सम्पर्क

Month: २०७९ भाद्र २ बिहीबार

जोखिममा परेका कदमबासलाइ अस्थाइ वास

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ कोदारीमा गत २३ गतेको परेको अविरल बर्षाको कारण अत्याधिक जोखिममा परेका १० घरपरिवारलाई ९ नं वडा कार्यलयको पहलमा अस्थाइ रुपमा सुरक्षित वास स्थानको ब्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक , शसस्त्र प्रहर िबल बन्देउ सहीत विभिन्न निकायबाट अत्यावश्यक राहत सामग्री र अस्थायी बासस्थानको ब्यबस्थापन गरि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ९ नं वडा अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार दिल बहादुर बिक , बच्चुजोगी,उद्धव कुबँवर, सबिन पहरी , रुद्र प्रसाद ढकाल,पदम बहादुर पहरी,रत्न बहादुर मगर भरत भण्डारी ,राम कुमार मगर, श्याम कुमार मगर धन बहादुरमगर रहनु भएको छ ११ मध्य ,राम कुमार मगर, श्याम कुमार मगर धन बहादुरमगरतिन लाइ २वटा मात्र अस्थाइ बास स्थान को व्यवस्था गरिएको छ...

कांग्रेस कोइराला पक्षको सभा काठमाण्डौमा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौं । सस्थापन पक्ष सँग असुन्तुष्ट बनेका नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले न्यायोचित हिस्सेदारीको माग गर्दैखबरदारी सभा गरेको छ । कोइराला पक्षहरुले काठमाडौंमा गरेको खबरदारी सभामा बोल्ने वक्ताहरु ले सभापति देउवा को कार्यशैली प्रती असन्तुष्ट जनाउँदै नेताहरुले भ्रातृ संस्थामा शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले संयुक्त रुपमा गरिएको खबरदारीमा सम्मानजनक हिस्सेदारी नभए अमान्य हुने बताउँदै सभा सम्पन्न भएको छ ।केन्द्रीय सदस्यमा हालसम्म २३ जना मनोनित हुँदा दुई जना मात्रै छुट्याइएको भन्दै सभाका प्रमुख अतिथि रहेका नेता अर्जुन नरसिंह केसीले ‘२३ जना मध्ये २ जना लिएर हामीले के प्रभाव पार्न सक्छौं?’ भनी प्रशन गर्दै न्यायोचित नभएको बताउँनु भयो । सभापति शेरबहादुर देउवाले नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघमा मनोनित गरिएको मनोनितमा एउटा पक्षको परामर्शसमे...

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको  निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई चार बुँदे निर्देशन दिएको छ ।आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो । त्यसैगरी गत वैशाख ३० गतेसम्म सम्पन्न विभिन्न निर्वाचनबाट उपलब्ध तथ्य, तथ्याङ्कसमेतका आधारमा मतदान कार्यमा विभिन्न खालका अवरोध सृजना भएका अति संवेदनशील तथा संवेदनशील मतदानस्थल तथा मतदान केन्द्रको तथ्यगत विवरण तयार गरी सोहीअनुसारको सुरक्षा योजनाको प्रबन्ध गरी कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी तदनुसार सुरक्षाकर्मी खटनपटनको प्रभावकारी व्यवस्था मिलाउन ...

व्यावसायिक जनशक्ति उत्पादन गर्न प्रहरी महानिरीक्षक सिंह को जोड , बिभिन्न आरोपीतहरु पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को बुधबार निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । प्रशिक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षण संस्थाको साथै प्रशिक्षक वर्ग एवं प्रशिक्षार्थीहरूले आ–आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व अनुसार योगदान दिएमा मात्र प्रशिक्षण कार्यलाई उपयोगी बनाउन सकिने, तालिममा सिकेका ज्ञान, सीप र कौशललाई प्रहरी कर्मचारीहरूले अनुशासित भएर स्वच्छ आचरण र उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले प्रशिक्षण पश्चातको कार्यक्षेत्रमा व्यावसायिक तवरले देश र नागरिकको सेवामा लाग्न निर्देशन समेत दिन...

