सम्पर्क

Month: २०७८ पुष २ शुक्रबार

नेकपा एमाले मेलम्ची ७ ले चुम्यो जिल्ला भलिवलको उपाधी

खेलकुद, ब्रेकिङ न्युज २
जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधी नेकपा एमाले मेलम्ची ७ वडा कमिटीले हात पारेको छ । फाइनलमा सिन्धु भ्याली खेलकुद समिती भोटेचौरलाई सोझो सेटमा पराजित गर्दै उपाधीमाथी कप्जा जमाएको हो । वडा कमिटीले सिन्धु भ्यालीलाई २५–१७ २५–१७ र २५–२२ को सेटमा हराउँदै उपाधी जितेको टिम संयोजक तथा वडा सदस्य पासाङ तामाङले जानकारी दिनुभयो । जीत सँगै वडा कमिटीले नगद रु. १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सिन्धु भ्यालीले रु. ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै तेस्रो स्थानको लागी भएको खेलमा हिमशिखर युवा क्लबलाई हराउँदै आयोजक नमुना युवा जागरण समूहले २० हजार नगद प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुने टोलीले पनि सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नमुना युवा जागरण समूहको आयोजनामा मैसिर २८ बाट सुरु भएको प्रतियोगिताको आज समापन भएको हो ।  ...

माओबादीको बुद्धीजिबी संगठनमा खड्का

राजनिती, समाचार
नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठन, सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलनबाट अध्यक्ष पदमा गोपाल खड्का चयन हुनुभएको छ। बुधबार चौतारामा सम्पन्न सम्मेलनले अध्यक्षमा खड्का सहित २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो । नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुलीको प्रमुख आतिथ्यतामा र चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामागं लगाएतका माओबादी नेताहरुको उपस्थितीमा भएको सम्मेलनले उपाध्यक्षमा रामप्रसाद सापकोटा , शंकरप्रसाद पराजुली , रुद्रलोचन नेपाल, सचिवमा बुद्धिप्रसाद आचार्य , सहसचिव मिङमार तामाङ र कोषाध्यक्ष सृजना थापालाई चयन गरेको छ । यस्तै समितिको सदस्यहरुमा रमेश गौतम, हिरामाया गिरी, शुक्रप्रसाद आचार्य , गणेशप्रसाद कोइराला , ज्ञानेन्द्र नेपाल, अप्सरा नेपाल, बसन्त भण्डारी निमा तामाङ , बुद्धिबहादुर तामाङ , तेजबहादुर तामाङ , रामकृष्...

काँग्रेस नेता राजु गोर्खलीद्वारा न्यानो कपडा वितरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेपाली कांग्रेस सिन्धुपाल्चोक का युवा नेता महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य राजेन्द्र गोर्खाली(राजु) ले बालबालिका आधरभुत विद्यालय मा न्यानो कपडा वितरण गर्नु भएको छ । कांग्रेस नेता गोर्खालीले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–७ को बालबालिका आधरभुत विद्यालय मा अध्ययनरत दलीत असाय तथा न्युन आय भएका नागरिकहरुका बालबालीकालाइ न्यानो कपडा आबश्यक छ भनी माग भइ आएकोले आफुले बिद्यालयमा नै गएर वितरण गरिएको बताउँनु भयो । विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रम को विचमा नेताद्वय गोर्खाली र श्रेष्ठले विद्यालयका प्रधानध्यपक इच्छाराम दँगालको उपस्थिति मा विद्यालयमा अध्ययनरत निम्न वर्गीय १२० जना विद्यार्थी लाई उक्त न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण पछि विद्यालय का प्रधानध्यापक दंगालले सहयोग को लागि धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो ।साथै दुवै सहयोगी नेतालाई स...

सडक सञ्जालसँग जोडियो मेलम्चीको मुहान

ब्रेकिङ न्युज १, समाचार
बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको मुहान सडकमार्गबाट सम्पर्क विच्छेद भएको थियो । बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँचवटा पुल बगाएको थियो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको मुहान स्थलसम्म पुग्न अस्थायी रूपमा सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । यसअघि सडकमार्ग भएर आयोजना स्थलसम्म पुग्न नसक्दा आयोजनाको मुहान, हेड वक्र्स र सुरुङमा पुगेको क्षतिबारे यकिन हुन सकेको थिएन । उहाँले अब सहज रूपमा आयोजना स्थलसम्म पुगी क्षतिबारे यकिन गरी काम सुरु गर्न सकिने बताउनुभयो । प्रवक्ता पन्तले मेल...

केवल तिमी

साहित्य
साहित्य प्रेमी (निर्मला पुरी ) युवा हो ! देशको निम्ति अन्मोल सौगात बन्नु तिमी । बसन्त ऋतुमा पाउलिएको, सुन्दर पात बन्नु तिमी ।। नओइलाउनु नमुर्झाउनु कहिलै नझर्नु पारिजात झै ! बिहानी बोकेर ल्याउने, चम्किलो त्यो रात बन्नु तिमी । तानिएलान सामन्तीहरु बाट ती प्रगतिका पाइलाहरु, इतिहासमा लेखिने अमर बिरताको बात बन्नु तिमी ।। यो भत्किएको भित्ता अब तिमी बाटै जोडिनुपर्छ । यो वृद्ध आमा बाबुको, साहारा दिने हात बन्नु तिमी ।। खुशी सारा लुटिएर सहयोगको बाटो हेर्दै छन् यहाँ, उनीहरूको बाँच्ने केवल एउटा राहत बन्नु तिमी ।। (उदयपुर)...

