सम्पर्क

अपागंता भएकाहरुलाइ डडुवामा तालीम

स्थानीय स्तरमा नै रोजगारको ब्यबस्था गर्न १४ नं वडा लागी परेको वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भएको छ । उँहाले हरेक आयआर्जनमुलक काममा स्थानीय सरकार लागी परिरहेको बताउँदै चौतारा साँगाचोकगढी नगरपालकिा १४ डडुवाका नागरिकलाइ आत्मा निर्भरता बनाउँनका लागी सबै लागी पर्न पर्ने बताउँनु भयो । उँहाले घरेलू तथा साना उद्योग कार्यलय सिन्धुपाल्चोकको आर्थिक सहयोग र बज्रयोगिनी अपागं मैत्री सहकारी संस्था डडुवाको आयोजनामा आयोजित सिन्के धुप निर्माण गर्ने तालीमको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले हरेक नयाँ नयाँ कामको लागी सक्रयता देखाएर काम गर्ने जो कोहीलाइ पनी वडाबाट सहयोग भइरहेको बताउँदै घरेलु तथा साना उद्योग कार्यलयबाट यस वडाका फरक क्षमता भएका बिशेष गरि अपागंता भएका नागरिकलाइ सिन्के धुप निर्माण गर्ने तालीम पैदान गरेकोमा बिशेष धन्यबाद दिदै वडाबाट पनी अपागंता भएका नागरिकहरुको आयआर्जन तथा विबीको पार्जनका लागी साबुन बनाउँने तालीमको ब्यबस्गथा गरेको बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी वडा सचिब मो. करिमुल हुसेन ले यस्ता प्रकारका उत्पादनमुलक कामका लागी बर्तमान स्थानीय सरकारले सहयोग गरिरहेको बताउँदै सिप सिकेर आत्मा निर्भर बन्न पर्ने बताउँनु भयो ।बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाका अध्यक्ष चतुर बहादुर तामाङको सभापतीत्वमा भएको तालीममा सिन्के धुपको तालीम पदम बहादुर श्रेष्ठले दिइरहनु भएको छ भने भक्त बहादुर नेपालीले साबुन निर्माण गर्ने तालीम दिइरहनु भएको छ । यसरी गाँउमा नै उत्पादन मुलक काम गरिरहेकोमा आयोजकलाइ धन्यबाद दिदै वडा सदस्य शर्मीला बिकले यस्ता तालीम हरु लिएर आत्मा निर्भरता बन्नु पर्ने बताउँनु भयो ।