कोरोना रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्धारा विज्ञप्ती जारी
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गई सिन्धुपाल्चोक जिल्लामा समेत संक्रमण दर तीब्र रुपमा बढिरहेको हुँदा पाँच रुपैयाँमा मास्क बेच्न व्यापारीहरूलाई निर्देशन दिएको छ । कार्यालयले एक आदेश जारी गर्दै माघ १५ गते राती १२ बजेदेखि माघ २९ राती १२ बजेसम्मका लागि विज्ञप्ती जारी गरी विभिन्न निर्देशन दिएको हो ।
कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयहरू, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन कार्यविधि, २०७८, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८ माघ १५ गते राती १२ बजे देखि मिति २०७८ माघ २९ गते राती १२ बजेसम्मका लागि लागू हुने गरी देहायको आदेश जारी ...
