सागाँचोकको हर्रेमा चोर मान्छे काटेर फरार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १० मा पर्ने साँगाचोकको हर्रेमा गए राती ज्यान मार्ने उद्धेश्यले आमा छोरालाइ अपरिचीत ब्यक्तीले काटेको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार आइतबार राती करिब ११ः३० बजे तिर सबै सुतेको अबस्थामा चौतारा साँगाचोकगढी नगरपालिका १० हर्रे तल्लो अरनिको राजमार्गको सिमलको रुख माथीको घरमा एक्कासी चोर पसी धनमाल लुटपाट गरी ज्यान मार्ने उद्धेश्यका साथ सुतिरहेका आमा छोरालाइ काटेको स्थानीय बिबेक तामागले जानकारी दिनु भयो ।स्थानीय समाज सेबी रहरबहानदुर तामागंले राती अन्दाजी ११ः४५बजे तिर आबज आएर कराएको सुने पछी उक्त घरमा गाँउँका मानीसहरु सहीत जाँदा चोर भागी सकेको घरमा सुतिरहेको बर्ष २७को करुणा तामागं घाइते अबस्थामा देखे पछी त्तकाल सोधपुछ गर्दा आफु सुतिरहेको र सुत्को अबस्थामा गलामा थिच्न आउँदा भुत आयो भनी सम्झेर उठ्ना खोज्दा घाँटीमा थिचेकोले आफुले ...
