनैतिक परिवर्तनको समयमा होस् प्रहरीले सधैँ अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । प्रहरीलाई कतिपय अवस्थामा अझै स्रोत र साधनको कमी रहेकाले त्यसको परिपूर्तिका लागि प्रदेश सरकार सँधै सकारात्मक रहेको समेत कार्यक्रमका प्रमुख अतिथी पाण्डेको भनाई रहेको छ ।
यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै कार्यक्रमका विशिष्ट अतिथी आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद शर्मा खनालले जनताको भरोसायोग्य संस्था तथा सरकारको प्रमुख प्रतिनिधीको रुपमा प्रहरीले कार्य गर्दै आएको बताउनुभयो । संघियता लागु भएसँगै प्रहरीको संरचनामा पनि फेरवदल भएकाले समयक्रमसँगै प्रहरी संगठनले पनि आफूलाई सिर्जनात्मक ढंगबाट आफूलाई बदल्दै लैजानुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले वार्षिक रुपमा मनाईने प्रहरी दिवसले पूर्व प्रहरी कर्मचारीसँगको सम्बन्धलाई सुमधुर बनाउनुका साथै बहालवाला प्रहरी कर्मचारीहरूबीच आपसी भाईचाराको विकास गर्न मद्दत गर्ने बातउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला, आन्तरिक मामिला तथा कानुन सचिव, प्रदेश सुरक्षा समिति तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, अमर प्रहरी परिवार, पुर्व प्रहरी कर्मचारी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।६७ औं प्रहरी दिवस २०७९ को सु(अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता, भलिबल प्रतियोगिता, फुटबल प्रतियोगिता र क्रिकेट प्रतियोगिता प्रतियोगिताका बिजयी खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रसहित सम्मान गर्नुका साथै आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको छ ।कार्यक्रममा बागमती प्रदेश अन्तर्गत कार्यरत उत्कृष्ट कार्य गर्ने प्रहरी वरिष्ठ उपरीक्षक १ जना, प्रहरी उपरीक्षक ३ जना, प्रहरी नायव उपरीक्षक १ जना, प्रहरी निरीक्षक ६ जना, प्रहरी वरिष्ठ नायव निरीक्षक ४ जना, प्रहरी नायव निरीक्षक १। जना, प्रहरी सहायक निरीक्षक ५ जना, प्रहरी सहायक हवल्दार २ जना, प्रहरी जवान १जना र प्रहरी कार्यालय सहयोगी २ जना गरी जम्मा २६ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।प्र.व.उ.मोहन प्रसादपोखरेल, प्र.उ.नवराजअधिकारी, प्र.उ.बामदेव गौतम, प्र.उ.चक्रराज जोशी,प्र.ना.उ.राज कुमार थिङ,प्र.नि.दिपक सुवेदी,प्र.नि.सुवास भट्ट,प्र.नि.चुडा कुमारी खड्का,प्र.नि.नारायण थापा,प्र.नि.बिजय भण्डारी,प्र.नि.दिनेश प्रसाद खरेल,प्र.व.ना.नि.बिष्णुगोपालश्रेष्ठ,प्र.व.ना.नि.चन्द्रकुमार (फाँजु)श्रेष्ठ,प्र.व.ना.नि.सुर्यकुमारकार्की,प.्रव.ना.नि.राजनश्रेष्ठ,प्र.ना.नि.दिनेशपराजुली,प्र.स.नि. महेन्द्रमगर,प्र.स.नि. दिलिपकुमारयादव,प्र.स.नि.विश्वअधिकारी,प्र.स.नि.कृष्णबहादुरकोईराला,प्र.स.नि.दिपकप्रसादलम्साल,प्र.स.ह.अर्जुनलामा,प्र.स.ह.कल्पनासुबेदी,प्र.ज. अभयबानिया,प्र.का.स. सुरेन्द्रचौधरी,प्र.का.स.यमबहादुरघले लाइ पुरस्कृत गरिएको थियो ।