बचन बद्धता पुरा गर्दै पौडेल

जिबनशैली, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ८का वडा अध्यक्ष बिमल पौडेलले आफुले बोलेको बचन पुरा गर्न लाग्नु भएको छ । स्थानिय निर्बाचनको बेला आफुले निर्वाचन जिते पछी सरकारले दिने सुबिधा रकम नलिने सो रकम उपलब्धीमुलक काममा लगाउँने प्रतिबद्धता गरेको पौडेलले पहीलो चरणमा आएको वडा अध्यक्षको भत्ता बाट बिद्यालयलाइ कम्प्युटर खरिद गरि दिनु भएको छ । सरकारले दिएको सुविधा जनताकै लागि खर्च गर्ने प्रतिबद्धता सहित निर्वाचित हुनु भएको बाह्रबिसे –८ का वडा अध्यक्ष पौडेलले प्रतिवद्धता पुरा गर्न पहिलो चरणमा आएको भत्ता तथा सुविधा स्वरुप श्री सेतिदेवि पन्चकन्या आ. वि जम्बुलाइ १थान कम्प्युटर सेट प्रदान गर्नुभएको हो । कम्प्युटर प्रदान गर्दै अध्यक्ष पौडलले भन्नु भयो “मैले गरेको प्रतिबद्धता अनुसार काम सुरु भइसकेको छ । अव बाँकि बिध्यालयमा पनि बिद्यालयको माग अनुसार आवश्यक कुराहरु खरिद गरि शिक्षा क्षेत्रमा दिन र हु...

प्रजिअ खनाल द्धारा रिम्ती पहीरो अनुगमन सतर्क रहन नागरिकलाइ अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ४ मा पर्ने रिम्ती भिरमा सडक भासिएर जोखिम बढेको छ । यसरी जोखिम बढेपछि सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी बेद निधि खनालसहितको टोलिले उक्त स्थानको अबलोकन गरेको छ। बाह्रविसे नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी सहीत ले त्यस क्षेत्रको अनुगन गरेका हो  । प्रजिअ खनाल रिम्ती भिरमा सडक भासिएर नागरिकलाई आवतजावत गर्न जोखिम बढेको को थाहा पाउँन साथ स्थानीय नागरिकको सुरक्षाका लागी सुरक्षाकर्मी सहीत नगरपालिकाका साथमा जानु भएको हो । रिम्ती भिरको सडक भासिँदा बाटोमाथिका तीन घर पहिरोको उच्च जोखिममा परेको देखिएका कारण प्रजिअ खनालले उच्च जोखिममा परेका तीन घरका नागरिकलाई नगरपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिने बताउँनु भयो । उँहाले पहिरोको उच्च जोखिम रहेको त्यस क्षेत्रमा नागरिकको सुरक्षाका लागी नागरिकलाई रातिको समय र पानी परेको समयमा हिडडुल गर्न रोक ल...

एक पछी अर्काे लोकप्रिय काम गर्दै बलेफी

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको बलेफी गाँउपालिकाले एक पछी अर्काे लोकप्रिय काम गर्दै गएको स्थानीयहरुले बताएका छन । हरेका जेष्ठ नागरिक लगाएतका सामाजिक सुरक्षा भत्ता लिनेका लागी घर घर टोलटोलमा बैङ्क लगेर भत्ता बितरण गरेर लोकप्रियता कमाएको बलेफी गाँउपालिकाले अहीले फेरी हरेका घरघरमा खानेपानी सहीत धाराको ब्यवस्था गरेर लोकप्रियता कमाइ रहेको छ । गाउँपालिका बलेफी गाँउपालिका वडा नं ४ का सबै घरमा धाराको उद्धघाटन गर्दे बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले पालिकाले गर्न नसकेको धारा निर्माण आइस्यपले गरिदिएकोमा पालिका अध्यक्ष तामाङले सहयोगी संस्था प्रती आभार व्यक्त गर्नु हँुदै नागरिकको हरेक समस्या समधान भयो भने मात्र स्थानयि सरकारको पहीचान हुँने हुँदा यस्ता समस्या समाधानमा सबै मिलेर अगाडी बढ्न पर्ने बताउँनु भयो ।बलेफी गापा –४ को केउरिनी, ढाँडे र वडा नम्बर ६ को आचार्य टोलका घरमा धारा निर्माण गरिएको छ । ग...

