सम्पर्क

Month: २०७९ भाद्र ५ आईतवार

शिक्षाको बिकास भए मात्र अरु को बिकास हुने.नगर प्रमुख बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धु पाल्चोक जिल्ला स्थित बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले शिक्षाको बिकास भए मात्र अरु को बिकास हुने बताउँनु भएको छ । जिल्लाको बाह्र्बिसे नगरपालिका वडा न ४मा रहेको शारदा माध्यमिक विद्यालयमा आयोजित शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उाहाले यस्तो बताउँनु भएको हो । शिक्षामा भएको लगानी खेर जान नदीन सबै लागी पर्नु पर्ने बताउँदै बस्नेतले बिद्यालयमा शैषिक सामाग्री दिएर सहयोग गर्ने सहयोगी हातहरुलाइ बिशेष धन्यबाद दिनु भयो । उँहाले दातृनिकायको काम अनुकरणीय भएको र आफ्नो कार्यकालमा नगरले शिक्षा क्षेत्रमा दिनुपर्ने सबै सुविधा र काम–कारबाही सुरु भइसकेको बताउँनु भयो । प्राज्ञीय बिध्यालय परिषद् द्वारा आयोजित शैक्षिक सामाग्री हस्तानन्तरण कार्यक्रममा बोल्दै बस्नेतले(कक्षा १२ सम्म निशुल्क शिक्षा र ८ सम्म दिवा खाजाको व्यवस्था) रहेको जानकारी दिनुभयो । परिषदले प्रति बिध्यार्थी ...

सिन्धु १मा बस्नेत हुनु पर्ने कार्यकर्ताको माग

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते हुने प्रतिनिधी सभमा गठबन्धनको तर्फबाट उम्मेद्धार कसलाइ बनाउँने भन्ने टुङ्गो लागी सकेको अबस्था छैन । मंसिर ४ गते हुने संसदीय निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी पनि बढेको छ । राजनीतिक दलहरुले निर्वाचन केन्द्रीत कार्यक्रमहरु बढाएका छन् । दलहरुका सम्भावित उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा पुग्नेक्रम जारी छ । हरेक राजनीतिक दलका नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा दाबी प्रस्तुत गर्न थालिसकेका छन् ।यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस सहितको पाँच दलीय गठबन्धन र नेकपा एमालेको साना दलहरुसहितको गठबन्धन बीच चुनावी प्रतिष्पर्धा हुने लगभग पक्का जस्तै छ । पाँच दलीय गठबन्धनले सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल बनाएर काम शुरु गरिसकेको छ । सिटको बाँडफाँटको मोडालिटी जस्तोसुकै बने पनि गठबन्धनका कारण धेरै जना उम्मेदवारका आकांक्षीहरुले टिकट नपाउने पनि पक्का पक्की ...

पूर्व नगर प्रमुख अमानसिं तामाङद्धारा नेकपा माओवादी केन्द्र परित्याग एमालेमा प्रबेशको तैयारी

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व नगर प्रमुख अमानसिं तामाङले नेकपा माओवादी केन्द्र परित्याग गर्नु भएको छ । लामो समय सम्म माओबादीमा रहेर काम गर्नु भएको तामाङ्गले यस अघी २०७४को निर्बाचनमा माअ‍ेबादी केन्द्र बाट चौतारा साँगाचोकगढी नगरपालिकाको नगर प्रमुख पदमा अत्याधिक मत ल्याएर बिजय बन्नु भइ नगर प्रमुखको जिम्मेवारी बहन गर्नु भएको थियो । उँहाको कार्यकालमा नगर पालिकाकमा कुनै पनी पक्षपात नभएको र वास्तविक नगर अभिभावकको भुमिका निर्वाह गरेको नगरबासीको भनाइ रहेको छ । नगरले माओबादीकै तर्फबाट कृष्ण प्रसाद सापकोटालाइ नगर प्रमुखमा निर्वाचित गरे पनी निर्वाचित हुने बित्तीक्के गरेका कार्यहरु बिबादीत भएको समाचार समेत बाहीर आएको अबस्थामा तामाङ्गले पाटी छाडेको घोषणा गर्नु भएको हो । पुर्ब नगर प्रमुख तामाङ्गले पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको आरोप...

