नेत्रज्योती कृषी सहकारी सस्था लि. ले घरेलू तथा साना उद्योग कार्यलय चौताराको आर्थिक सहयोगमा बाह्रबिसेमा गलैचा बुन्ने तालीम संञ्चालन गरिरहेको छ । तालीममा २१ जना सहभागी रहेको संस्थाका सचिब मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाह्रबिसेमा रहेका महिलाहरुको रोजगारका लागी उक्त तालमिको आबश्यकता रहेकाले उक्त तालीमको ब्यबस्था गरेको हो । उक्त तालीममा सहभागीहरुलाइ संस्थाले स्यानीटाइजर माक्स समेत बितरण गरेको छ । संस्थाका तर्फबाट बिबेक तामाङ र महोन बस्नेत शम्भुले तालिम स्थलको अनुगमन गर्नुका साथै उक्त आवश्यक गलैचा बुन्ने धागो लगायतका सामाग्रीहरु हस्तानन्तरण गर्नु भएको हो ।
