सम्पर्क

Month: २०७९ असार २ बिहीबार

बाढी प्रभावित क्षेत्रको प्रमुख जिल्ला अधिकारी खनालद्धारा स्थलगत अनुगमन

ब्रेकिङ न्युज २, समाचार
गत वर्ष असार १ गतेको बाढीले मेलम्ची बजारमा २६ जनाको ज्यान जानुका साथै धेरै भौतिक सम्पत्ति क्षति भएको थियो । सो कारण नेपाल सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्ला समेत घोषणा गरेको थियो । सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल बाढी प्रभावित क्षेत्र मेलम्चीमा स्थलगत अनुगमन गर्नुभएको छ । बाढी ग्रस्त क्षेत्रको स्थलगत निरीक्षणका लागि जिल्लाका उच्च सुरक्षाकर्मी सहित बुधबार प्रमुख जिल्ला अधिकारी खनाल मेलम्ची आइपुग्नुभएको हो । खनाल संगै मेलम्ची नगर प्रमुख आइतमान तामाङ र स्थानीयवासीहरु लगायतले नदीले कटान गरेको क्षेत्रको निरीक्षण गर्नुभयो । मेलम्ची र इन्द्रावती नदीले मेलम्ची बजार क्षेत्र जोखिममा पारेको भन्दै प्रमुख जिल्ला अधिकारीले दीर्घकालीन योजना बनाएर तटबन्ध गर्नुपर्ने तर्फ आफुले जोड दिने बताउनुभयो । स्थलगत अवलोकन पछि नगरप्रमुख तामाङले जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि गम्भीर भएर पहल गर...

सहकारी ब्यबस्थापन तालिम

समाचार
मानेखर्कमा नेपाल कृषि सहकारी केन्द्रिय सघंको आयोजनामा भएको कार्यक्रलाई टि जि एच र ग्रामिण समाज कल्याण सघं नेपालको सहयोगमा सक्षम सहकारी ब्यबस्थापन सम्बन्धी प्रशिक्षण शुरु भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ४ मानेखर्कमा सहकारी संस्थाको क्षमता अभिवृद्वि गर्ने उद्देश्यले प्रशिक्षण तालिमको आयोजना गरिएको हो । सो तालिमको नेपाल कृषि सहकारी केन्द्रिय संघको अध्यक्ष एवम् साना किसान बिकास लगुबित्त बित्तीय संस्थाका अध्यक्ष खेम पाठकले उद्घाटन गर्नुभएको थियो । पाठकले सहकारी सञ्चालन , ब्यबस्थापन, लगायतका विषयमा रहेर सहभागिहरुलाई प्रशिक्षण दिनुभएको सुर्यमुखि साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मित्रलाल चौलागाईले जानकारी दिनुभयो । कार्यक्रममा चौलागाईले साना किसान कृषि सहकारीका फाइदा, यसले गर्दै आएका लगायतका बारेमा जानकारी गराउनुभएको थियो । सोमबार बाट सुरु भएको तालिम बुधबार सकिने छ ।...

मध्यरातमा पसल चोरी गर्ने ३ जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
मेलम्चीमा बजारमा गत २८ गते राति फेन्सी पसल चोरी गर्ने तिन जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा न.११ स्थित रहेको बाबुराम भुसाल बिक्रमको फेन्सी पसल फुटाई पसलमा रहेको विभिन्न दरका जुत्ता, पाईन्ट,ज्याकेट,टिसर्ट, झोलाहरु चोरी गरेका थिए । विशेष सूचनाको आधारमा प्रहरीले चोरीमा संलग्न रहेका मानिसहरू र चोरी भएको मालसामान बरामद गरेको ईलाका कार्यालय मेलम्ची निरीक्षक उत्तम सिह भण्डारीले जानकारी दिनुभयोे । भुसालको अन्दाजी रु २,५०,०००÷– (दुई लाख पचास हजार मात्र) बराबरको सर–सामान चोरी भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । चोरी गरि फरार रहेक मेलम्ची नगर पालिका वडा नं.११ बस्ने बर्ष २० को विकास पुरी, वडा नं. ६ बस्ने बर्ष २१ को उत्तम थापा र वडा नम्बर ६ बस्ने बर्ष २० को दिपेन्द्र कार्की लाई सोमबार ईलाका कार्यालय मेलम्ची बाट खटिएको प्रहरीले पक्राउ...

