सम्पर्क

Month: २०७९ बैशाख ११ आईतवार

सिन्धुपाल्चोक एमालेको स्थानीय प्रमुख उपप्रमुख चयन तामाङ्गद्धारा निर्बाचनमा लाग्न अपिल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेकपा एमाले सिन्धुपाल्चोकले १२वटै स्थानीय तहमा प्रमुख र उप प्रमुखको नाम चयन गरेको छ । खाश गरि नेकपा एमालेका नेताहरुले पनी आफ्नो पुर्बवत स्थान सुरक्षित गर्दै जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीका आफ्नो कब्जामा लिने बताएको छ । चौतारा साँगाचोकगढीमा नेपाली काँग्रेस ले पनी यस पटक आफ्नो कब्जामा लिने बताइरहँदा नेकपा माओबादी बाट पुर्ब मेयर अमान सिंह चुनावी प्रतिस्पर्धामा आउँनु भएको छ । नेकपा एमालेको स्थानीय तहको नाम छनौट गर्दै गर्दा असन्तुष्ट जानाउदै पाटी छोड्ने नेताहरु पनी त्यतीकै रहेका छन । नेकपा एमाले बाट निर्बाचित बलेफी गाँउपालकिाका अध्यक्ष केदार क्षेत्री यस अघी नै काँग्रेस प्रबेश गरि सकेका छन भने त्रिपुरा सुन्दरी गाँउपालीकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ ले पनी पाटी त्यागेको समाचार आएको छ । यो सँगै उँहा निकट ब्यक्तीहरु पनी काँग्रेस प्रबेस गर्न छलफल चलाइरहेको बुझिन आ...

करेन्ट लागेर एक पुरूषको मृत्यु

जिबनशैली, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–६ बतासे पाराङ टोलमा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको समाचार प्राप्त भएको छ । शनिबार दिउँसो सवा १ बजे तिर करेन्ट लागेर एक पुरुषको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसार विद्युतीय पोलसँगै जोडिएको धारामा जाँदा उनलाई करेन्ट लागेको हो । ३० वर्षीय लालबहादुरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।...

मनोनयनपत्र दर्ता मा चाप बढ्ने भएकाले दूइदिन समय दिइएको जानकारी

ब्रेकिङ न्युज १, समाचार
मनोनयनपत्र दर्ता मा चाप बढ्ने भएकाले दूइदिन समय दिइएको जानकारी स्थानीय तह निर्वाचन, २०७४ मा काठमाडौं महानगरपालिकामा जम्मा ८६०, बिराटनगर महानगरपालिकामा ७०३ र वीरगंज महानगरपालिकामा ११२५ जनाको मनोनयनपत्र दर्ता गर्नु परेको र अन्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मनोनयनपत्र दर्ता गर्ने कार्यचाप अत्यधीक रहेकोले उक्त दिन मनोनयनपत्र दर्ता कार्य सम्पन्न नभई भोलिपल्टसम्म गर्नुपरेको साथै उक्त दिन उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य अवरुद्ध हुन पुगेको अनुभव र राजनीतिक दल तथा सरोकारवालाहरुको सुझाव समेतलाई दृष्टिगत गरी आयोगले यस निर्वाचनमा मनोनयनपत्र दर्ताको समय दुई दिनका लागि तोकेको निर्बाचन आयोगले जनाएको छ । आयोगद्धारा शनीबार जारी बिज्ञेप्ती मा निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आप्mनो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गि...

सुनकोसीमा अध्यक्षमा रुपकाजी

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाले गाउँपालिका अध्यक्षमा आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ । गाउँपालिकाको बैठकमा अध्यक्ष र उपाध्यक्षमा सहमति नजुटेपछि आकांक्षीहरुबीच मतदान गरिएको थियो । सात जना आकांक्षीमध्ये मतदानबाट बढी मत ल्याउने रुपकाजी लामा र नेत्र कार्कीको नाम सिफारिस गरिएको हो । त्यस्तै उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपाध्यक्षमा ६ मध्ये बढी मत ल्याउने कान्छी तामाङ, ज्ञानु तिमल्सिना र अम्बिका तिमल्सिनाको नाम सिफारिस भएका छन् । मतदानमा गाउँ कार्यसमितिका ४२ सदस्यमध्ये ४१ जना उपस्थित भएकोमा २९ जना मतदान प्रक्रियामा सहभागी हुनु भएको थियो । सहमति नजुटेपनि बहुमतीय प्रक्रियाबाट उम्मेदवार छान्न पाउने कांग्रेसको विधानले नै व्यवस्था गरेको छ ।      ...

सिन्धुपाल्चोकमा गठबन्धन भएन काग्रेसको उमेद्धार चयन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लामा सत्ता साझेदार गठबन्धन दलहरूले यो समाचार तैयार गर्दा सम्म गठबन्धन गर्न सकेका छैनन । खाश गरि नेपाली काँङ्गरेसका नेता महोन बहादुर बस्नेत र नेकपा माओबादी केन्द्रका अग्नी प्रसाद सापकोटाको कारण पनी गठबन्धन हुन कठीनाइ परेको स्थानीय कार्यकर्ताहरुको ठम्याइ रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू बिच पटक पटक बैठक बसे पनि ठोस निर्णय र सहमति हुन सकेको छैन ।यसै बिच नेपाली काँग्रेसले मेयर र पालीका अध्यक्षहरुको नाम सिफारिस गरेको छ । जसअन्तर्गत मेलम्ची नगरपालिकामा मेयरमा वसन्त गुरुङ र उपमेयरमा जमुना मोक्तान तामाङ, चौतारा साँगाचोकगढीमा केशवराज गिरी मेयर र उपमेयरमा तुलसी श्रेष्ठ र बाह्रबिसे नगरपालिकामा बालकृष्ण बस्नेत मेयर र उपमेयरमा मञ्जु तामाङको नाम बागमती प्रदेश कार्यसमितिमा पठाएको छ । सुनकोशी गाँउपालीकमा रुपकाजी लामालाइ सिफारिस गरिएको छ । नेकपा...

