सम्पर्क

नेत्रज्योती सञ्चार समूहको भवन बनाउन थापाको सहयोग

नेत्रज्योती सञ्चार समूहको भवन बनाउनका लागी थापा ईन्टरप्राईजेजका प्रोपाईटर भुपेन्द्र थापाले ३५ बोरा सिमेन्ट सहयोग गर्नुभएको छ । थापाले प्रतिबद्धता जनाएअनुसार नेत्रज्योती सञ्चार समूहका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेतलाई उक्त सिमेन्ट सहयोग गर्नुभएको हो । नेपाली काँग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधी समेत रहनुभएका थापाको यस सहयोगले भवन बनाउन सहजता थपिएको कार्यकारी प्रमुख बस्नेतले बताउनुभयो । बस्नेतले अन्य सहयोगी दाताहरुलाई समेत सहयोगका लागि अपिल गर्नुभएको छ । नेत्रज्योती सञ्चार समूहको भवन चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा निर्माण भईरहेको छ ।