शैक्षिक ब्यवस्थापन तथा ग्रेड शिक्षकहरुलाई शैक्षिक सुधारको लागि बिभिन्न कार्यक्रम गरिरहेको सस्था फस्ट स्टेपस नेपालको ११औ साधारण सभा सम्पन्न भएको छ । चौतारा साङ्गाचोकगढी नगरपालिका वडा न ९ को अध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको साधरण सभाले नँया कार्यसमिती पदाधिकारी निर्वाचित गरेकोछ ।
दुर्गाप्रसाद आरणको अध्यक्षतामा ९ सदस्यीय कार्य समितीको निर्वाचन भएको सचिब इशा तामागं ले जानकारी दिनु भयो । उँहाका अनुसार उपाध्यक्ष मा ज्ञानबहादुर तामाङ सचिब मा इशा तामाङ ,कोषाध्यक्ष मा दिपकप्रसाद अर्याल,सहसचीवमा मनिका तामाङ ,सहकोषाध्यक्षमा जनकराज गिरी,सदस्यहरुमा खेलराज गिरी,यमराज बि.क.,प्रमिला तामाङ रहनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष बिमल श्रेष्ठले शिक्षा क्षेत्रमा काम गरिरहेको सस्ंथा फस्ट स्टेपस नेपालले गरेका कामहरुको प्रशंसा गर्दै शिक्षा क्षेत्रको बिकासका लागी गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनी सहयोगको आशा राख्नु भयो । सस्थाका अध्यक्ष दुर्गाप्रसाद आरणको सभापतीत्वमा चौसागढी ११मा कार्यक्रम भएको हो । सस्थाले शैक्षिक ब्यवस्थापन तथा ग्रेड शिक्षकहरुलाई शैक्षिक सुधारको लागि तालिम समेत दिदै आएको छ ।
