सम्पर्क

ईन्द्रावतीमा फ्री वाइफाई जडान

ईन्द्रावती गाउँपालिकामा फ्री वाइफाई जडान भएको छ । ईन्द्रावती गाउँपालिकाको मुख्य केन्द्र रहेको नवलपुरमा आईतबारबाट फ्री वाइफाइ सुरु भएको हो । नागरिकलाई घर घरबाट संसारमा भए गरेका ताजा घटनाहरू जान्न र समय पास गर्नका लागि एवम् सूचना र प्राविधिक विकास बिस्तार गर्ने अभियान स्वरूप फ्रि वाईफाई जडान गरिएको सुचना प्रविधि अधिकृत मनोज दंगालले बताउनुभयो । फ्री वाइफाई जडान भएपछि गाउँबासीमा खुसीयाली छाएको छ ।