१८ वर्ष पछि फरार अपराधि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
कर्तव्य ज्यान मुद्दामा अदालतबाट ९ वर्ष ११ महिना ५ दिनको कैद सजाय पाएर फरार एकजनालाई १८ वर्ष पछि सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । फरार रहेका चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.११ बस्ने ५३ वर्षका मोहनराज गिरीलाई १८ वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो । बिहिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाण्डौ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. ६ टौदहमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । जिल्ला अदालत दाखिला गरिएकोमा सम्मानित अदालतले गिरीलाई लागेको कैद जरिवाना असुल उपरका लागि शुक्रबार कारागार कार्यालय चौतारामा चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

कांग्रेसले एमालेसँग गठबन्धन गर्न खोजेको भन्दै सिन्धुपाल्चोकमा माओवादी र एकिकृत समाजवादीको आरोप

ब्रेकिङ न्युज २, राजनिती, समाचार
पाँच दलीय गठबन्धनको निर्देशन र सहमति विपरीत नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेसँग जिल्लामा तालमेल गर्न खोजेको भन्दै गठबन्धनमा आबद्ध दुई दलले आरोप लागाएका छन् । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिन बाँकी हुदाँ केन्द्रमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन गर्ने निर्णय भए पनि सिन्धुपाल्चोकमा भने गठबन्धन संकटमा परेको छ । नेपाली कांग्रेस गठबन्धनका विषयमा इमान्दार नभएको भन्दै केन्द्रलाई गठबन्धनमा आवद्ध दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पत्र लेखेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेलले हस्ताक्षर गरेको पत्रमा संयन्त्रको बैठक संयोजनको जिम्मेवारी प्राप्त दल नेपाली कांग्रेसका तर्फबाट बैठकको आह्वान नभएको उल्लेख छ । पत्रमा लेखिएको छ , “बैठक बोलाएका दिन पनि मुख्य निर्णायक भूमिकामा रहनुहु...

मेलम्चीमा एक महिलाको अत्तालिएर मृत्यु भएको आसंका

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची– १० भन्ज्याङको एक महिलाको मृत्यु भएको छ । मेलम्ची १० को ५२ बर्षिय पम्फा कार्किको मृत्यु भएको हो । उहाँको चट्याङका कारण मृत्यु भएको आसंका गरिएको छ । ५२ बर्षिय पम्फा कार्किको खेत बाट घर जाने क्रममा बुधबार बेलुका नै मृत्यु भएको हुनसक्ने स्थानियले बताएका छन । स्थानियले चट्याङबाट मृत्यु भएको आसंका गरेपनि घटना हेर्दा चट्याङ लागेको नदेखिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख, प्रहरी निरिक्षक उत्तम सिंह भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार “टाउकोमा चोट रहेको,चट्याङ बाट आतिएर लड्दा टाउको बजारिएको देखिन्छ“ । बिहानै डेरीमा दूध लिएर आउने स्थानियले देखेपछि घटनाको बारेमा थाहा भएको थियो । त्यसपछि प्रहरी घटना स्थलमा गएको थियो । घटना बारे अनुसन्धान जारी रहेको र शव पोष्ट मार्टमको लागि मेलम्ची लगिएको प्रहरी निरिक्षक भण्डारीले बताउनु भयो ।...

भीरबाट लडेर म्यादी प्रहरीको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
भीरबाट लडेर सिन्धुपाल्चोकमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ । प्रशिक्षण कार्य सम्पन्न भए पश्चात आफ्नो घर तर्फ फर्कने क्रममा चौतारा साँगाचोकगढी नगरपालिका–०७ मेलचौरका म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ बस्ने ४० बर्षिय दुर्गा सिं बस्नेतको पिपलडाँडा स्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट खसेर बिहिबार मृत्यु भएको हो । अन्दाजी ४० मिटर तल मृतक बस्नेतको लास भेटिएको थियो । मृतक म्यादी प्रहरी बस्नेतकोे शव जिल्ला अस्पताल सिन्धुपाल्चोकमा पोष्टमार्टम गरि उहाँकोे शवलाई परिवारको जिम्मा लगाएर अन्तिम संस्कार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।...

सामाजिक सुरक्षा कोषको परिपत्र देखाएर योगदानकर्ताले उपचार सुविधा पाउने

समाचार, स्वास्थ्य
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्योपचार सुविधालाई व्यवस्थित बनाएको छ । अब कोषमा सूचीकृत योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट स्वास्थ्योपचार सेवा लिन सक्ने भएका छन् । यसअघि योगदानकर्ताले सूचीकृत अस्पतालमा उपचार गरेको बील पेश गरेर उपचार सुविधा लिँदै आएका थिए । कोषले देशभरका एक दर्जन बढी अस्पतालसँग सम्झौता गरी योगदानकर्ताले परिचयपत्र देखाएर औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा लिनसक्ने व्यवस्था मिलाएको छ । योगदानकर्ताले विर्तामोडस्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, विराटनगरस्थित विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र हाम्रो अस्पताल, सर्लाहीस्थित नमूना सामुदायिक अस्पताल, वीरगन्जस्थित नेशनल मेडिकल कलेज, चितवनस्थिन पुरानो मेडिकल कजेज, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज, बनेपास्थित शिरमेमोरियल अस्पता...