सम्पर्क

Month: २०७९ बैशाख १६ शुक्रबार

२ सभापती बिच सहमती उम्मेदवारी फिर्ता

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोकमा स्थानिय तह निर्वाचनमा मेलम्ची नगरपालकिामा २ क्षेत्रीय सभापती बिच एकताको सहमती भएको छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापती आइतमान तामाङ्ग र राष्टीय प्रजातन्त्र पाटीका क्षेत्रीय अध्यक्ष कुमारी तामाङ्ग बिच निर्बाचनमा एकता को सहमती भएको हो । नगर प्रमुखमा आइतमान र उपप्रमुखमा कुमारीलाइ जिताउँनका लागी नेपाली काग्रेसबाट उपमेयरमा दिएको उम्मेदवारी र राप्रपाबाट मेयरमा दिएको उम्मेदवारी फिर्ता समेत भइ सकेको छ । राप्रपाबाट प्रमुखका उमेदवार शेष बहादुर तामाङ र काङ्रेसबाट उपप्रमुखको उमेदवार सबिता गुरुङले मनोनयन फिर्ता गर्नु भएको हो । सुनकोशी गाँउपालिकामा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच गठबन्धन भएको कारण नेकपा माओवादीका अध्यक्ष पदका उम्मेद््वार कृष्ण कुमारी कुवँर, नेकपा एमालेबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी मन्जु नेपाल भण्डारी सहित केही वडाध्यक्ष र सदस्यहरुले मनोनयन फिर्ता लि...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिव ३ बजे मेलम्ची नगरपालिका वडा नम्बर १२ फड्केश्वरमा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा काभ्रे मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का ४४ बर्षिय इन्द्रबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । बा ७४ प ७४८२ नम्बर २२० सिसिको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने घटना स्थलबाट प्रहरी सहायक निरिक्षक सुरज थापाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा

ब्रेकिङ न्युज १, समाचार
त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहिबार एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो । विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट निर्णय गरे बमोजिम गर्ने तथा अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीको नियमित परीक्षा सञ्चालन यथावत् रहने गरी २०७९ वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन चालू शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय भएको उल्लेख छ । रासस...

जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने

ब्रेकिङ न्युज १, समाचार
सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । हाललाई परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज जानकारी दिनुभयो । उहाँले बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने र हप्तामा दुई दिन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । रासस  ...

सिन्धु माओबादीमा ठुलै पहीरो

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोकका धेरै नेताहरुले नेकपा माओबादी परित्याग गरेका छन । बिशेष गरि पाटी नेतृत्वले कार्यकर्ताको भावना समेट्न नसके पछी अलग हुन परेको पाटी परित्याग गरेका हरुले प्रयोग गरेको सामाजीक सञ्जाल मार्फत जानकारी हुन आएको छ । यसरी पाटी परित्याग गर्ने हस्तीहरुमा चौतारा साँगाचोकगढी नगरपालीकाका पुर्ब मेयर अमान सिहं तामाङ्ग,वडा अध्यक्ष हरु शेर बहादुर श्रेष्ठ, उमा प्रसाद दुलाल,त्यसै गरी भोटेकोशी गाँउपालिकाको उपाध्यक्ष दाबुटी शेर्पा पाटी इन्चार्ज आङ्गछिरिङ्ग शेर्पा गाँउ कमिटीका अध्यक्ष लाक्पा शेर्पा लगाएतले पाटी छोडेको घोषणा गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडाअध्यक्ष समेत रहनु भएका माओबादीका शेर बहादुर श्रेष्ठले सामाजीक सञ्जाल मा ३३ बर्ष लामो जनमोर्चा हुंदै माओवादी केन्द्र सम्मनको सम्बन्ध बिच्छेद भएको घोषणा गरीयो र आफु स्वतन्त्र रुपमा बस्ने निर्णय पनी गरीयोभन्दै यतिन्जेल सम्मन...

नेकपा माओवादी केन्द्रका दुई पक्षबीच झडप

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक चौतारामा नेकपा माओवादी केन्द्रका दुई पक्षबीचको झडप भएको छ । जिल्लाका शीर्षस्थ नेताहरुमाथि नै आक्रमण भएपश्चात सुरक्षास्थिति नियन्त्रणमा लिन सेना सडकमा निस्किएको हो । टिकट पाउने र नपाउने पक्षबीच विवाद उत्पन्न भई माओवादी आधार इलाका मानिने साँगाचोकगढी चौतारा नगरपालिकाको मेयरमा बहालवाला मेयर अमानसिंह तामाङलाई नदिई सापकोटालाई दिइएको भन्दै कार्यकर्ता आक्रोशित थिए । तामाङले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । तर झडपको कारण भने वडा नम्बर १ र १४ को वडाध्यक्ष ३० मत पनि नभएको नेकपा एसलाई दिइएको भन्दै माओवादीकै दुई पक्षबीच कुटाकुटबाट शुरु भएको हो । नगरपालिका कार्यालय तोडफोडपछि मनोनयन रोकिएका बेला माओवादीका नेताहरुलाई सुरक्षा दिएर राखिएकै ठाउँमा आक्रमण भएको थियो । झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ । झडपले चर्काे रुप लिएको हल्ला बाहिरिएपछि नियन्त्रणमा लिन सशस्त्र प्रहरीले २ राउण्ड अश...

