सम्पर्क

Month: २०७८ चैत्र २४ बिहीबार

सभामुख सापकोटाद्वारा भ्यु टावर सहितको बुद्धपार्कको उद्घाटन

ब्रेकिङ न्युज १, समाचार
सभामुख अग्निप्रसाद सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ मा नवनिर्मित भ्यु टावर सहितको बुद्धपार्कको उद्घाटन गर्नुभएको छ । बिहीबार एक समारोहका बीच सभामुख सापकोटाले ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गर्नुभएको हो । नगरपालिकाले गौरवको आयोजनाको रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ । सभामुख सापकोटाले भ्यु टावरसहितको बुद्धपार्कले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताउनुभयो । सङ्घीय सांसद एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बुद्धपार्कको निर्माणले चौतारा साँगाचोकगढी नगरपालिकालाई थप पर्यटकीय पहिचान दिएको बताउनुभयो । समुद्री सतहबाट करिब १७ सय मिटरको उचाइमा रहेको बुद्धपार्कबाट उत्तरको जुगल हिमशृङ्खला, गौरी शङ्कर हिमालको अवलोकन गर्न सकिन्छ भने पूर्वी क्षेत्रका मुडेलगायत अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ । त्यस्तै दक्षिणतर्फका धुलिखेल र नगरकोट लगायतको भ...

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

मनोरन्जन, समाचार
“नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना”गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिनुभयो । शान्ति, भाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले प...

परिवार दलले तीनै तहको निर्बाचनमा नेकपा एमालेसँग तालमेल गर्ने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
अगामि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरु चुनावी तालमेलको तयारीमा छन् । सतारुढ पाँच दलिय गठबन्धनलाई काउन्टर दिन प्रमुख प्रतिपक्षद्ध दल नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । २०७४ सालको निर्बाचनमा ३ बुर्दे सहमति गरेर परिवार दलले एमालेसँग चुनाबी सहकार्य गरेको थियो । यसैबीच नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग संभावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताउनुभयो । ‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौं,’ अध्यक्ष ढकालले भने, ‘अहिले पनि आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल भएको छ ।’ ७६ ज...

अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा सिलवाल

राजनिती, समाचार
नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सिन्धुपाल्चोक जिल्लाको सम्मेलन सम्पन्न भएको छ । आगमी निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउने उद्घोषका साथ अनेरास्ववियु सिन्धुपाल्चोकको २६ औं जिल्ला सम्मेलन सोमबार बलेफीमा भएको छ । पार्टीलाई जिताउने अभिभारा काँधमा वोकेर हिड्ने प्रतिवद्धताका साथ सम्पन्न सम्मेलनले लक्ष्मण सिलवाललाई जिल्ला अध्यक्षमा निर्वाचित गर्नुभएको छ । उक्त सम्मेलनले उपाध्यक्षमा शितल मोक्तन,सचिबमा दिपक चौंलागाइ, सहसचिब नबिन पाण्डे ,रबिन वाइबा, मेनुका थापा र कोषाध्यक्षमा अमृत थापा निर्वाचित गर्नुभएको छ । त्यसै गरी सदस्यहरुमा सन्तोष बस्नेत ,राजकुमार कार्कीगोकुल खड्का ,साजन तामाङ लगायत निर्वाचित गरेको छ । कार्यक्रमको प्रमुख अतिर्थी नेकपा एमाले केन्द्रीय सदस्य तथा वग्मति प्रदेशका पुर्व मन्त्री सरेश नेपाल, गाँउपालिका महासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठ, नेकपा एमाले जिल्ला...

बैंकिङ कसूर मुद्दाका फरार पक्राउ

ब्रेकिङ न्युज २, समाचार
  प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार डाकमान गुरूङलाइ पक्राउ गरेको छ । इलाम जिल्ला तारकेश्वर नगरपालिका–५ बस्ने सन्दकपुरका ४२ वर्षीय डाकमान गुरूङलाइ आइतबार प्रहरीले पक्राउ गरेको बागमती प्रहरी कार्यलय हेटौडाले जनाएको छ । उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका गुरूङ लाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको प्रहरी कार्यलयले जनाइको छ । डाकमानले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड सिनामंगल काठमाडौंमा रहेको निजको खाताबाट रकम भुक्तानी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । त्यसैगरी अवैध लागुऔषध सहित २ जना पक्राउ परेक...