पुस ५ बाट जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने

खेलकुद, समाचार
सिन्धुपाल्चोक जिल्ला फूटबल संघको आयोजना यही पुस ५ गतेबाट जिल्ला स्तरीय एन्फा लिग फूटबल प्रतियोगिता हुने भएको छ । फुटबल प्रतियोगितामा क्षमादेवी ग्रुपको प्रायोजन र अखिल नेपाल फुटबल संघ( एन्फा )को सहयोग रहने आयोजकले जानकारी दिएको छ । दुई वर्षपछी हुन लागेको प्रतियोगितामा जिल्लाका ८ वटा क्लबहरु सहभागी हुने सिन्धुपाल्चोक जिल्ला फूटबल संघका अध्यक्ष मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । खेल लामोसाँघु स्थित बसन्तपुर खेल मैदानमा सञ्चालन हुनेछ ।...

नवलपुरको लहरेमानेमा नवलपुर घ्याङ गुठी गुम्बा बन्ने

ब्रेकिङ न्युज २, समाचार
ईन्द्रावती गाउँपालिकाका वडा नं. ४ लहरेमानेमा नवलपुर घ्याङ गुठी गुम्बा निर्माण हुने भएको छ । गुम्बाको एक कार्यक्रम गरी ईन्द्रावती गाउँपालिका अध्यक्ष बँशलाल तामाङले शिलान्यास गर्नुभएको छ । पाँच करोड ६९ लाख ६ हजार २० रूपैयाँको लगानीमा निर्माण हुने गुम्बाको निर्माण गर्ने जिम्मेवारी धर्मा एस गौरी गणेश जे भी कम्पनीले पाएको छ । २ वर्षमा गुम्बाको निर्माण सम्पन्न हुने कम्पनीले बताएको छ । गुम्बाको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष तामाङ निर्माण कम्पनिलाई गुणस्तरीय काम गरेर तोकिएकै समयमा काम सक्न निर्देशन समेत दिनुभएको छ । गुम्बा गाउँको एक पहिचान हुने आशा राख्दै अध्यक्ष तामाङले गुम्बा निर्माणमा स्थानिय र सरोकारवाला नियायलाई सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई भवन सिन्धुपाल्चोकका प्राविधिक प्रकाश कार्कीले गुम्बाको अन्तिम सँरचनासममको काम यसै परियोजनाले गर्ने जानकारी दि...

४६८१ मत गणना : देउवालाई २२५८, कोइरालालाई १७२९मत प्राप्त, कसैकाे बहुमत पुगेन

ब्रेकिङ न्युज १, राजनिती
 नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा कसैलाइ पनि बहुमत प्राप्त भएन । पछिल्लो विवरण अनुसार जम्मा चार्र हजार ६८१ मतगणनामा शेरबहादुर देउवा २२५८, शेखर कोइराला १७२९ मत प्राप्त भएको छ । प्रकाशमान सिंह ३७१, बिमलेन्द्र निधि २४९, कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ । मतदानमा ७७ मत बदर भएकाे छ ।...

शुक्रबारदेखि माथिल्लो बलेफी ‘ए’ को संरचनाको परीक्षण गरिने

बिजनेस, ब्रेकिङ न्युज १
सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको संरचनामा पुस २ गते (शुक्रबार) देखि पानी भर्न सुरु गरिने भएको छ । आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि संरचनामा पानी भरेर कुनै समस्या भए नभएको हेर्न लागिएको हो । अहिले आयोजनामा जडान भएका उपकरणहरूको परीक्षण भइरहेकाले संरचनामा पानी भर्ने मिति तय गरेको प्रवद्र्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुले जानकारी दिनुभयो । उहाँका अनुसार पानी भरेर संरचनाको अवस्था ठिक भए नभएको हेर्न करिब २ साताको समय लाग्नेछ । ‘उपकरणहरूको आन्तरिक परीक्षण सकिएपछि आयोजनाको बाँध, सुरुङ, पाइपलाइनमा पानी हालेर कुनै समस्या भए÷नभएको हेर्छौ,’ उहाँले भन्नुभयो, ‘संरचनाको परीक्षण सफल भएपछि परीक्षण उत्पादन सुरु हुनेछ ।’ उहाँले सबै चरणको परीक्षण पूरा गरे विद्युत उत्पादन सुरु गर्न बढीमा १ महिना लाग्ने पनि बताउनुभयो । आयोजनाको स...

अपराध नियन्त्रणमा सक्रिय वन्दै प्रहरी

ब्रेकिङ न्युज १, समाचार
नेपाल प्रहरी पछिल्लो समय अपराध नियन्त्रणमा सक्रिय वन्दै गएको छ । स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित पक्राउ वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित सडकबाट स्रोत नखुलेको नगद १८ लाख रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–१० ठेगाना भएका २८ वर्षीय चन्दन कुमार साह र सोही ठाउँ ठेगाना भएका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् । घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प ५४४६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकेको उक्त नगद सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो । उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अवैध लागूऔषध सहित पक्राउ रोल्पा, सुनिलस्मृती गाउँपालिका–४ सुलिचौर...