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लागू नगर्न निर्वाचन आयोगले निर्देशन

#, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
आगामी मंसीर ४ गते निर्वाचन घोषणा भइसकेको तथा प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको पदावधि सकिन लागेको वेला निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न लागेकोमा आफ्नो ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको छ। यसका साथै आयोगले निर्वाचन आयोगले सांसद विकास कार्यक्रमको नामले परिचित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लागू नगर्न निर्देशन दिएको छ। ऋायोगले ७५३वटै पालिकाहरु त्था ७७वटै जिल्ला सबैलाइ यस्तो कार्यक्रम नगर्न निर्देशन दिएको हो । यस सँगै आयोगले प्रदेस नं १ले यस्तो कार्यक्रमको बजेट बितरण गर्न लागैको भन्दै पत्र समेत पठाएको छ ।nirbachan nya आयोगले प्रदेश १ सरकारलाई पत्र पठाउँदै भनेको छ, “प्रदेश सरकारबाट ‘प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम (सञ्चालन) कार्यविधि, २०७९’ बमोजिमका प्रक्रिया अगाडि बढाइएको अवस्था भए उक्त कार्यविधि बमोजिम अघि बढाइएका प्रक्रिया मुख्यमन्त्री त...

फिमेल लिडरशिप एकेडेमी तालिम संचालन हुदै

ब्रेकिङ न्युज २, समाचार
विश्व समावेशी साहसी संस्थाको आयोजनामा सिन्धुपाल्चोकका महिला तथा किशोरीलाई लक्षित गर्दै फिमेल लिडरशिप एकेडेमी कार्यक्रम संचालन हुने भएको छ । २०७९ भाद्र १० गतेबाट संचालन हुने तालिम २०८० भाद्र १० गतेसम्म निःशुल्क शैक्षिक कक्षा र विभिन्न विषयमा तालिम संचालन हुने आयोजन विश्व समावेशी साहसी संस्थाले जनाएको छ । विशेषगरी कक्षा १२ मा अध्ययनरत तथा अध्ययन सकिएका १६ वर्ष पुगेका र ३० वर्ष ननाघेका महिला तथा किशोरीहरुलाई समावेश गरिने संस्थाका अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो । उक्त तालिममा सहभागि हुनेहरुलाई दुई वर्षसम्म कम्युटर, अंग्रेजी भाषा, वक्तृत्वकला ,आत्म सुरक्षा, नेतृत्व विकास संगै आफ्नो दृष्टिकोण ,योजना र लक्ष्य निर्धारण सम्बन्धी ज्ञानमा जोड दिईने गुरुङले बताउनुभयो । यो तालिम सिन्धुपाल्चोकको ४ माध्यमिक विद्यालयमा र काठमाडौको एक विद्यालयमा संचालनमा आउने छ । रत्नराज्य माध्यमिक विद्यालय चनौटे, क्...

सिन्धु काँग्रेस २को बैठक सम्पन्न पदाधिकारी मनोनयन

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
    नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं २ को आज बसेको बैठकले क्षत्रीय पदाधिकारीहरुको मनोनयन गरेको छ । यसका साथै निर्बाचित पदाधिकारी हरुलाइ बधाइ धन्यबाद कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस २ नं क्षेत्रीय कार्यसमितिको शनीबार बसेको समिक्षा बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी निर्बाचनमा नेपाली काँग्रेसको उमेद्धारलाइ निर्वाचन जिताउँन सबै एक भएर लागी पर्ने समेत सहभागी नेताहरुले प्रतिबद्धता जनाएका छन । बैठकले बागमती प्रदेसका सभापती इन्द्र बानीयाको प्रमूख अतिथ्यतामा आगामी हप्ता समिक्षा तथा बधाइ एवम धनयबाद कार्यक्रम राखेको क्षेत्रीय सभापती आइतमान तामाङ्गले जानकारी दिनुभयो । बैठकले क्षेत्रीय कार्यसमिति को सदस्य समेत मनोनयन गरेको छ । जसमा जित बहादुर थिङ तामाङ ( मेलम्ची नपा–८)बुद्धिमान तामाङ (हेलम्बु गापा–४) निर बहादुर लोप्चन तामाङ (पाँचपोखरी थाङपाल गापा...

