“नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना”गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिनुभयो । शान्ति, भाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृतिलाई जोगेर्ना गर्ने उदेश्यले नेपाली सहित सम्पुर्ण भाषाभाषिका कलाकार कलाकारहरुलाई एउटै मञ्च प्रदान गर्दै आइरहेको छ । हराउदै गएको नेपाली कल्चरलाई गीत संगीतका माध्यमबाट जिवित राख्न चाहाने श्रष्टा तथा सर्जकहरुलाई समावेशी म्युजिक अवार्डका माध्यमबाट प्रोत्साहन तथा सम्मान गर्दै आईरहेको संयोजक जोशीले बताउनुभयो ।
