सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय चौतारामा राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञापनपत्र बुझाएको छ । जिल्लाको साबिक फटकशिला गा.वि.स वडा नं. ९ अन्तर्गत मेलम्ची नगरपालिका वडा नं. १३ निवासी वडाध्यक्ष देवेन्द्र घोरासैनीले कुनै पनि सर्वदलीय बैठक नराख्ने आफ्नो ढँगले बजेट बिनियोजन गर्ने र विकासका कार्यक्रममा पनि थिचोमिचो गरेको कारणले सोहि वडाका राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय कोषाध्यक्ष विदुर घोरासैनीले आवाज उठाउदा विभिन्न आक्षेप लगाएर मुद्वा हालेको बताएका छन् । पिडितले गर्नुपर्ने मुद्वामा उनी आफै अदालतसम्म पुगेर विभिन्न आरोप आक्षेप लगाएर मुद्वा दर्ता गरेका छन् । सोहि विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश प्रमुख क बाबुराम खड्का २ नम्बर क्षेत्रीय अध्यक्ष कुमारी स्याङ्तान लगायत पार्टीका अन्य प्रतिनिधि समेतको उपस्थित रहनुभएको थियो । यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश प्रमुख क बाबुराम खड्का अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा राप्रपा २ न क्षेत्रका क्षेत्रीय अध्यक्ष कुमारी स्याङ्तानले आफ्नो पार्टीमाथि अभियोग लगाउदा आफ्नो पार्टीगत तर्फबाट र व्यक्तिगत तर्फबाट सबैजना एकजुट भएर अघि बढ्ने र जस्तोसुकै चुनौतीसँगपनि लड्ने उहाँले बताउनुभयो । यस्तैराष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन क्षेत्र नं. २ क्षेत्रिय उपाध्यक्ष गंगा प्रसाद दुलालले पनि आफ्नो भनाईहरु राख्नुभएको थियो । लोकतन्त्र प्रजातन्त्र जोगाउनका निम्ती लडिरहेको छ ।भष्ट्रचार अन्त्य गरिबि अन्त्य महङ्गि अन्त्य र जनतामुखि व्यवस्था हुनुपर्ने बताउनुभएको थियो । हरेक कुरालाई चिरेर राष्ट्रिय प्रजातन्त्र पार्टीले ल्याउनका निम्ती साचि नै परिवर्तन ल्याउने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र कायम राजसंख्या स्थापना गर्न जरुरी छ उहाँले बताउनुभयो । प्रदेश उपाध्यक्ष मदन केसीले राप्रपालाइ नहेप्न चुनौती दिनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका नगरकार्य समितिका अध्यक्ष शेर बहादुर ठकुरीले पनि आफ्नो भनाई राख्नुभएको थियो । पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्ष भिम बहादुर गुरुङल लगायतले आफ्ना विचार राख्नुभएको थियो । राप्रपाका विभिन्न प्रतिनिधिहरुको उपस्थिती रहेर उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