सिन्धु बिकास बैंक र युवा तथा साना ब्यबसायी स्वरोजगार कोषबीच सम्झौता

समाचार
चित्र मिजार, सिन्धुपाल्चोक सिन्धु बिकास बैंक लिमिटेड र युवा तथा साना ब्यबसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । बैशाख ८ गते भएको उक्त सम्झौतामा कोषका कार्यकारी निर्देशक बिश्व मोहन अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले सम्झौता पत्रमा हस्तक्षर गर्नु भएको छ । सिन्धु बिकास बैंकले आफ्नो कार्यक्षेत्र अन्र्तगत रहेका १८ बर्षदेखि ६० बर्षसम्मका बेरोजगार ब्यक्तिहरुलाई लक्षित गरेर उनीहरुको क्षमता बिकास र ब्यापार ब्यबसाय बृद्धि गर्न स्वरोजगार कोषबाट कर्जा प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत गिरीले जानकारी दिनु भयो । प्रतिब्यक्ति दुई लाख र समूहगत रुपमा ३० लाख सम्म सहुलियत कर्जा प्रदान गरिने उहाँले बताउनु भयो । युवा स्वरोजगार कोष मार्फत कोषले बैंकलाई बार्षिक चार प्रतिशतका दरले कर्जा उपलब्ध गराउने छ । कर्जा लिई ब्यबसाय गर्न इच्छुक युवायुवतीलाई बैंकले बार्षिक ...

सिन्धुपाल्चोक जिल्लाका दुबै क्षेत्रीय सभापती चुनाबी मैदानमा

ब्रेकिङ न्युज १, समाचार
नेपाली कााग्रेस सिन्धुपाल्चोक जिल्लाका दुबै क्षेत्रीय सभापती चुनाबी मैदानमा आउँनु भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालीकामा युवा नेता आइतमान तामाङ्गलाइ मेयर बनाउँने भए पछी दुबै सभापती हरु चुनावी मैदानमा आउँनुभएको हो । नेपाली कााग्रेस सिन्धुपाल्चोकका युवा नेता तामाङ्ग २ नं क्षेत्रको क्षेत्रीय सभापती समेत हुनुहुन्छ । यस अघी नेकपा एमालेले जितेको स्थान मेलम्ची मा २ नं क्षेत्रीय सभापती तामाङ्ग र बाह्र्बिसे नगरपालीकामा नेपाली कााग्रेसका १ न् क्षेत्रीय सभापती बालकृष्ण बस्नेत को नाम आए को छ । नेपाली कााग्रेसको दुबै क्षेत्रका क्षेत्रीय सभापतीहरुले निर्बाचन जितेको खण्डमा दुइ महत्वपुर्ण नगरपालिकाको प्रतिनिधीत्व गर्ने अबशर पाउँने भएका छन । त्यसका साथै जिल्लाको सदरमुकाम रहेको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीकामा केशब गिरीलाइ मेयर बनाउँने का...

ईन्द्रावतीमा फ्री वाइफाई जडान

समाचार
ईन्द्रावती गाउँपालिकामा फ्री वाइफाई जडान भएको छ । ईन्द्रावती गाउँपालिकाको मुख्य केन्द्र रहेको नवलपुरमा आईतबारबाट फ्री वाइफाइ सुरु भएको हो । नागरिकलाई घर घरबाट संसारमा भए गरेका ताजा घटनाहरू जान्न र समय पास गर्नका लागि एवम् सूचना र प्राविधिक विकास बिस्तार गर्ने अभियान स्वरूप फ्रि वाईफाई जडान गरिएको सुचना प्रविधि अधिकृत मनोज दंगालले बताउनुभयो । फ्री वाइफाई जडान भएपछि गाउँबासीमा खुसीयाली छाएको छ ।...

मेलम्चीको पानी पुग्यो उपभोक्ताको घर–घरमा

ब्रेकिङ न्युज २, समाचार
दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु हुँदै छ । गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गर्नुभएपछि घर–घरमा पानी वितरण हुनेछ । नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो । झन्डै तीन दशकअघि पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले उपत्यकावासीलाई मेलम्चीको पानी उपलब्ध गराउने भनी देख्नुभएको सपना अब पूरा हुनेछ । खानेपानीमन्त्री चौधरीले लामो प्रतीक्षापछि पानी वितरण गर्न पाउँदा आफू निकै खुसी भएको बताउँदै भन्नुभयो, “प्रधानमन्त्री शेरबहादुर देउवाको सङ्कल्प र पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रस...