सम्पर्क

अन्जान सम्बन्ध, गहिरो प्रेम

सन्तोष कार्की (मौसुफ)

गाउँबाट आमाको फोन आयो, हेल्लो छोरा ।
’हजुर.. आमा भन्नुहोस् न’
एउटा धेरै राम्रो केटीको कुरा आको छ । राम्रो मध्यमवर्गीय परिवार छ बुबाले बैंकमा काम गर्नुहुन्थ्यो । दुई दिदिबहिनी र एक भाइ छ्न । उनको नाम “दुर्गा“ हो ।
तिम्रो फोन नम्बर उनलाई दिएकी छु । तिमिलाई पनि उनको नम्बर पठाइदिन्छु ।
’छोरा, बुबा बिनाकी छोरी हो । एकपटक अवस्य भेट्नु सायद कसैको कल्याण होस’
’हुन्छ आमा’ भनेर मैले फोन राख्दिए ।
’दुर्गा, थाहा छैन किन यश दुई अक्षर को नाम सुनेर भित्रैबाट सान्ती मिल्यो ।
यसको केही दिनपछि उतैबाट निमन्त्रणाको फोन आयो। आउने सनिवार बिदाको समय मिलाएर उनको घरमा गएको थिए ।
त्यहाँ बुबाको अचानक स्वर्गवास पछि बुबाको पेन्सनले जसोतसो घर धानी रहेकी उनको आमा र उनको दुई साना भाइ बहिनीलाई भेट्दा राम्रो लाग्यो ।
गोरि गोरि पातली राम्री देखिने दुर्गा एमड्डएसड्डसीको परिक्षा साथसाथै बैंक–को तयारी पनि गर्दै थिइन , उनलाई भेटेपछि आफ्नो जस्तै लाग्यो । कुरै कुरामा उनको बुबाको कुरा निस्किदा उनको ठुला ठुला आँखामा टिलपिल आँसु भयो । खैर सबैसँग भेटघाट गरेपछि राम्रो लाग्यो । दुर्गाको नम्बर त पहिला नै मोबाइलमा सेभ थियो । कहिलेकाही नययम mयचलष्लन सुभप्रभात म्यासेजको आदन प्रदान भइरहन्थ्यो बस यतिनै । दुई चार महिना बितिसकेको थियो । मैले आमालाई भनेको थिए,। दुई तर्फको कुराकानी पछि दुर्गाको परिक्षा सकियोस् भन्ने पर्खाइमा थियौं । अचानक एक दिन दिउँसो अफिसमा फोन आयो नम्बर देखेर म चकित भए । फोनमा कुरा हुने त्यस्तो केही घनिष्ठता पनि बढेको थिएन तर पनि फोन उठाएँ । गला भरिएको आवाजमा ’हेल्लो, प्लिज हेल्प मी, आमालाई अचानक हार्टअटैक भयो’ मैले आमालाई ’कोशी हस्पिटलमा’ लिएर आएकी छु’ । तिमी त्यही बस्दै गर म आइहाले भनेर म अफिसबाट मोटरसाइकल स्टार्ट गरेर हस्पिटल पुगे । त्यहाँ पुग्दा त्यहाँ बसेका तीन जोडी आँखा मलाई देखेर हडबडाउन थाले । दुःखको अनेकौ रेखाहरु दुर्गाको अनुहारमा स्पष्ट मैले देखिरकेको थिएँ । मैले सोधेः आमा, कहाँ हुनुहुन्छ ? “उहाँलाई आई. सी. यु मा लगेको छ । तुरुन्तै अप्रेसन गर्नुपर्छ भनेर भनिरहेका छन् जसमा ’दुई लाख’ लाग्छ रे अहिले भन्ने बित्तिकै मैले कहाँबाट ल्याउनु“ भन्दै दुर्गाको आवाज थरथर काप्न थाल्यो..
’ओह चिन्ता नगर म केही गर्छु’
भनेर सबैभन्दा अगाडि आमालाई भ्वाइस म्यासेज पठाएँ ।
जवाफमा आमाले फोन नै गर्नुभयो ।
दुर्गाको नजिक बाट थोरै टाढा गएर आमाको फोन रिसिभ गरे, ’हेल्लो आमा भन्नु त आमाले मलाई स्पष्ट रुपमा हुँदैन भनेर भन्नुभयो । ’यि सबै झंझ्टमा मलाई पर्नु छैन, सन्तोष तिमी तुरुन्तै त्यहाँबाट निस्किएर घर आइहाल, एक त केटीको बुबा छैनन् । अब आमा पनि बिरामी हुन थालिन । तिमिले कति बोझ उठाउछौ बाबु, अझै पनि केही बिग्रीएको छैन । हामीलाई यस्तो सम्बन्ध गास्नु छैन ।
’के साच्चै त्यसै गरौ त ?
मैले दुर्गा सहित उनको तिनै भाई बहिनीलाई उनीहरु बसेको ठाउँमा हेरें ।
तिनै जनाको नजर म तिर याचनाको अनगिन्ती भाव देखिरहेको थिए,
’ठिक छ आमा म हेर्छु’ भनेर मैले फोन राख्दिएँ ।
मैले फेरि एकपटक उनीहरु सबैलाई हेर्छु, दुर्गाले घाँटी हल्लाएर इसारा गरिरहेकी थिइन् ।
आइ. सि. यु को ढोका नजिक जहाँ उनी उभिएकी थिइन म त्यहाँ गए ।
धेरै रुएर दुर्गाको आँखा रातो भएको थियो । उनको सानो भाइको हडबडाएको आँखामा मैले आफ्नो नै अंस देखेको थिए । म फर्किएर डेक्स बेन्चमा राखिएको परमिशन फार्ममा साइन गर्नको लागि हेर्छु । दुर्गा मेरो नजिक आउँछिन। आमाको नाम, पूरा ठेगाना र जागीरको विवरण लेख्न थाल्छिन । दस्दख्द गर्ने गार्जियनको नाता सम्बन्धको ठाउँमा अझै पनि खाली थियो ।
’मैले सोची रहेको थिए । ’के गरुँ एकातिर आमाको निर्देशन अर्कोतिर एउटा ’’अन्जान सम्बन्ध’’ जुन यस समय महसुस गरिरहेको छु’ । त्यसैबेला वार्डबाट निस्किएर स्टाफ आए र भन्न थाले छिटो गर्नुहोस् ब्लड प्रेसर बढ्दै गएको कारण ब्रेन स्ट्रोकको खतरा हुनसक्छ तपाइँहरूको आमालाई । मैले दुर्गालाई सान्त्वनाको नजरले हेरे र नतिजाको कुनै प्रवाह नगरी त्यस खाली ठाउँमा लेखिदिए “छोरीको श्रीमान, ज्वाइ“ र त्यसपछि त्यहाँ हस्ताक्षर गरिदिए । दुर्गाको आँखाबाट एक थोपा आँसु तप्प खस्यो मेरो हातमा ।