सफल जनप्रतिनिधी बन्न राष्ट्रसेवक कर्मचारीको भुमिका हुने बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सफल जनप्रतिनिधी बन्न राष्ट्रसेवक कर्मचारीको भुमिका हुने बस्नेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले कुनै पनी जनप्रतिनिधी कार्य सफलतामा पुग्नका लागी कर्मचारीको पनी ठुलो भुमिका हुने बताउँनु भएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोक जिल्लाको नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण एवम स्वागत तथा पुर्ब पदाधिकारहिरुको बिदाई कार्यक्रममा आफ्नो भनाई राख्दै यस्तो बताउँनु भएको हो । बस्नेतले हरेक पाईलामा जनप्रतिनीधी, कर्मचारी, सरकार, र नागरिकको प्रत्यक्ष सरोकार रहेर निती भित्र रहेर गरेका हरेक कामहरु सफलताको बाटोमा जाने भएकाले पनी जनप्रतिनिधीहरुले त्यस तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । उहाँले जिल्ला समन्वय समितले आयोजना गरेको स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै नव निर्वाचित पदाधिकारी...

पाखरदोभान कफि सहकारीद्वारा कृषिसामग्री वितरण

ब्रेकिङ न्युज २, समाचार
कफि उत्पादन तथा वितरणमा अब्बल सिन्धुपाल्चोकको पाखरदोभान कफि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाइ विभिन्न किसिमका कृषिसामग्री वितरण गरेको छ । कृषकहरुलाई आधुनिक कृषिप्रविधिसँग जोड्दै गुणस्तरीय कफि उत्पादनमा वृद्धि गराउन सहकारीले आइतबार ती सामग्री वितरण गरेको हो । सहकारीले किसानहरुलाइ ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिंचाइका लागि ७ थान पानीट्याङ्की,५० थान ब्याट्री स्पेयर तथा १८० थान कैँची तथा करौंती वितरण गरिएको सहकारीका अध्यक्ष भुपेन्द्र भण्डारीले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , सिन्धुपाल्चोकको सहकार्यमा कृषि ज्ञान केन्द्र, काभ्रेको सहयोगमा ती सामग्री वितरण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । सुनकोसी गाउँपालिका कफि उत्पादनका लागि प्रख्यात छ । यहाँको कफि प्रशोधन गरि ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीको रुपमा जापान, दक्षिण कोरिया , अमेरीका तथा अस्ट्रेलिया निर्या...

ज्यामिरेमा विश्व बालश्रम विरुद्धको दिवस मनायो

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिका वडा नं ९ ज्यामिरेमा विश्व बालश्रम विरुद्धको दिवस मनाइएको छ । सो अवसरमा वडा स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरीएको छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो ।  मेलम्ची नगरपालिका ९ नं. वडा कार्यालय र वडा बाल संजालको संयुक्त आयोजनामा “बालश्रम मुक्त वडा बनाउन विद्यार्थीको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो । सो प्रतियोगितामा सातकन्या माध्यमिक विद्यालयका सविन तामाङ प्रथम हुनुभएको छ । त्यस्तै द्वितीय र तृतीय स्थान क्रमशः जनता माध्यमिक विद्यालयका नविना बस्नेत र गोल्मेश्वरी आधारभूत विद्यालयकी सविना भएको छ । प्रतियोगित...

जि.स.स सिन्धुपाल्चोक प्रमुखमा गठबन्धनबाट कांग्रेसका बालकृष्ण श्रेष्ठ विजयी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र एकिकृत समाजवादीको गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । आईतबार सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले २४ मत भएको जिल्लामा १३ मत प्राप्त गरि विजयी हात पार्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार गणेश विकले १० मत प्राप्त गर्नुभएको छ । श्रेष्ठ बाह्रविसे ४ बाट वडा सदस्यमा निर्वाचीत हुनुभएको थियो । यसैगरी उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदम नाथ नेपाल विजयी हुनुभया । नेपालले १३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार जंग प्रताप सिलवाल (जेपी) ले ११ मत प्राप्त गर्नुभयो । यसैगरि समन्वय समितिको सदस्यमा समाजवादी र काग्रेस गठबन्धनबाट जित बहादुर कार्की, बलराम केसि, विक्रम तामाङ, अम्बिका बस्नेत , ढक माया से...