भुकम्प स्मारक भृकुटी पार्कको अध्यक्ष नेपालद्धारा उद्घाटन

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको नवलपुर बजारमा भुकम्प स्मारक भृकुटी पार्क निर्माण भएको छ । नवनिर्मित उक्त भुकम्प स्मारक भृकुटी पार्कको इन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले एक समारोहका बिच उद्घाटन गर्नु भएको छ । शनिबार एक कार्यक्रमका बिच सो पार्कको उद्घाटन उद्घाटन गर्नु हुँदै अध्यक्ष नेपालले भृकुटी पार्कले नवलपुरको सौन्दर्य बढाउनुका साथै यस गाँउपालिकाको मात्र नभएर सिन्धुपाल्चोककै इतिहासको संरक्षण हुने बताउँनु भयो । उँहाले यस्ता खालका इतीहाँस बोकेको स्थान र त्यँहाको सम्झनामा बनाइने भौतिक का कारण पछील्ला पुस्तालाइ समेत यतीहाँस कागजमा मात्र नभइ ब्यबहारमा समेत भएको देखीने बताउँनु भयो । यसको संरक्षण गर्नका लागी यहाँका बासिन्दा र गाउँपालिकालेसंरक्षण गर्न सबै लागि पर्नु पर्ने बताउनुभयो । हाल इन्द्रावती गाउँपालिका वडा ४ नवलपुरमा अवस्थित नकर्मी टोलमा ढुङ्गा थियो त्यँहा फलामको ...

सानोसिरुवारीमा तेक्वान्दोको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, जिबनशैली, मनोरन्जन, समाचार, स्वास्थ्य
  हिराहरि तेक्वान्दो डोजाङ ,सानोसिरुवारीमा जुनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका सुशान्त थापा , सृजल श्रेष्ठ , पहेलो पेटीका समर्पण थापा , मोहित घिमिरे , पहेँलो /हरियो पेटीका आयुशी श्रेष्ठ , हरियो पेटिका कुशल ढुङ्गाना, रफिका ढुङ्गेल, सुजन तामाङ , हरियो निलो पेटि तर्फ भने जुना तामाङले डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण हुन सफल भएका छन । कार्यक्रमका प्रमुख अतिथि सिद्दिगणेश मा. वि. ब्यवस्थापन समितिका अध्यक्ष श्री रबिन गौतम र सभाअध्यक्ष श्री सिद्दिगणेश मा. वि. प्र. अ. राजकुमार यादव थियो । शिक्षक, अभिभावक, सिनियर खेलाडीहरु आयान श्रेष्ठ, प्रबिन घले, शिखर नारायण श्रेष्ठ, मनिष सापकोटा, अनमोल का...

असोज १र २ मा शिक्षक संघ को जिल्ला अधिवेशन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
पृथ्वीजङ्गपाण्डे चौतारा नेपाल शिक्षक संघले आफ्नो नवौ जिल्ला अधिवेशन असोज १ र २ गते चौतरामा सम्पन्न गर्ने भएको छ।आज भएको नेपाल शिक्षक संघको जिल्ला कार्यसमितिको पुर्ण बैठकले सो निर्णय गरेको हो। विविध कारण ले सम्पन्न हुन नसकेको जिल्ला अधिवेशन को मिति तय गरेको हो।सिन्धुपाल्चोकमा संघको स्थानीय तहको अधिवेशन गत बर्षको पुस १७ गते सम्पन्न भएको थियो।गत बर्षको माघ १४र१५ जिल्ला अधिवेशन तोकिएकोमा कोरोना तथा स्थानीय निर्वाचन लगायतको कारण ले अधिवेशन हुन सकेको थिएन।तुलसी प्रसाद दङ्गाल को अध्यक्षता र जिल्ला सचीव ऋषिराम पौडेलको संचालनमा भएको पुर्ण बैठक द्वारा जिल्ला को सबै पालिकाले भाद्र २० सम्म सदस्यहरुका नवीकरण को कार्य सक्ने र जिल्ला उपाध्यक्ष शिवराम न्यौपाने को संयोजकत्वमा शिक्षक आवज नामक स्मारिका प्रकाशन गर्न समिति समेत बनाइएको छ।जिल्लामा शिक्षक संघ को स्थानीय स्तरमा गठन भएको स्थानीय कार्य समिति यस्तो ...

‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० देखी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसले भदौ१० गते देखी ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु गर्ने भएको छनेपाली कांग्रेसद्वारा २०७९ भाद्र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराएको हो । कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता प्रकाशस।ण महत द्धारा वितरित प्रेस विज्ञप्ति उक्त कुरा जनाइएको हो । बिज्ञेप्तीमा पहिलो चरण भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म हुने ,दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि हुने तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि हुने जनाइउको छ । बिज्ञेप्तीमा अभियानको चार उद्देश्य रहेको जनाइएको छ । जसमा १) मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने २) जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । ...