सम्पर्क

अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा सिलवाल

नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु सिन्धुपाल्चोक जिल्लाको सम्मेलन सम्पन्न भएको छ । आगमी निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउने उद्घोषका साथ अनेरास्ववियु सिन्धुपाल्चोकको २६ औं जिल्ला सम्मेलन सोमबार बलेफीमा भएको छ । पार्टीलाई जिताउने अभिभारा काँधमा वोकेर हिड्ने प्रतिवद्धताका साथ सम्पन्न सम्मेलनले लक्ष्मण सिलवाललाई जिल्ला अध्यक्षमा निर्वाचित गर्नुभएको छ । उक्त सम्मेलनले उपाध्यक्षमा शितल मोक्तन,सचिबमा दिपक चौंलागाइ, सहसचिब नबिन पाण्डे ,रबिन वाइबा, मेनुका थापा र कोषाध्यक्षमा अमृत थापा निर्वाचित गर्नुभएको छ । त्यसै गरी सदस्यहरुमा सन्तोष बस्नेत ,राजकुमार कार्कीगोकुल खड्का ,साजन तामाङ लगायत निर्वाचित गरेको छ । कार्यक्रमको प्रमुख अतिर्थी नेकपा एमाले केन्द्रीय सदस्य तथा वग्मति प्रदेशका पुर्व मन्त्री सरेश नेपाल, गाँउपालिका महासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष कमल नेपाल लगायत विद्यार्थी नेताहरुको उपस्थिती रहनुभएको थियो । उक्त कार्यक्रम कमल वुढाथोकीको अध्यक्षता र लक्ष्मण सिलवालको संचालनमा विद्यार्थी संगठनका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।