सम्पर्क

राप्रपाबाट निर्बाचित जनप्रतिनिधी माओबादीमा प्रवेश

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका २ को वडा सदस्य राप्रपा परित्याग गरि नेकपा माओवाादीमा प्रबेश गरेको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दलित महिला सदस्य विष्णुमायाँ वि.क राप्रपा परित्याग गरी नेकपा माओवादीमा प्रवेश गर्नुभएको हो । चौतारा साँगाचोकगढी नगरपालकिा वडा न २ मा वडा अध्यक्ष सहीत सबै वडा प्रतिनिधीहरु राप्रपाबाट निर्बाचित भएको र राप्रपा परित्याग गरे पछी स्वत वडा सदस्य पद रिक्त भएको वडाअध्यक्ष दिपेन्द्र थापाले बताउँनु हुँदै राजनिती दल परित्याग गर्नु उँहाको निजी बिचार भएको बताउँनु भयो ।