सम्पर्क

सिन्धुपाल्चोकको प्रशासन सेवा एक हप्ताको लागि स्थगित

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको केही कर्मचारीहरुलाइ कोभीड देखीएको भन्दै एक हप्ताका लागी जिल्ला प्रशासन कार्यलयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नारायण लघुले इक सुचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा १६ माघ आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी दिनु भएको छ । उँहाका अनुसार कार्यालयका केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गर्न परेको जारी सुचनामा जनाइएको छ । सुचनामा नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र प्रमुख जिल्ला अधिकारीले नै दस्तखत गर्नुपर्ने सेवाहरू पेन्सन पट्टा नामसारी, जन्म मिति, नाम थर सच्याउन खडा गरिने पर्चा आदेश, सिफरिस स्थगित गरिएको जनाइएको छ ।