४ जना नक्कली परीक्षार्थी पक्राउ

समाचार
चिकित्सा शिक्षा आयोग भक्तपुर सानोठिमीद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनि परीक्षा दिइरहेका ४ जना र आफ्नो परीक्षा अरूलाई दिन लगाउने १ जना गरी जम्मा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका–४ ठेगाना भएका २२ वर्षीय अमर पण्डित, सर्लाही चक्रघट्टा गाउँपालिका–४ ठेगाना भएका २२ वर्षीय अनिकेत चौधरी, सप्तरी राजगढ गाउँपालिका–१ ठेगाना भएका २६ वर्षीय राम आशिष यादव, भारत विहार रफिगञ्ज ठेगाना भएका २४ वर्षीय ईस्तियाख अहमद र महोत्तरी सम्सी गाउँपालिका–५ ठेगाना भएका २३ वर्षीय सन्नी कुमार साह रहेका छन । स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू सहभागी हुन सक्ने भन्ने सूचनाको आधारमा परीक्षा अनुगमनका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उपत्यकास्थित सिसिआरसि कलेज, एम्बिसन कलेज, ग्...

६७ हजार ९ सय ६८ बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईदै

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकमा यही चैत्र २५ देखि ३० गतेसम्म बालबालिकालाई टाईफाईड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार सिन्धुपाल्चोकका ६७ हजार ९ सय ६८ बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ४ सय ४६ केन्द्रबाट खोप प्रदान गरिने छ । जसको लागि ४ सय ४६ जना खोप कार्यकर्ता परिचालन गरिएको खोप अधिकृत राजाराम कार्कीले जानकारी दिनुभयो । खोप अधिकृत कार्कीका अनुसार खोप सबै स्थानीय तहका विद्यालय र सम्वन्धित वडा स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र कायम गरी १५ महिना देखि १५ वर्ष सम्मका सबै बालबालिकाहरुमा खोप लगाउने कार्यक्रम रहेकोे छ । जसका लागि ८ सय ९२ स्वयम्सेवक परिचालन गरिने जनस्वास्थ्य अधिकृत पशुपति खनालले जानकारी दिनुभयो । बालबालिबाहरुलाई २० हजार ३ सय ९० भाईल खोप प्रदान गरिनेछ । बालबालिकाहरु टाईफाईडबाट बढी प्रभावित भएकाले शुरुवाती चरणमा सो उमेर समुहका बालबालिकाला...

पुर्वमन्त्री दुलालद्धारा ईन्द्रावती ३ र ८ जोड्ने सिपाखोला पुलको उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
इन्द्रावती गाउँपालिकाको वडा नं ८ सिपाअर्चले र वडा नं ३ बुढीचौर जोड्ने सिपाखोला पक्की पुलको उद्घाटन आज भएको हो । पुर्बमन्त्री बागमती प्रदेश सभा सदस्य युवराज दुलाल“शरद“ले उद्घाटन गर्नुभएको थियो । बागमति प्रदेशका सामाजिक विकास मन्त्रीको पहलमा बागमति प्रदेश सरकार मार्फत विनियोजित बजेटबाट पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन भएको सो पुलको २ करोड ५३ लाख लागतमा उक्त पुल निमार्ण गरिएको हो । समुदघाटन कार्यक्रममा पुर्बमन्त्री सहित ईन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, ईन्द्रावती गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष विर बहादुर तामाङ , ईन्द्रावती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष देवप्रसाद बानियाँ, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ लगायतको उपस्थिती रहनुभएको थियो । पुल निर्माण भएपछि स्थानीय वासीले खुसी व्यक्त गर्नुभयो । उक्त वडा भित्र रहनुहुने आम जनताको जनजीवन सहज हुने भएक...

रेडियो नेपालबाट उत्कृष्ट सम्बादाता सम्मान सुवेदीलाई

ब्रेकिङ न्युज १, समाचार
रेडियो नेपालले यस उत्कृष्ट सम्बादाता सम्मान सिन्धुपाल्चोकका सम्बादाता देवराज सुवेदीलाई प्रदान गरेको छ । ७२ औं बार्सिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा सुवेदीलाई सम्मान गरिएको हो । सरकारका सुचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्किले रु १० हजार सहित प्रमाणपत्रले सम्मान गर्नुभएको हो । बाढी ,पहिरो तथा कोरोना महामारिको समयमा समेत सक्रिय रुपमा काम गरेको भन्दै सुवेदीलाई सम्मान गरिएको हो ।  ...

ओलीको भनाइप्रति सत्यता नभएको दाबी महामन्त्री ः गगन थापा

राजनिती, समाचार
नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष ओलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस् भनेको भनाइप्रति असन्तुष्टि जनाउनुभयो । इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नुभयो । उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो । अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने ओलीको भनाइप्रति सत्यता नभएको दाबी थापाको छ । ‘छलफलको लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा शनिवार सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो । त्यही कुरा मिडियाले स्थान...