सम्पर्क

मेलम्चीमा युवा संघ र अनेरास्ववियुद्वारा विरोध प्रदर्शन

नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक र अनेरास्ववियु मेलम्ची नगरकमिटिले आज मेलम्चीमा विरोध प्रदर्शन गरेको छ । मेलम्ची बजारमा एमालेको पार्टी कार्यालय अगाडि बाट सुरु भएको जुलुस आमा ह्योल्मो चोकमा पुगेर फर्केको थियो । राष्ट्रिय युवा संघले तत्कालै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नु पर्ने, ज्यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादबलाई बर्खास्त गर्नु पर्ने, इन्धन लगायत सामग्रीमा भएको मूल्य वृद्धि फिर्ता गर्नु पर्ने, प्रशासनिक क्षेत्रका कामलाई सहज बनाउनु पर्ने लगायत माग राख्दै आन्दोलनको सुरुआत गरेको कार्यक्रमका संयोजक निरल वाइबा तामाङले जानकारी दिनुभयो । सरकार सञ्चालन गरिरहेको पाँच दलीय गठबन्धनले निर्वाचन रोकेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न लागेको भन्दै युवा संघले चरणबद्ध आन्दोलन थालेको हो । आगामि दिनमा पनि जिल्लाको बाह्रविसे,चौतारा लगायत मुख्य बजारहरुमा विरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको युवा संघ सिन्धुपाल्चोकको संयोजक राजन दुलालले जानकारी दिनुभयो । प्रर्दशनमा राष्ट्रिय युवा संघ र अनेरास्ववियु निकट नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।