बागमती प्रदेश प्रहरीको वार्षिक कार्ययोजना सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको “बार्षिक कार्ययोजना २०७९” सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरीका चालु आर्थिक वर्ष २०७९।०८०मा जिम्मेवारी क्षेत्रमा सम्पादन गरिने कार्यहरुलाई प्रभावकारी बनाई प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धान लगायत प्रहरीको दायित्व निर्वाहलाई व्यवस्थीत र परिणाममुखी बनाउन तयार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको “बार्षिक कार्ययोजना २०७९” सार्वजनिक गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा मङ्गलबार आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त कार्ययोजना सार्वजनिक गर्नुभएको हो । आर्थिक वर्ष २०७९।८० मा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिभिन्न १२ वटा प्राथमिकताका क्षेत्र÷लक्ष्यहरु निर्धारण गरी १०० वटा क्रियाकलाप÷सूचकमा रही कार्य संचालन गर्ने बार्षिक कार्ययोजना २०७...

पहीरो पिडीतलाइ रेडक्रसको सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँगाचोकगढी नगरपालिका– ९ को कदम्बास लाइ नेपाल रेडक्रससोसाइटीले तत्काल राहत सामाग्री सहयोग गरेको छ । चौतारासाँगाचोकगढी नगरपालिका कोदारीमा पहिरोको कारण विस्थापितका लागिउक्त राहत प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका भरत प्रसाद कोइरालाले जानकारी दिनु भयो ।उँहाका अनुसारनेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले प्रदान गरेको राहत सामग्री जल्केनी उपशाखामार्फत ९नंम्बर वडाअध्यक्ष बिमल श्रेष्ठ मार्फतपीडितलाई प्रदान गरिएको हो । कदम्बास कोदारीमा गत साउन २४ गते अविरल वर्षाका कारण पहिरो गएको पहिरोको कारण विस्थापित भएकाहरुलाई १५ थान त्रिपाल, १० थान म्याटेक्स, १० थान बाल्टी, २५ गुथ्था डोरी, ४ थान अस्थायी शौचालय प्लेट, ५ थान हेल्थ किट र २० थान कम्मल वडा अध्यक्ष विमल श्रेष्ठ र उपशाखा सभापति बेलबहादुर महतलाई जिल्ला शाखाले हस्तान्तरण गरेको रेडक्रसको कार्यालय प्रमुख कोईरा...

महिनादिनमै स्वतन्त्र पाटीले गठन गर्‍यो सातै प्रदेशमा समिति

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
अस्मीता पराजुली काठमाण्डौ राजनीतिमा संक्षमयुवा पुस्ताको नेतृत्वको अपरिहार्यतादर्शाउदैसंचारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीजन्माउँनु भएका सभापति रवि लामिछानेले करिब महिनादिनमै सातै प्रदेशमा समिति गठन गर्नेु भएको छ । २०७९ असार१७ मा औपचारिकतापाएको लामिछाने नेतृत्वको पार्टी प्रदेश, जिल्ला र स्थानीय समितिहरू गठन गर्दै मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रचार प्रसारमा लागी परेको छ । घण्टी चुनाव चिन्हपाएको पार्टीलाई विस्तार गर्दै संक्षमवर्गबाट देश निर्माणको अभियानलिएर सभापति लामिछाने र प्रवक्ता मुकुल ढकाल सहितको टोलीले पुर्व देखी पश्चिम नेपालका विभिन्न जिल्लामा रास्वपाको समिति गठन गरिरहेको छ । रास्वपाका प्रवक्ताडा.मुकुल ढकालका अनुसार प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिमप्रदेश, लुम्बिनीप्रदेश, कर्णाली,बाग्मती, र मधेश प्रदेशगरि सातै प्रदेशमाप्रदेश तथाजिल्लासमिति गठन भैसकेक...