शिक्षक संघ चौतारा द्धारा जनप्रतिनिधिहरूलाई बधाई

#, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  नेपाल शिक्षक संघ स्थानीय चौतारा चौतारा साँगाचोकगढी नगरपालिकाले नगरमा नव निर्बाचित पदाधिकारीहरुलाइ बधाइ तथा शुभकामना दिएको छ । संघद्वारा २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई शनीबार एक कार्यक्रमका बिच बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम गरिएको हो । नेपाल शिक्षक संघ बागमति प्रदेशका उपाध्यक्ष यज्ञप्रसाद दंगालको प्रमुख आतिथ्यतामा र नेपाल शिकक संघ सिन्धुपाल्चोकका अध्यक्ष तुलसीप्रसाद दंगालको बिशेष आतिथ्यता वि.पि स्मृति भवनमा उक्त कार्यक्रममा गरीएको थियो । कार्यक्रमको सभापतित्व नेपाल शिक्षक संघ चौतारा साँगाचोकगढी नगर समितिका अध्यक्ष सबिन दंगालले गर्नु भएको थियो भने कार्यक्रम संचालन नगर समितिका सचिव सुनिल तामाङले गर्नु भएको थियो। नेपाल शिक्षक महासंघका उपाध्यक्ष राजेन्द्रप्रसाद सापकोटा , नेपाल शिक्षक संघ नगर कार्य समितिका पुर्व अध्यक्ष केशवल...

शिक्षामा चमत्कारी सुधार गर्ने बोहाराको दाबी

अन्तर्वाता, राजनिती, विचित्र संसार
त्रिपुरासुन्दरी गाउँपालिका नवनिर्वाचित अध्यक्ष भक्तध्वज बोहराले सामुदायिक बिद्यालय शिक्षामा चमत्कारी सुधार गर्ने, बताउँनु भएको छ । उँहाले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षाको बेसलाइन सर्वे गरेर त्यसैको प्रतिबेदनको आधारमा चालु शैक्षिक सत्रबाट सुधार गर्ने, जनताका आधारभूत स्वास्थ्य अधिकार सुनिश्च्तिता गर्न सबै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाको सेवा उपचारमा सुधार गर्ने, स्वास्थ्य बीमा अनिवार्य गर्ने, त्रिपुरासुन्दरीमाई, लट्टेश्वर महादेव लगायतका देवालय बिकास र सुधार गर्दै धर्मालम्बी र आन्तरिक पर्यटक, बाह्य पर्यटक भित्राउदै धार्मिक पर्यटन प्रर्बद्धन गर्ने अध्यक्ष बोहराले बताउनु भएको छ । बाहेराले आफ्नो कार्यकाल ऐतीहासिक हुने बताउँदै गाउँपालिकाका सबै वडालाई सडक सञ्जालले जोड्ने, सबै सडकलाई १२ महिना संचालनमा ल्याउने गरी सडकको स्त्तरोन्नति गर्दै कालोपत्रे गर्ने, वडादेखि पालिका केन्द्रसम्म आ...

हिराहरिको क्योरोगी र पुम्से प्रतियोगिता चौतारामा 

ब्रेकिङ न्युज २, राजनिती, समाचार
  सिन्धु पाल्चोक जिल्लाकोसदर मुकाम चौतारामा , हिराहरि तेक्वान्दो डोजाङ चौताराद्वारा आयोजित प्रथम हिराहरि अन्तर डोजाङ क्योरोगी र पुम्से प्रतियोगिता चौतारा–५ आलडाडाको सेमिकबर्ड हलमा शनिबार भएको छ । जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका नवनिर्वाचित अध्यक्ष अमृतमान श्रेष्ठ,को प्रमुख अतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । १२ स्वर्ण मध्ये ९ क्योरुगी (फाइट ) र ३ स्वर्ण पुम्सेको लागि भएको कार्यक्रमको विशेष अतिथी जिल्ला ब्याटमिन्टन संघ सिन्धुपाल्चोकका अध्यक्ष सुबर्ण श्रेष्ठ रहनु भएको थियो । प्रतियोगितामा पुम्से तर्फ क्रमश आयुशी श्रेष्ठ, जुना तामाङ निशान ढुङ्गाना प्रथम हुनु भएकोथियो भने रेगिना गुरुङ, सोफिया श्रेष्ठ र दोर्जे तामाङ दोश्रो हुनु भएकोथियो रिया यादव प्रबिन घले र आयन श्रेष्ठ ले भने तेश्रो स्थान हासिल गर्नु भएको थियो । यसै गरि क्योरुगी तर्फ भने पुरुष २२ के जि मा आरुस दुलाल पहीलो न...